सातु धेरैको लागि नौलो खानेकुरा होइन । यसले शरीरलाई स्फूर्त त राख्छ नै, धेरैबेरसम्म भोक मेटाउने काम पनि गर्छ । त्यसैले पहिले कुनै लामो यात्रा वा खेतबारीमा काम गर्दा सातु लिएर जाने गरिन्थ्यो ।

जौ र मकैबाट बनाइने सातुमा उच्च कार्बोहाइड्रेट, फाइबर, सूक्ष्म पोषक तत्व, आइरन, म्याग्नेसियम, सोडियम र प्रोटिन पाइन्छ । क्यालोरीको मात्रा कम रहनु यसको अर्को विशेषता हो ।

जौ र मकैबाहे चना, गहुँको पनि सातु नेपालमा खाने चलन छ । त्यस्तै, चामल, भटमास, जौ, मकै, चना, गहु भुटेर मिसाएर पनि सातु बनाइन्छ । यी सबै अन्न मिश्रित सातु बजारमा सर्वोत्तम सातुको रुपमा परिचित छ । सर्वोत्तम सातुमा धेरै अन्नको गुण पाइन्छ, जसले धेरै किसिमको पोषक तत्व शरीरले प्राप्त गर्न सक्छ ।

सातु खानुका फाइदा

-यसमा पाइने फाइबरले शरीरको ठूलो आन्द्रा र सानो आन्द्रामा रहेका अनावश्यक तत्वलाई मलद्वारमार्फत निकाल्न मद्दत गर्छ ।

-उच्च पोषण तत्व पाइने सातु शरीरमा लामो समयसम्म बसिरहन्छ, जुन ग्लुकोजको रुपमा परिणत हुन्छ । सातु पच्न केही समय लाग्ने हुँदा खाएपछि छिटो भोक लाग्दैन ।

-शरीरमा अत्यधिक तागत दिने हुँदा सबै किसिममा रोगका लागि फाइदाजनक मानिन्छ ।

-यसले गर्मीमा शीतलता प्रदान गर्छ ।

-रक्त कोषिकाहरुलाई सन्तुलित र सक्रिय राख्छ, जसबाट रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।

-शरीरको मेटाबोलिजम प्रक्रियालाई सन्तुलित बनाउँछ र तौल नियन्त्रण गर्छ ।

-सातुको नियमित सेवनले मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल, मुटुसम्बन्धी रोग तथा कलेजोमा हुने समस्याबाट पनि बच्न मद्दत गर्छ ।

सातु खाने तरिका

सातुलाई धेरै किसिमले खाने गरिन्छ । जसरी खाए पनि यसबाट पाउने पोषण तत्व भने शरीरले पाउन सक्छ । फुक्का धुलो सातु चिनीसँग मिसाएर पनि खान सकिन्छ ।

त्यस्तै, गर्मीयाममा विशेषगरी पानीमा चनाको सातु मिसाएर केही कागतीको रस हालेर खाने गरिन्छ । अर्को तरिका भनेको सातुमा दूध वा दहीसँग केरा हालेर मिसाएर खान सकिन्छ । कसैले नुनिलो तरकारीसँग वा सातुमा नुन वा बीरेनुन र कागती मिसाएर पनि खाने गरेका छन् ।

अन्न आफैंमा गह्रुंगो हुने भएकाले रातको समयमा खानु राम्रो हुँदैन । त्यसैले पच्न सजिलो हुने र दिनभर शरीरमा ऊर्जा पनि प्राप्त हुने भएकाले बिहान र दिउँसो खान सकिन्छ । दैनिक ठूलो चम्चाको तीन चम्चा सातु खानु उपयुक्त हुन्छ । त्यस्तै, बालबालिकाको लागि दुई चम्चा जति पानी वा दूधमा मिसाएर बिहान खुवाउन सकिन्छ ।

(पोषणविद् कोइरालासँग गरेको कुराकानीमा आधारित)

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply