९ चैत, काठमाडौं । नेपालमा खाना पकाउने ग्याँसको आयात घटेको छ । नेपाल आयल निगमका अधिकारीहरुका अनुसार गत वर्षको तुलनामा झण्डै ६ प्रतिशतले ग्याँस आयातमा गिरावट देखिएको हो । बिजुली प्रयोगमा उपभोक्ताहरु अभ्यस्त हुँदै जाँदा ग्याँसको प्रयोग घट्न थालेको हुनसक्ने निगमको अनुमान छ ।

विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव) को ८ महिनाको तथ्यांकअनुसार गत वर्षको तुलनामा १ करोड ९२ लाख किलोले खाना पकाउने ग्याँसको आयात घटेको हो । जसलाई सिलिण्डरमा हिसाब गर्दा करिब १३ लाख ५२ हजार ११२ गोटा सिलिण्डर हुन आउँछ ।

भन्सार विभागका अनुसार चालु आवको फागुनसम्म ३८ अर्ब ७२ करोड रुपैयाँको ३४ करोड ८ लाख ५६ हजार किलो खाना पकाउने ग्याँस आयात भएको छ । गत वर्ष समीक्षा अवधिमा ४० अर्ब ६४ करोड रुपैयाँको ३६ करोड ३४ हजार किलो ग्याँस आयात भएको थियो । यस वर्ष गत वर्षको तुलनामा एक अर्ब ९१ करोड ५३ लाख रुपैयाँले ग्याँसको आयातमा संकुचन आएको हो ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायकाअनुसार ग्याँसको आयात करिब ६ प्रतिशतले घटेको छ । सम्भवतः शहरमा धेरै मात्रामा खपत हुने ग्याँसलाई विद्युतीय चुल्होले विस्थापित गरेको हुनसक्ने उनले बताए । ‘यसबारे अध्ययन गर्नु पर्ने देखिन्छ, सम्भवतः पहिलो पटक ग्याँसको आयात कम भएको हो,’ प्रवक्ता उपाध्ययले भने, ‘विद्युतीय चुल्होको प्रयोगमा मानिसहरु अभ्यस्त भएको पनि हुनुपर्छ ।’

निगमकाअनुसार देशभर १ करोड २१ लाख ग्याँसको सिलिण्डर छन् । दैनिक एक सिलिण्डर सरदर ग्याँस बिक्री भइरहेका छन् । तर, कोभिड–१९ महामारीमा समेत नघटेको ग्याँसको आयात यसपाली घट्नु चाहिँ अचम्म भएको निगमका अधिकारीहरु बताउँछन् ।

ग्याँस बिक्रेता व्यवसायीहरु पनि शहरमा ग्याँसको खपत वृद्धिमा रोक लागेको बताउँछन् । पहिलेको तुलनामा शहरमा ग्याँसको खपत वृद्धिमा कमी भएको नेपाल ग्याँस उद्योग संघका निवर्तमान अध्यक्ष गोकुल भण्डारी बताउँछन् ।

तर, तराई र पहाडी क्षेत्रमा बढेको ग्याँसको खपत र फैलावटका कारण समग्र आयात नै खस्किएको हुनसक्नेतर्फ भने उनले आशंका व्यक्त गरे । ‘गत जनवरी महिनामा मात्रै नेपालमा ४७ हजार २५० मेट्रिकटन ग्याँस आयात भएको छ, यो निकै ठूलो परिमाण हो,’ भण्डारीले भने, ‘नेपालको शहरी क्षेत्रको भन्दा गाउँ र तराईमा ग्यासमा फैलावट उच्च छ, त्यसकारण पनि आयातै घट्यो भनिहाल्न कठिन छ ।’

बढ्दो इन्डक्सन आयात

ग्याँसको आयात घट्नु र इन्डक्सनको आयात बढ्नुले कतै न कतै नेपालीहरु बिद्युतीय चुल्होमा अभ्यस्त हुन खोजेको संकेत मिल्छ । चालु आर्थिक वर्षको ८ महिनामा नेपालले गतवर्ष भन्दा एक लाख ४ हजार ९१२ थान बढी इन्डक्सन हिटर तथा इन्फ्रारेड चुल्हा खरिद गरेको छ ।

चालु आवको समीक्षा अवधिमा ३२ करोड ५९ लाख ९ हजार रुपैयाँको एक लाख ६२ हजार २३५ थान इन्डक्सन र इन्फ्ररेड चुल्हो नेपाल भित्रिएको छ । गत वर्ष यही अवधिमा ११ करोड ६५ लाख ७३ हजार रुपैयाँ बराबरको ७५ हजार ३२३ थान यस्ता विद्युतीय चुल्हो नेपाल भित्रिएको थियो ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply