२७ फागुन, काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादवले उम्मेदवारी दर्ता गरेका छन् ।
शनिबार विहान संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनीसँगै जसपा नेताहरु अशोक राई, मनिष सुमन, प्रदीप यादव, सुशीला श्रेष्ठ संघीय संसद भवन नयाँ बानेश्वर पुगेका थिए ।
जसपाबाटै नेतृ प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गर्दैछिन् । उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुनेछ । एमाले नेतृ अष्टलक्ष्मी शाक्यले पनि उम्मेदवारी दर्ता गराइसकेकी छन् ।