२२ फागुन, जनकपुरधाम । पहाडी जिल्लाहरुमा आज होली धुमधामका साथ मनाईदै छ । होलीको रमझम कतै चलिरहेको छ भने कतै मनाउने तयारी हुँदैछ । हिमाली तथा पहाडी जिल्लामा सोमबार होली मनाईदै छ । तराई मधेसमा भने भोली मंगलबार होली मनाइँदैछ । अझ, मिथिला क्षेत्रमा पर्सी अर्थात बुधबार मात्र होली मनाइने भएको छ ।

होलीलाई खुशी, सद्भाव तथा भाइचारा अभिवृद्धि गर्ने पर्वका रुपमा लिइन्छ तर यही पर्व मनाउने सन्दर्भमा सिङ्गो देश विभाजित जस्तो देखिन्छ । होलीलाई ‘फागु पूर्णिमा’ पनि भनिन्छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने पर्व भएकाले यसलाई ‘फागु पूर्णिमा’ पनि भन्ने गरिएको हो ।

तर, तराई मधेसमा भने यसलाई ‘होली’ भनिन्छ । तराई क्षेत्रमा यो पर्व प्रतिपदाका दिन मनाउने गरिन्छ । पर्व एउटै भए पनि फरक फरक दिनमा किन मनाइन्छ होली भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।

वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल फरक–फरक दिनमा होली मनाइनुको कारण बुझ्नु अघि होली किन मनाउन थालियो भन्नेबारे बुझ्न जरुरी रहेको बताउँछन् ।
पौराणिक मान्यताअनुसार त्रेता युगमा हिरण्यकश्यपु नाम गरेका राक्षसका छोरा प्रह्लाद भगवान् विष्णुको भक्त रहेको र हिरण्यकश्यपुलाई यो कुरा मन नपरेपछि आफ्नी बहिनी होलिकामार्फत प्रह्लादलाई अग्निमा जलाएर मार्ने योजना बनाएका थिए । अग्निमा नजल्ने वरदान पाएकी होलिकाले प्रह्लादलाई आफ्नै काखमा राखेर अग्निकुण्डमा बस्ने योजना बनाइन् । तर, अग्निकुण्डमा बस्नासाथ होलिका जलेर मरेको तर प्रह्लाद सकुशल रहेको मान्यता छ । फागुन शुक्ल पूर्णिमाको रातमा राक्षसरुपी होलिका दहन भएको र सोही दिनको सम्झनास्वरुप फागुन पूर्णिमामा रङ खेलेर खुशी आदानप्रदान गर्ने परम्परा सुरु भएको पण्डित पोखरेलको भनाइ छ ।

यस्तै, फागुन शुक्ल पूर्णिमा कै दिन द्वापर युगमा भगवान कृष्णलाई मार्न भनेर कंशले राक्षसरुपी पुतनालाई पठाएको र पुतनाले मान रुप धारण गरेर कृष्णलाई स्तनपानमार्फत विष पिलाएर मार्न खोज्दा पुतना आफै गरेको पौराणिक मान्यता पनि रहेको उनले सुनाए । भारतको मथुरा क्षेत्रमा भएको सो घटनाको सम्झना र पुतना मारिएको खुशीयालीमा मथुरा र आसपासका क्षेत्रमा होली मनाउन थालिएको र यो परम्परा विस्तार हुँदै गएको उनको भनाइ छ ।

पण्डित पोखरेलका अनुसार पुतना पूर्णिमाको रात मारिएकी हुनाले त्यसको खुशी भोलिपल्ट मनाउनुपर्छ भनेर मथुरा लगायत भारतका अन्य क्षेत्रमा प्रतिपदाका दिन होली खेल्ने गरिएको हो । यो परम्परामा टेकेर तराई मधेसमा पनि प्रतिपदाका दिन होली खेल्ने गरिएको उनले बताए ।

उनले भने, ‘एउटा कालखण्डमा एउटा बुझाइ भयो । पूर्णिमाका दिन भएको कुराको उत्सव पूर्णिमामै मनाउनु पर्छ भन्ने एउटा पक्ष र पूर्णिमामा भएको घटनाको खुशीयाली भोलिपल्ट पो मनाउनुपर्छ भन्ने अर्को पक्षको मान्यताका कारण बेग्लाबेग्लै दिन होली मनाउन थालिएको हो ।’

त्यसो त, तराई मधेसमै पनि मिथिला क्षेत्रको आफ्नै संस्कृति र परम्परा छ । मिथिला संस्कृतिका जानकार डा. रामभरोस कापडी ‘भ्रमर’का अनुसार मिथिला क्षेत्रमा भने परिक्रमा यात्राका आधारमा होली मनाउने गरिन्छ । फागुन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुने १५ दिने परिक्रमा यात्रा पूर्णिमामा टुंगिन्छ ।

धनुषाको हनुमाननगरबाट सुरु हुने परिक्रमा यात्रा भारत बिहारको कल्याणेश्वर, महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड हुँदै कञ्चनवन पुग्दछ । कञ्चनवनमा परिक्रमावासीहरु एक आपसमा होली खेलेपछि औपचारिक रुपमा होलीको सुरुवात भएको मानिन्छ । यद्यपि अन्तगृह परिक्रमा गरेको भोलिपल्टमात्र विशेष रुपमा होली खेलिन्छ । धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौल, कल्याणेश्वर हुँदै जनकपुरधाम पुगेर परिक्रमा यात्री रात्रीकालीन विश्राम गर्छन् । त्यसैको बिहान पल्ट फागुन पूर्णिमाका दिन परिक्रमा यात्रीले जनकपुरको अन्तगृह परिक्रमा पूरा गरेपछि भोलिपल्ट होली मनाइने उनले बताए ।

होली मनाउने धार्मिक र ऐतिहासिक जग एउटै भए पनि संस्कृति फरक रहेको डा. कापरको भनाइ छ । उनका अनुसार जकपुरधाममा मध्यमा परिक्रमा भनेको त्यतिबेलाको मिथिला राज्यको परिक्रमा हो भने अन्तगृह परिक्रमा भनेको दरवारको परिक्रमा हो ।

उनले भने, ‘मिथिलामा अन्तगृह परिक्रमा नभइ होली खेल्ने परम्परा छैन ।’ अन्तगृह परिक्रमा मंगलबारमात्र हुने भएको छ । त्यसैले यस वर्ष मिथिला क्षेत्रमा बुधबार मात्र होली खेलिने उनले बताए ।

पर्व एउटै भए पनि आ–आफ्नो क्षेत्रको आ–आफ्नै संस्कृति र मान्यता हुने भएकाले सोही अनुसार फरक तिथिमा होली मनाउने गरिएको उनको भनाइ छ ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply