२४ पुस, काठमाडौं । मर्जरको लागि डाटा माइग्रेसनका लागि प्रभु बै‌क र ग्लोबल आईएमई बैंंकले सेवा बन्द गर्दा शेयर बजारसमेत प्रभावित हुने भएको छ ।

धितोपत्र बजारमा सेटलमेन्ट बैंकको रुपमा काम गरिरहेका प्रभु र ग्लोबल आईएई दुवै बैंकको बैंकिङ कारोबार बन्द हुँदा सेयर सेयर बजार समेत प्रभावित हुने भएको हो ।

क्लियरिङ बैंकको रुपमा काम गरिरहेको ग्लोबल आईएमई बैंकले मर्जरका कारण आइतबार बैंकिङ कारोबार बन्द गरेको छ । बैंक अफ काठमाडौंसँग मर्जरमा जान लागेको ग्लोबल आईएमई बैंकले सोमबारदेखि एकीकृत कारोबार सुरु गर्दै छ ।

सेञ्चुरी बैंकसँग मर्जरमा जान लागेको प्रभु बैंकको भने मंगलबार बिहानसम्म सम्पूर्ण बैंकिङ कारोबार बन्द हुने जनाएको छ ।

प्रभु र ग्लोबलसँगै सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक गरी चारवटा बैंकले क्लियरिङ बैंकको काम गर्दै आएका छन् । सिद्धार्थ र नेपाल इन्भेष्टमेन्ट बैंकले भने क्लियरिङ सेवा खासै प्रवाह नगरेको हुँदा ग्लोबल आईएमई र प्रभु बैैंकको सेवा प्रभावित हुँदा कारोबारको राफसाफ प्रभावित हुने धितोपत्र दलाल व्यवसायी नरेन्द्र सिजापति बताउँछन् ।

‘शेयर कारोबार हुन्छ तर, राफसाफ गर्न समस्या हुन्छ, अन्य बैंक मर्जरमा जाँदा सेयर कारोबार गरेको रकम भुक्तानीमा केही समस्या भएको थियो,’ उनले भने, ‘यो पटक क्लियरिङ बैंक दुबैको एकसाथ कारोबार बन्द हुँदा राफसाफमा समस्या हुन्छ ।’

कुनै लगानीकर्ताले अत्यावश्यक भएर आज भुक्तानी पाउनेगरी सेयर बिक्री गरेको भए उसले रकम पाउने नसक्ने उनले बताए ।

आम सेयर लगानीकर्ताले भने बोर्डले ‘टी प्लस २’ मा सेटलमेन्ट र तेस्रो दिनमा राफसाफ गर्नुपर्ने व्यवस्था गरेपछि मर्जर हुँदा उक्त व्यवस्था प्रभावित हुनु बजार सञ्चालक र नियामक दुबैको गैरजिम्मेवार भएको आरोप लगाइरहेका छन् । ‘सेयर कारोबारको सेटलमेन्ट गर्ने भनेको ब्रोकर, नेप्से र सीडीएससीको सहित करिब ५५ वटा खाताको काम गर्न नसक्ने भन्ने कुरा हुँदैन,’ धितोपत्र बजारको जानकार एक अधिकारी भन्छन्, ‘बजारको सेटलमेन्ट र राफसाफ प्रभावित हुन भनेको धितोपत्र बजारप्रतिको विश्वसनियता घट्दै जानु हो ।’

नेपाल धितोपत्र बोर्डको प्रवक्ता मुक्तिनाथ श्रेष्ठ यसको लागि वैकल्पिक व्यवस्था हुनुपर्ने बताउँछन् । ‘मर्जरको कारण बैंकका बैंकिङ कारोबार प्रभावित भयो भनेर सेटलमेन्ट र राफसाफ प्रभावित हुने भन्ने कुरा हुँदैन त्यसमा वैकल्पिक व्यवस्था हुनुपर्छ ।’

बोर्डका प्रवक्ता श्रेष्ठले सेटलमेन्ट प्रभावित नहुने तर, सेयर कारोबार गर्नेले पाउने भुक्तानीमा भने समस्या हुने बताए ।

सीडीएससी एण्ड क्लियरिङ लिमिटिडेका प्रवक्ता सुरेश न्यौपाने केही प्राविधिक समस्या भए पनि सेटलमेन्ट नै प्रभावित हुने अवस्था नआउने बताउँछन् । तर, कारोबारको राफसाफमा भने समस्या हुनसक्ने उनले बताए । ‘सेटलमेन्ट खाता मात्रै नभएर ब्रोकको रेगुलर खाता पनि सोही बैंकमा हुँदा आइतबार र सोमबार राफसाफमा समस्या हुन्सक्छ,’ उनले भने, ‘सेटलमेन्ट हुन सक्छ कि सक्दैन भन्नेमा हामी बढी फोकस भएका छौं । दुइवटा बैंकको माइग्रेसन छ भन्दैमा सेयर बजार बन्द हुने अवस्था आउनु हुँदैन त्यसको लागि बैंकल्पिक व्यवस्था गर्नुपर्छ भन्ने रहन्छ ।’

अन्य बैंकिङ कारोबार नभए पनि कनेक्ट आईपीएस चल्छ भनेर क्लियरिङ बैंकसँग प्रारम्भिक छलफल भने भएको उनले बताए । प्राविधिक समस्या भने हुनसक्ने उनको भनाइ छ ।

Related posts:

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

Leave a Reply