३१ असोज, काठमाडौं । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेले सरकारी वकिलको रोहवरमा प्रहरीसमक्ष इन्कारी बयान दिएका छन् । प्रहरी वृत्त, गौशालाले हालै लिएको बयानमा उनले बलात्कारको अभियोग अस्वीकार गरेका हुन् ।

तर घटना भएको भनिएको दिन जाहेरीमा उल्लेखित स्थानमा आफू पुगेको उनको बयान छ । स्रोतका अनुसार पीडित भनिएकी किशोरीसँग ५ भदौमा घुम्न गएको पनि उनले स्वीकारेका छन् ।

प्रहरीले नगरकोटमा बसेको भनिएको भ्याली भ्यू रिसोर्ट र पिंगलास्थानस्थित होटल काठमाडौं इनको क्लोज सर्किट (सीसी) क्यामराको फुटेज पनि उनलाई देखाएको थियो । त्यसक्रममा सन्दीपले फुटेजमा देखिएको व्यक्ति आफैं भए पनि जाहेरवालाकै अनुरोधमा त्यहाँ गएको बताएका छन् ।

उनले नगरकोटबाट फर्किएर आउँदा अबेर भएपछि जोहरवालाले नै होटलमा बसौं भनेको उल्लेख गरेका छन् । ‘उनले नै होटलमा बसौं भनेपछि बसेको हो, नत्र त्यहाँ बस्ने नियत थिएन’, लामिछानेले भनेका छन्, ‘छुट्टाछुट्टै कोठा बुक गर्न खोजे पनि त्यसदिन खाली नभएपछि कोठा नम्बर ३०५ मा नै बस्नुपरेको थियो ।’

अनुसन्धानका क्रममा प्रहरीले संकलन गरेको सीसी टीभी फुटेजमा पनि लामिछाने र ती किशोरी राति ११ः५५ तिर कोठामा गएको देखिएको एक अधिकृतले बताए । पीडितले २१ भदौमा दिएको जाहेरी अनुसार त्यही राति लामिछानेले उनलाई पटकपटक जबरजस्ती करणी गरेका थिए ।

पीडितले जाहेरी दिएलगत्तै प्रहरीले उनको स्वास्थ्य परीक्षण गराएर अनुसन्धान थालेको थियो । उनले भनेको स्थानमा दुवैजना गएको प्रमाण फेला परेपछि प्रहरीले जाहेरी दर्ता गराएर अनुसन्धान थालेको थियो ।

जिल्ला अदालत, काठमाडौंले लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले उनलाई निलम्बन गरेको थियो । लामिछाने त्यसबेलासम्म क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैकामा थिए ।

पक्राउ पूर्जी जारी भएपछि उनले नेपाल आएर आरोपको कानूनीरुपमा सामना गर्ने बताएका थिए । तर एक महिनासम्म उनी सम्पर्कविहीन रहे ।

नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले लामिछानेविरुद्ध डिफ्यूजन नोटिस जारी गरेपछि लामिछाने दबाबमा परेका थिए ।

अमेरिकाको फ्लोरिडामा उनलाई एफबीआई (फेडरल ब्यूरो अफ इन्भेष्टिगेसन) ले लोकेट गरेपछि लामिछानेले आत्मसमर्पण गर्ने भन्दै स्ट्याटस लेखेका थिए ।

विकल्पहरु सकिएपछि लामिछाने २० असोजमा काठमाडौं आएका थिए । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने वित्तिकै उनलाई पक्राउ गरेको थियो । हाल सन्दीप प्रहरी वृत्त, गौशालाको हिरासतमा छन् ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply