३ असार, काठमाडौं । चालु आर्थिक वर्षको बजेटमा सरकारले विद्यालयका प्रारम्भिक बालविकास सहजकर्तालाई न्यूनतम १५ हजार रुपैयाँ तलब दिने घोषणा गरेको थियो ।

बजेटमा संघीय सरकारले ८ हजार र स्थानीय सरकारले ७ हजार गरी पन्ध्र हजार दिने भनिएको थियो । तर अधिकांश पालिकाले बालविकास सहजकर्तालाई केन्द्र सरकारले दिने मासिक ८ हजार रुपैयाँ मात्रै दिइरहेका छन् । ७५३ स्थानीय तह मध्ये घोषणा भए अनुसार १५ हजार दिने ३५३ पालिका मात्रै छन् । बाँकी ४ सय स्थानीय तहले मनलाग्दी गरेका छन् ।

अहिले हरेक स्थानीय तहले दिने तलबमा विविधता छ । कतै आठ, कतै नौ, कतै दश, कतै बाह्र हजार दिँदै आएका छन् । ७ हजार रुपैयाँ दिन नसक्ने भन्दै स्थानीय तहले आफूखुसी गरेका छन् । सरकारले तोकेको तलब स्थानीय तहले दिन नमानेको भन्दै नेपाल बालविकास शिक्षक केन्द्रीय समितिले त्यो तलब संघीय सरकारले दिनुपर्ने माग राखिरहेको छ ।

गत वर्षको बजेट भाषणले घोषणा गरेको तलब नपाएपछि बालविकास शिक्षकहरु डेलिगेसन, ज्ञापन, भेटघाट, छलफल गरेको बालविकास शिक्षक केन्द्रीय समितिकी अध्यक्ष कृष्णा मगर बताउँछिन् । पटक पटकको भेटपछि शिक्षामन्त्री पौडेलले परिपत्र गर्दा पनि स्थानीय तहले नटेरेर लागू नगरेको अध्यक्ष मगरको भनाइ छ ।

राज्यको सेवा गरेवापत पाउने सामान्य सेवा सुविधा लिन पनि आन्दोलन गर्नुपरेको बालविकास सहजकर्ताहरुको अनुभव छ । बालविकास शिक्षक केन्द्रीय समितिले समुदायमा भएका बालविकासलाई विद्यालय संरचनाभित्र ल्याउनुपर्ने लगायत विभिन्न मागसहित २०७५ मा आन्दोलन गर्‍यो ।

यो आन्दोलनपछि बालविकास सहजकर्तालाई पोशाक दिने, सरकारबाट दिइने सेवा, सुविधा पाउने, बालविकासलाई विद्यालय संरचनाभित्र ल्याउने लगायतको सहमति बन्यो । शिक्षा ऐनको ८ औं संशोधनमा नै बालविकासलाई विद्यालय संरचनाभित्र ल्याउने विषय समेटिएको थियो । संरचनाभित्र ल्याउने काम त भयो तर, शिक्षकलाई दिने तलबमा भने विवाद हुँदै आएको छ ।

जिम्मेवारीबाट पन्छिँदै संघ र स्थानीय तह

सरकारले ४ वर्ष उमेर पुगेका बालबालिकाहरुको सर्वाङ्गिण विकासको अधिकार सुनिश्चित गरी कक्षा १ को लागि तयार गर्ने उद्देश्य अनुरुप प्रारम्भिक बालविकास तथा पूर्वप्राथमिक शिक्षा सञ्चालन गर्दै आएको छ ।

प्रारम्भिक बालविकास केन्द्रको राष्ट्रिय न्यूनतम मापदण्ड मार्गदर्शक पुस्तिका, २०६७ अनुसार बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक विकास गर्ने, बालबालिकाको स्वास्थ्य, पोषण र सरसफाइस्थिति सुधारमा सहयोग गर्ने, बालबालिकालाई क्रियाशील बनाइ सिर्जनशील हुन प्रेरित गर्नेलगायतका उद्देश्य रहेको उल्लेख छ ।

सरकारले लिएको उद्देश्य अनुसार बालबालिकाको सर्वाङ्गिण विकासका लागि महत्वपूर्ण काम गर्ने शिक्षकको तलब दिनमा भने केन्द्र र स्थानीय सरकारको कन्जुस्याइँ देखिन्छ । गतवर्ष सरकारले तोकेको न्यूनत्तम पारिश्रामिक १५ हजार मध्येमा केन्द्रले ८ हजार र पालिकाले ७ हजार दिने भनिएको थियो । तर, अधिकांश स्थानीय तहले आर्थिक बोझ थपिएको भन्दै भागमा परेको जिम्मेवारी नै लिएनन् ।

केन्द्र सरकारले मावि, निमावि र प्रावि तहको शिक्षकको तलबको जिम्मेवारी लिइरहेकोमा बालविकास शिक्षकको भने पूर्ण जिम्मेवारी लिन सकिरहेको छैन ।संघीय सरकारले आर्थिक बोझ थपेको र तोकेको बालविकास सहजकर्ताको तलब दिन नसक्ने स्थानीय तहले बताउँदै आएका छन् भने मावि तहसम्मको शिक्षा स्थानीय तहको भएकोले त्यत्ति भार खेप्नुपर्ने तर्क संघले गर्दै आइरहेको छ ।

पालिकाले केन्द्र सरकारले उपलब्ध गराएको तलब मात्रै दिइरहेको छ । त्यसैले अब स्थानीय तहको भागमा जिम्मेवारी नराखेर केन्द्रले नै सबै भार खेप्नुपर्ने र करार दरबन्दी सिर्जना गरी प्रा.वि तहको शिक्षक सरहको तलबको व्यवस्था हुनुपर्ने माग नेपाल बालविकास शिक्षक केन्द्रीय समितिले गरेको छ ।

सरकारले नै घोषणा गरेको पारिश्रामिक पाउने सम्भावना टरेपछि आगामी आर्थिक वर्षदेखि केन्द्र र स्थानिय पालिका भनेर जिम्मेवारी बाँडफाँड नगरी संघीय सरकारबाटै न्यूनत्तम पारिश्रामिक पाउनुपर्ने माग अगाडी बढाएका थिए । तर, उनीहरुको माग पूरा गर्ने भन्दा पनि संघीय सरकारले दिईरहेकोमा दुई हजार थप गरेर १० हजार पु¥याउने घोषणा बजेटमा गर्‍यो ।

उनले भनिन् ‘हाम्रो माग त दरबन्दीमा लगेर प्रावि तहको शिक्षक सरहको तलब, सेवा सुविधा पाउनुपर्छ भन्ने हो । तर, तत्कालका लागि सरकारले घोषणा गरेको न्यूनत्तम तलब स्थानीय तहले कार्यन्वयन नगरेपछि उक्त तलब केन्द्रले नै दिनुपर्छ भनेका हौं । त्यसो नभएर दुई हजार थप भएर आयो ।’
तर शिक्षामन्त्रालयले समितिको माग पुरा गर्ने भन्दा पनि थप मात्रै गरेको छ । नेपाल बालविकास शिक्षक केन्द्रीय समितिकी अध्यक्ष मगर घोषणा भएको तलब मात्रै नभएर दरबन्दीमा लानुपर्ने र अहिले बढेको १५ प्रतिशत महँगी भत्ता सहितको प्रावि शिक्षक सरहको तलब पाउनुपर्ने माग राखिरहेको बताउँछिन् । उनी भन्छिन्, ‘हामीले हाम्रो माउ संस्था शिक्षक महासंघमार्फत नै हाम्रो मागलाई अघि बढाइरहेका छौं । हामीले हाम्रो समस्याहरुबारे शिक्षामन्त्री, अर्थमन्त्री, उर्जामन्त्री सामु राखिसकेका छौं । केही आउला भन्ने अपेक्षा छ ।’

समितिको अनुसार अहिले ३६ हजार ५९३ जना बालविकास सहजकर्ता छन् । जसमा करिब एक प्रतिशत मात्रै पुरुष सहजकर्ता छन् । विकट जिल्लाका स्थानीय तहमा मात्रै पुरुष सहजकर्ता पनि छन् । शिक्षा तथा मानवस्रोत विकास केन्द्रको तथ्यांक अनुसार देशभर अहिले ३६ हजार ७१२ बालविकास केन्द्रहरु छन् । ती मध्ये ६ हजार ५ सय संस्थागत विद्यालय अन्तर्गतका बालविकास केन्द्र हुन् ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply