२३ जेठ,बुटवल । रुपन्देहीको रोहिणी खोला पुलमा आइतबार बिहान भएको बस दुर्घटनामा मृतक ९ जनाकै सनाखत भएको छ ।

जनकपुरबाट भैरहवा आउँदै गरेको लु२ख ३८४१ नम्बरको यात्रुवाहक बस रोहिणी पुलबाट खोलामा खस्दा बसमा सवार ३२ जना मध्ये एकमहिला र ८ पुरुषको मृत्यु भएको थियो ।

रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलका अनुसार मृत्यु हुनेहरूमा रुपन्देहीको ओमसतिया गाउँपालिका-४ का ६५ वर्षका राजेन्ऽ पाण्डे, तिलोत्तमा नगरपालिका-८ की ३७ वर्षकी तुलसी बस्याल, तिलोत्तमा-२,योगीकुटीका ५६ वर्षका विष्णु पौडेल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षका दिनेश दास रहेका छन् ।

स्तै बुटवल उपमहानगरपालिका-११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, बुटवल उपमहानगरपालिका-६ आदर्शनगर बस्ने ४० वर्षका अरविन्द शर्मा, अरविन्दका बुवा ५० वर्षका नागेन्द्र शर्मा र सितामढी भारतका ४५ वर्षका सञ्जय गुप्ता र महोत्तरी पिप्रहवा- ५का ३० वर्षका चन्दन यादवको मृत्यु भएको छ ।

घाइते २३ जना मध्ये २१ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । सामान्य घाइते २ जना डिस्जार्ज भएका छन् । घाइते २१ जना मध्ये १५ जनाको अवस्था गम्भीर र बांकीको मध्यम रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । घाइते सबैको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

‘चालक निदाएकाले दुर्घटना’

रोहिणी गाउंपालिका ३ रोहिणी पुलमा भएको उक्त दुर्घटना चालक निदाएको कारणले भएको धेरैको ठम्याई छ । दाया साइडबाट गुड्नुपर्ने बस बायां साइडमा गएर पुलका १० वटा रेलिङ भांचेर खोलामा खसेकाले चालक निदाएर वा तीब्र गतिले अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख केशव केसीले बताए । ‘चालक घाइते भएकाले उनी बोल्न सकेका छैनन्,सहचालकले आफू निदाएको बताएका छन्,हाम्रो अनुमान पनि चालक निदाएकै कारण दुर्घटना भएको हो भन्नेमा बढी छ’-केसीले भने ।

घटनास्थलमा पुगेर उद्धारमा संलग्न रोहिणी गाउंपालिका २ का वडाध्यक्ष करम खानले चालक निदाएर ब्युंझिंदा अनियन्त्रित भएर दुर्घटना भएको देखिएको बताए । ‘घाइतेहरुसंग कुरा गर्दा चालक निदाएकै कारण दुर्घटना भएको भनेका छन्’-खानले भने ।

दुर्घटनामा परेको बस पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलमा आवद्ध छ । यो प्रालि नेपालमा सबैभन्दा धेरै बस भएको संस्था हो ।

घाइतेहरूको नामवली

१. जिल्ला धनुषा हंसपुर न.पा.-३ बस्ने वर्ष १८ को मुफिद मन्सुरी ।
२. जिल्ला बारा जितपुर सिमरा उ.न.पा.-१३ बस्ने वर्ष १८ को रोहन चौधरी ।
३. जिल्ला बारा सिमरा न.पा.-१३ बस्ने वर्ष १८ को सतेन्द्र चौधरी ।
४. जिल्ला बारा सिमरा न.पा.-१३ बस्ने वर्ष १५ को बरुण चौधरी ।
५. जिल्ला सिराहा, सिराहा न.पा.-९ बस्ने वर्ष ३१ को राकेशकुमार दास ।
६. जिल्ला कपिलबस्तु बाणगंगा न.पा.-५ बस्ने वर्ष २९ को तुलसीराम चौधरी । -सह-चालक)
७. जिल्ला धनुषा जनकपुर उ.न.पा.-२२ बस्ने वर्ष ३९ को बिनोद मुखिया ।
८. जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक न.पा.-११ का वर्ष २८ को रियाज जुल्लाह मुसलमान ।
९. जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक न.पा.-६ बस्ने वर्ष १६ को सहेजाद मुसलमान ।
१०. जिल्ला रुपन्देही तिलोत्तमा न.पा.-३ शंकरनगर बस्ने वर्ष ३६ को सुमन क्षेत्री । -बस चालक)
११. जिल्ला रुपन्देही लुम्विनी सास्कृतिक न.पा.- ३ बस्ने वर्ष २० को राजेश यादव ।
१२. जिल्ला रौतहट बस्ने वर्ष २२ को वकिल दास हात ।
१३० भारत जनकपुरग्राम बस्ने वर्ष २८ को गौरव सिंह ।
१४. जिल्ला झापा बस्ने वर्ष ६० को जयाप्रसाद चापागाई ।
१५. जिल्ला झापा बस्ने वर्ष ५६ कि तुलसा चापागाई ।
१६. भारत बस्ने वर्ष ३२ कि सिता शर्मा ।
१७. भारत बस्ने वर्ष ५ कि सन्दिपा शर्मा ।
१८. भारत बस्ने वर्ष ४ को यश शर्मा ।
१९. जिल्ला धनुषा जनकपुर बस्ने वर्ष ३५ की अञ्जली कामी ।
२०. जिल्ला रुपन्देही तिलोत्तमा न.पा.-३ बस्ने वर्ष २२ को बिपिन बस्याल ।
२१. जिल्ला रौतहट श्रीनगर बस्ने वर्ष २२ को रामजनम दास ।
२२. जिल्ला धनुषा जनकपुर बस्ने वर्ष २२ कि रिंकी यादव ।
२३. जिल्ला महोत्तरी बस्ने वर्ष २९ को साबिर अन्सारी ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply