१३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण सम्बन्धी सरकारका सबै काम बदर गरेसँगै विमानस्थल आयोजनाका लागि अहिलेसम्म खर्च भएको साढे ३ अर्ब रुपैयाँ खेर गएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार विमानस्थल आयोजना सुरु भएयता साढे तीन अर्ब रुपैयाँ खर्च भइसकेको छ । ‘यो एक दूर्भाग्यपूर्ण फैसला हो,’ उनले भने, ‘२०५१ सालमा देशभर गरिएको विस्तृत अध्ययनबाट टुंगो लागेको स्थानमा आयोजना नबनाउनु भन्नासाथ यसको तयारीका लागि भएको साढे ३ अर्ब रुपैयाँ भन्दा माथिको खर्च खेर जानेछ ।’

ती अधिकारीका अनुसार विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएका ११० बिघा जग्गाको मुआब्जामा ठूलो रकम खर्च भएको छ । विमानस्थलले चर्चेको चार किल्ला भित्रका लागि संरचना निर्माण, वातावरणीय प्रभाव अध्ययन, गुरुयोजना तथा विस्तृत परियोजना प्रतिवेदन निर्माणका क्रममा उक्त रकम खर्च भएको हो । यस विमानस्थल परियोजना भित्र सीमाना छुट्याउन ५०/५० मिटरमा कंक्रिटको पोल बनाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार निजगढ विमानस्थलका लागि सरकारले २०७१/७२ बाट बजेट छुट्याउन थालेको हो । सो आवमा ५० करोड रुपैयाँ विनियोजन भएको थियो । आर्थिक वर्ष २०७२/७३ मा ५० करोड र आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब रुपैयाँ विनियोजन भएको थियो । त्यसयता हरेक वर्ष भएको खर्च साढे ३ अर्ब रुपैयाँ नाघ्ने ती अधिकारीले जानकारी दिए ।

प्राधिकरणले अब के गर्छ ?

सर्वोच्च अदालतको फैसलासँगै आयोजनासँग सम्बन्धित विभिन्न कामका लागि अगाडि बढेका ठेक्काहरु समेत प्रभावित हुनेछन् । अब सर्वोच्च अदालतको पूर्ण फैसला आएपछि तालुक मन्त्रालयसँग छलफल गरी प्राधिकरणले आवश्यक निर्णय गर्ने उनले जानकारी दिए । ‘हामी अहिले केही भन्न सक्दैनौं,’ उनले भने, ‘अब पूर्णपाठ आएपछि यसबारे सरकारसँग परामर्श लिएर अगाडि बढ्छौं ।’

यो विमानस्थलका लागि २०७१ सालमा चार किल्ला तोक्ने निर्णय भई राजपत्रमा प्रकाशित भएको थियो । विमानस्थल क्षेत्रले कुल ११ हजार ८७५ बिगाहा क्षेत्रफल चर्चेको छ । यसमध्ये ११० बिगाहा क्षेत्रफल निजी स्वामित्वमा रहेका अधिग्रहण गर्ने निर्णय गरेको थियो ।

आर्थिक वर्ष २०७२/७३ बाट कार्यक्रम स्वीकृत भई आयोजना सुरु गरी तयारीका काम प्रारम्भिक तीन वर्षमा पूरा गर्ने योजना थियो । विस्तृत डिजाइनसहितको तयारीको काम पूरा गरी त्यसपछिको चार वर्षमा सक्ने योजनासहित आयोजना अगाडि बढेको छ ।

कसरी सुरु भएको थियो यो आयोजना ?

२०५१ सालमा नेपाल सरकारले नेप्को/आईआरएडीमार्फत नेपालभर ८ वटा वैकल्पिक क्षेत्रको पूर्वसम्भाव्यता अध्ययन गराएको थियो । सोही अध्ययनले वैकल्पिक क्षेत्रको भौगोलिक अवस्थिति, धरातलीय बनावट, हवाई क्षेत्र, धावनमार्गको आगमन तथा अवतरण गर्ने एयर रुटको अवस्था, मूख्य शहरको दूरी, हवाई मार्ग, हवाई क्षेत्र, सडकको पहुँच, जग्गा अधिग्रहणमा लाग्ने खर्च, जमिनको उपलब्धता, जंगल क्षेत्रको घनत्व, नदी नियन्त्रण, निर्माण सामग्रीको उपलब्धता, पुनर्वास गर्नुपर्ने जनसंख्या जस्ता तत्वको आधारमा यो क्षेत्र छनोट गरिएको प्राधिकरणले स्वेतपत्रमा लेखेको छ ।

१८ पुस २०६४ मा सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रको लगानी बुट मोडलमा गर्ने गरी नीतिगत निर्णय गरेको थियो । सोही अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०६५ सालमा कोरियन कम्पनी ल्याण्डमार्क वर्ल्डवाइडबीच परियोजनाको विस्तृत सम्भाब्यता अध्ययन गर्न सम्झौता भएको थियो ।

११ महिनाको समय लगाएर यो कम्पनीले प्रतिवेदन सरकारलाई बुझाएको थियो । यो प्रतिवेदन सरकारले बुझेपनि यसको हिसाबकिताब भने अझै भएको छैन । सोही कारण सरकारलाई यो प्रतिवेदनवापत त्यस समयमै लागेको थप ३० करोड रुपैयाँ बराबरको लागत अतिरिक्त भार पर्नेछ ।

Related posts:

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply