२७ वैशाख, वीरगञ्ज । नेकपा एमाले पर्साले वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार विजयकुमार सरावगीमाथि दुर्व्यवहार भएको भन्दै आपत्ति जनाएको छ ।

जिल्ला इन्चार्ज प्रभु हजराले मंगलबार विज्ञप्ति जारी गर्दै सरावगीमाथि जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहका कार्यकर्ताले आक्रमणको प्रयास गरेको बताएका छन् ।

सोमबार राति वीरगञ्जको नगवामा कांग्रेस नेतालाई भेट गर्न पुगेका सरावगीलाई जसपाका कार्यकर्ताहरुले घेरेका थिए । ‘निर्वाचनमा उम्मेदवारले मतदातालाई सन्तुष्ट पारेर उनीहरूको मत आफूलाई हाल्न आग्रह गर्ने कुराको ग्यारेन्टी संविधानले गरेको छ ।

तर, सरावगीले वडा नम्बर १६ स्थित नगवामा मतदातासँग भेट्न जाँदा राजेशमान सिंहका कार्यकर्ताले गुण्डागर्दी शैलीमा प्रदर्शन गरेको व्यवहारप्रति नेकपा एमाले पर्साको गम्भीर ध्यानाकर्षण भएको छ,’ एमालेले विज्ञप्तिमा भनेको छ ।

एमालेले निर्वाचनमा राजनीतिक दलहरु मतदाताको घरमा गएर निर्वाध रुपमा मत माग्न पाउने संवैधानिक अधिकारलाई कुण्ठित गर्ने प्रयास भएको पनि बताएको छ । ‘यसले राज्य शान्तिपूर्ण रुपमा निर्वाचन गर्न चाहदैन भन्ने कुरालाई बल पुर्‍याएको छ,’ हजाराले विज्ञप्तिमा भनिएका छन् ।

उम्मेदवारसँग गएका सहकर्मीलाई घेरा हालेर निर्घात रुपमा कुटपिट गर्नु, एमालेका उम्मेदवार सरावगीलाई अवरोध सिर्जना गरी घन्टौंसम्म घेराबन्दीमा राखेका कारण प्रहरीले उद्धार गरेर ज्यान जोगाउनुपरेको एमालेले बताएको छ । ‘यस्तो भययुक्त अवस्थामा शान्तिपूर्ण रुपमा मताधिकार कसरी प्रयोग हुन्छ ?’ भन्ने प्रश्न उठको बताएको छ ।

अराजक शैलीमा प्रस्तुत भएकाहरुले उन्मुक्ति पाउनु र त्यही वडाका नगर परिषद सदस्य सन्तोष गुप्तालाई प्रहरीले गैरकानूनी रुपमा गिरफ्तार गरी हिरासतमा राख्नुले सरकार पनि निष्पक्ष निर्वाचनको पक्षमा रहेकोमा आशंका उब्जिएको एमाले पर्सा इन्चार्ज हजरा बताउँछन् ।

शालीनतापूर्ण आग्रहलाई बेवास्ता गरे त्यसबाट निस्किने सबै परिणामको जिम्मेवारी स्थानीय प्रशासनले लिनुपर्ने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।

हेर्नुहोस् विज्ञप्ति

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply