५ माघ, जनकपुरधाम । प्रदेश २ अर्थात अहिलेको मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधाममा रहेको प्रादेशिक अस्पतालको आकस्मिक कक्ष एक जना डाक्टरको भरमा चलेको छ भन्दा अच्चम लाग्न सक्छ ।

पछिल्लो बिहिबार बेलुका करीब ८ बजे एक जनालाई मरन्नासन्न हुने गरी पेट दुखेको थियो । कुनै बिधिबाट पनि पेट दुखाई कम नभएपछि तत्कालै बिरामीलाई जनकपुर स्थित प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा परिवारजनले लिएर गए । त्यहाँ पुगेर डाक्टरलाई आफ्नो बिरामीको अवस्था सुनाउन पालो कुर्नु परेर करीब ५ मिनेट लागेको थियो । कारण थियो बिरामीको चाप, डाक्टरलाई भ्याई नभ्याई थियो ।

चिकित्सकले उक्त बिरामीको बिषयमा सुनेपछि तत्कालै पुर्जी काटेर ल्याउन भने । पुर्जी काटेर ल्याएपछि डाक्टरले पहिलो चरणको औषधि सामाग्री लेखे । त्यसपछि त्यो किनेर पनि ल्याईयो । अब फेरी चिकित्सकको खोजी भयो । यता बिरामी छटपटाईरहेका थिए । उता चिकित्सक अन्य बिरामीलाई उपचार गर्नमा ब्यस्त देखिन्थे । त्यसपछि फेरी ५ मिनेटको प्रयासपछि एकजना अहे.ब उक्त बिरामी नेर आएर उपचार गर्न थाले । यस बिच करीब २५ मिनेट भन्दा अधिक समय खर्च भई सकेको थियो । उक्त अहेबलाई छिटो उपचार गरिदिन आग्रह गर्दा उनले अस्पतालको अवस्था सुनाए । उक्त बिरामीलाई क्यानोला र केही ईन्जक्शन लगाउँदै उक्त अहेब लालु साहले आकस्मिक कक्षमा ५० जनाभन्दा बढी बिरामी रहेको भएपनि एउटा डाक्टर र २ जना अहेबको भरमा बिरामी हेर्नुपर्ने बाध्यता रहेकोले आफुहरुलाई भ्याई नभ्याई भएको र आकस्मिक कक्षमा तुरुन्त उपचार बिरामीले पाउनुपर्ने भएपनि आफुहरुले जति गर्दा नि जनशक्तिको अभावमा उपचार गर्नमा समस्या आएको गुनासो गरे ।

अहेब साहले अगाडि कुरा गर्दै भने अँचल अस्पताललाई प्रादेशिक नाम दिएर प्रदेश सरकारले आफ्नो मातहत त राखे तर चाहिने जनशक्तिको ब्यबस्था नगरिदिँदा हामीलाई उपचार गर्न हम्मे हम्मे परेको छ । बास्तबमा भन्नुपर्दा लालु साहको अस्पताल प्रतिको माया र बिरामीले समयमै उपचार पाउनुपर्ने सोच र भावनाले मलाई छोएको थियो । कारण पेट दुखेर मर्नु न बाँच्नु अवस्थामा रहेको बिरामी म स्वँय (ब्रम्हानन्द ठाकुर) नै थिए । पछि मैले आफ्नो परिचय दिएपछि उनले थपे यो अस्पतालमा सप्तरी, सिरहा, धनुषा, महोतरी, सर्लाही र सिन्धुली सम्मका बिरामी आउने गरेका छन । चाप त्यतिकै छ । तर आकस्मिक कक्षका एक जना डाक्टर र २ जना अहेबले उपचार गर्न गाह्रो हुन्छ । किनकी आकस्मिक कक्षमा आएका बिरामीका लागि एक मिनेट पनि ठुलो हुन्छ र हामीले त्यो समयमा उपचार गर्न सकेनौ भने बिरामीको अवस्थाका बारेमा भन्न सक्ने अवस्था हुदैन ।
उनको कुरा सकिएको के मात्र थियो उनले सबै ईन्जेक्सन मलाई दि सकेको रहेछ । म धेरै प्रश्न गर्ने वा कुरा गर्ने अवस्थामा थिईन । सबै चुपचाप सुनिरहेको थिए । केही छिनमै मेरो अवस्थामा सुधार आयो र मैले उनको कुरालाई पुष्टि गर्न आकस्मिक कक्ष बिस्तारै बिस्तारै हिडेर हेर्न थाले । वास्तबमै आकस्मिक कक्षका सबै बेड बिरामीले भरिएको थियो । मलाई भर्खरै उपचार गरेर गएको साह अन्य बिरामीहरुलाई पुन जाँचिरहेका थिए । करीब ५० भन्दा बढी बिरामीहरु उपचार गराई रहेका थिए भने प्रत्येक १० पन्ध्र मिनेटको अन्तरालमा बिरामीहरु थपिदै थिए ।

अवस्था हेर्दा बेड पनि प्रयाप्त लागिरहेको थिएन । र मेरो घर अस्पतालबाट नजिकै भएकोले र म तत्कालका लागि केही सन्चो महशुस गरेकोले मैले आफ्नो बेड छोड्ने निर्णय गरे । र अहेब लालु साहलाई धन्यवाद दिदै डाक्टरसँग अनुमति लिई सन्चो नभए फेरि फर्कने वाचा लिएर औषधि लेखाएर घर फर्के ।

 

Related posts:

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

Leave a Reply