२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्री पदमा दाबी गरेका छन् । संस्थापन समूहभित्र पदाधिकारीका आकांक्षीको टुंगो लगाउन छलफल भइरहेका बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेता कार्कीले महामन्त्रीमा आफ्नो दाबी स्वभाविक भएको बताए । बुधबार संस्थापन समूहका पदाधिकारीका आकांक्षीहरुको बैठकमा पनि उनले महामन्त्रीमा आफ्नो दाबी रहेको बताए ।

‘पार्टीमा लामो समयदेखि मेरो सक्रियता र योगदानले महामन्त्री पदमा मेरो दावी स्वभाविक हो,’ उनले  भने, ‘देशभरका साथीहरूले पनि तपाईं महामन्त्रीमा उठ्नुस, हामी सहयोग गर्छाैं भनिरहेका छन् ।’

संस्थापन समूहमा महामन्त्री पदका लागि पाँच आकांक्षी देखिएका छन् । कार्कीसहित सहमहामन्त्री डा. प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाण, केन्द्रीय सदस्य एनपी साउद र प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा दाबी गरेका छन् ।

सुनसरी-४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित कार्कीले क्षेत्रीय अधिवेशनबाट २६ जना महाधिवेशन प्रतिनिधि संस्थापन समूहबाट जिताएका छन् ।

नेपाल विद्यार्थी संघमा शेरबहादुर देउवा, विमलेन्द्र निधि पछि कार्की केन्द्रीय अध्यक्ष निर्वाचित भएका हुन् । पार्टीभित्र समन्वयकारी भूमिका खेल्ने नेताको छवि बनाएका कार्की शालिन नेताका रुपमा चिनिन्छन् । ‘उहाँ देउवाको अत्यन्तै विश्वासपात्र नेतामा पर्नुहुन्छ तर पार्टीभित्रको राजनीतिमा उहाँ सधैं गुटभन्दा बाहिर रहनुभयो, जसका कारण सबैले उहाँलाई स्वीकार नेता हुनुहुन्छ,’ संस्थापननिकट एक नेताले भने, ‘उहाँ(कार्की) को समन्ववयकारी भूमिकाकै कारण अन्य राजनीतिक दलहरुसँग छलफल गर्न उहाँ अपरिहार्य जस्तै बन्नुभएको छ, सरकारमा पनि ।’

संस्थापन समूहले पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीको नाम सिफारिस गर्न सातै प्रदेशका आफूनिकट केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिएको छ । बिहीबार मध्यान्ह १२ बजेसम्म नाम बुझाएपछि फेरि पदाधिकारी र केन्द्रीय सदस्यहरुको टुंगो लगाउन नेताहरु बैठकमा बस्ने संस्थापन समूहका एक नेताले बताए ।

Related posts:

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

Leave a Reply