३ मंसिर, काठमाडौं । एक सय रुपैयाँ दरको १५ सय वटा नक्कली नेपाली नोट बजारमा पुगेको पाइएको छ । तीमध्ये २९ वटा नोट मात्रै प्रहरीले बरामद गरेको छ ।

काठमाडौं प्रहरीको महानगरीय प्रहरी वृत्त, बौद्धले नक्कली नोट ६५ हजार रुपैयाँसहित पक्राउ परेको गिरोहले १५ सय वटा नोट बजारमा पठाएको अनुसन्धानका क्रममा खुलेको हो । ती नोट कहाँ छन् भन्ने हालसम्म पत्तो लागेको छैन ।

तर प्रहरी आशंका चाहिँ ती नोट जोरपाटी, आरुबारी, नारायणटार लगायतका क्षेत्रमै हुनसक्ने छ ।

बौद्ध प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डिराज न्यौपानेले  भने, ‘बयानका क्रममा उनीहरुले नोट बजारमा गइसकेको खुलाएका छन्, विस्तृत अनुसन्धान गरिरहेका छौं ।’

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता रमेशकुमार बस्नेतले पनि फोटोकपी गरेर तयार गरिएका नोट बजारमा गएकाले सतर्क रहन सर्वसाधारणलाई अपिल गरे ।

‘सक्कली नोटलाई प्रिन्ट लगेर फोटोकपी गर्दै गम लगाएर स्टीम गरेको भेटिएको छ’ उनले अनलाइनखबरसँग भने, ‘झट्ट हेर्दा छुट्टयाउनै गाह्रो पर्ने रहेछ ।’

तर नोटमा भएको हस्तक्षर र थ्रेडलाई गहिरिएर हेर्ने हो सक्कली र नक्कली छुट्टयाउन सकिने उनी बताउँछन् । बस्नेत थप्छन्, ‘कसैलाई नोटमाथि शंका लाग्यो भने प्रहरीलाई खबर गरिदिनुस् ।’

राम्ररी हेर्ने हो भने कागजको गुणस्तरबाट पनि सक्कली र सक्कली छुट्टिने उनले बताए । उनका अनुसार यो गिरोहले तयार पारेको नोट सामान्य नोटभन्दा मोटो छ ।

नक्कली नोट बनाउने गिरोहमा संलग्न पाँच जनालाई प्रहरी वृत्त बौद्धले हिरासतमा राखिसकेको छ ।

नेपाली नक्कली नोट बनाएको आरोपमा हिरासत पुग्नेमा सिन्धुपाल्चोककी ५६ वर्षीया गोमा श्रेष्ठ, ४१ वर्षीया पुष्पा थापा मगर, रामेछापका २६ वर्षीय सरोज थापा मगर, सिन्धुपाल्चोकका १९ वर्षीय चिरञ्जीवी जोती र २३ वर्षीय सुजन जोती छन् ।

बौद्धका डीएसपी न्यौपानेका अनुसार मुलुकी अपराध संहिताको मुद्रा सम्बन्धी कसूरमा ५ दिन अनुसन्धानका लागि अनुमति लिएर उनीहरुलाई हिरासतमा राखिएको छ । न्यौपाने भन्छन्, ‘गिरोहमा अन्यको पनि संलग्नता हुनसक्छ, अनुसन्धान गरिरहेका छौं ।’

हजुरआमा, छोरी र नाती मिलेर नक्कली नोट बजारमा पठाएको देखियो – ढुण्डिराज न्यौपाने, डीएसपी, बौद्ध प्रहरी

नक्कली नोट बनाउन परिवारै संलग्न

डीएसपी न्यौपानेका अनुसार गत मंगलबार गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकामा केही व्यक्तिले नक्कली जस्तो लाग्ने पैसा साथमा लिएर सामान खरिद गरेको भन्दै स्थानीयले खबर गरेका थिए ।

‘त्यसपछि गएर खोजी गर्दा गोमा श्रेष्ठलाई फेला पार्‍यौं, उनको खनतलासी गर्दा नक्कली जस्तो देखिने एक सयको २९ वटा नोट भेटियो’ उनले सुनाए, ‘अनुसन्धान गर्दै जाँदा ती पैसा उनकी छोरी पुष्पा थापा मगरले दिएको भन्ने खुलेपछि उनको कोठामा छापा हान्यौं ।’

मगरको नारायणटारमा रहेको कोठामा छापा मार्दा पाँच सय र एक हजार दरको नोट बनाउनका लागि छापेर राखिएको कागजहरु बरामद भएको उनी बताउँछन् । ‘छोरीलाई पनि पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा पुष्पाको छोरा सरोज थापा मगरको कोठामा रंगिन प्रिन्टरबाट उक्त नोटहरु छापिएको देखियो’ एसपी बस्नेत भन्छन्, ‘कोठामा तयारी अवस्थामा राखिएका नोट बनाउन छापिएका कागजका पानाहरु पनि बरामद भए ।’

उनका अनुसार पैसा छाप्न प्रयोग हुने एचपी कम्पनीको एउटा रंगिन प्रिन्टर पनि कोठाबाट बरामद भएको छ भने फोटोकपी गर्न तयारी अवस्थामा टेपले टाँसेर राखिएको एक सय दरको सक्कली जस्तो देखिने तीन वटा नोट पनि बरामद भएको छ । सबै वस्तुस्थितिले नक्कली नोट बनाउने कार्यका नाइके उनै सरोज भएको खुलेको उनी बताउँछन् ।

न्यौपाने भन्छन्, ‘हजुरआमा, छोरी र नाती मिलेर नक्कली नोट बजारमा पठाएको देखियो, पक्राउ पर्ने अन्य दुई जनालाई पनि पैसा बजारमा पठाउन प्रयोग गरेको देखिन्छ ।’

फोटोकपी गरेर राखिएका नेपाली नोट ।

युट्युबमा हेरेर नक्कली नोट तयार

प्रहरीका अनुसार पक्राउ परेपछि बयान दिने क्रममा सरोजले नक्कली नोट बनाउने योजना आफ्नो भएको बताएका छन् । उनले ‘हजुरआमा र आमाको कुनै दोष नभएको’ पनि दाबी गरेका छन् ।

प्रहरीका अनुसार कक्षा ३ सम्म मात्र पढेका उनले नक्कली नोट छाप्न युट्यूब हेरेर सिकेका हुन् । ‘वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका वेला उनी फुर्सदको समय युट्युबमा भिडियो हेरेर विताउँदा रहेछन्, त्यही वेला पैसा छाप्ने विधिबारे हेरेछन्’ डीएसपी न्यौपाने भन्छन्, ‘खुट्टामा समस्या भएपछि उनी फर्किएर नेपाल आए, आउने वित्तिकै यो धन्दा थालेको देखिएको छ ।’

प्रहरीका अनुसार नेपाल आएर उनले तामाका भाँडामा बुट्टा भर्ने काम गरिरहेका थिए । तर राम्रो कमाइ भइरहेको थिएन ।

हाल हिरासतमा रहेका उनीहरुमाथि प्रहरीले लगाएको अभियोग पुष्टि भए कसूर अनुसार ५ देखि १० वर्षसम्म र ५० हजार देखि एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply