१४ कात्तिक, मोरङ । मोरङ प्रहरीले अवैध रुपमा भारतबाट ल्याइएका पटाका नष्ट गरेको छ ।
करीब ३ लाख ३४ हजार ८ सय मूल्य बराबरको अवैध पटाका प्रहरीले बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मोरङ्का प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले बताए ।
उनका अनुसार उक्त पटाका आजै जिल्ला प्रहरी कार्यालय मोरङको कम्पाउण्ड भित्र नष्ट गरिएको हो ।