१४ कातिक, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताले चाहेजस्तो शासकीय व्यवस्था हुनुपर्ने बताएका छन्।

‘वैज्ञानिक समाजवाद कि दलाल पूँजीपति वर्गको सत्ता रोज्ने जनमत संग्रह’ हुनुपर्ने माग आफूहरूको रहेको विप्लव बताउँछन्।

‘कांग्रेस र सरकारमा बसेका अन्य पार्टीहरू लोकतन्त्रवादी हुन् भने ल ठिक छ, हामी एकपटक चुनाव लड्न चाहन्छौं,’ उनले भने, ‘संसदीय चुनाव लड्ने होइन। वैज्ञानिक समाजवाद रोज्ने कि दलाल पूँजीपति वर्गको सत्ता रोज्ने एकचोटी जनमत संग्रह गरियोस्, हामी चुनाव लड्न चाहन्छौं।’

जनमतसंग्रह गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुरा राखेको उनको भनाइ थियो।

‘मैले प्रचण्डलाई पार्टी मिलाऔं तर त्यो पार्टी मिल्नका लागि मिलाउने होइन। ठूलो बनाउन होइन बरू जनमत संग्रहका निम्ति र समाजवादमा पुर्‍याउन तथा जनतालाई स्वाधिनता दिनका लागि मिलेर जाऔं भन्ने प्रस्ताव गरेको थिएँ,’ उनले भने, ‘चुनाव जित्नैका लागि भने हामीबाट एकता सम्भव छैन।’ तर प्रचण्ड जनताका पक्षमा संघर्ष गर्न तयार भए आफूहरू सहकार्य गर्ने पनि बताए।

‘कांग्रेस, एमाले वा माओवादी जो तयार भए पनि सहकार्य गर्छौं,’ उनले भने, ‘उहाँहरू सहकार्य गर्न चाहनुहुन्न। बरू हामीलाई पनि आफैँजस्तो सत्तामा पुर्‍याउन चाहनुहुन्छ, हामी उहाँहरूको सत्ता-प्रवृत्ति हेरेर वाक्क भइसकेका छौं।’

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि आफूहरूलाई प्रतिबन्ध नै लगाएको र त्यसबेला ओली र प्रचण्डबीच झगडा हेर्दा आफूहरू वाक्क भएको पनि विप्लवको भनाइ थियो।

उनले संसदीय व्यवस्था असफल भइसकेको दाबी पनि गरे। ‘जनतालाई ढाट्न संसदीय व्यवस्थाको कुर्सीमा जान सम्भव छैन,’ उनले भने। साथै उनले सरकारसँग गरिएका तीन बुँदे सहमति कार्यान्वयन नभएकोमा असन्तुष्टि पनि जनाएका थिए।

उनले आफूहरूसँग हतियार नभएको दाबी गर्दै भने, ‘आशंकाको कुरा गर्ने? हामीसँग कहाँ छ हतियार?। हतियार प्रचण्डजीले बेचिसक्नु भयो, दिइसक्नुभयो, हामीसँग छैन।’

सरकारले प्रतिबन्ध लगाएको बेला पनि आफूहरूले हतियार कतैबाट नल्याएको दाबी उनको थियो। ‘प्रतिबन्ध लगाएका बेला हामीले हतियार ल्याएको कसैले देख्यो? आशंकाको मात्रै कुरा गर्ने?’ उनले प्रश्न गरे।

उनले सरकारसँग गरिएका तीन बुँदा भाँड्न खोज्नु भनेको शान्ति नचाहनु भएको पनि बताए। उनले आफूहरूको लडाइँ भ्रष्टचार, अनियमिततासँग रहेको पनि बताएका थिए।

करिब एक घन्टा बोलेका विप्लवले प्रचण्ड, बाबुराम भट्टराई र रामबहादुर थापा बादलप्रति असन्तुष्टि जनाएका थिए। यी नेताहरूले माओवादी आन्दोलनलाई धोका दिएकोसमेत आरोप उनले लगाए।

एमाले अध्यक्ष ओलीले भने ‘गफ’ दिने गरेको आरोप उनले लगाए। ओली प्रधानमन्त्री हुँदा विप्लवले सरकारसँग तीन बुँदे सहमति गरेका थिए।

‘तुइन अझै विस्थापित भइसकेको छैन। ओली प्रधानमन्त्री भएको दुई महिनामै हामीलाई प्रतिबन्ध लगाउने? त्यो बेला प्रचण्ड ताली ठोक्ने?,’ उनले भने, ‘अरूले जे गरे पनि प्रचण्डले यहाँसम्म धोका दिनु घात हो।’

उनले नेपालमा दुई खाले शिक्षा रहेको भन्दै शिक्षा नीतिको विरोध गरे भने युवाहरू वैदेशिक रोजगारीमा नेताहरूकै कारण जानु परेको आरोपसमेत लगाएका थिए।

उनले एमसिसी सहयोग हो भने स्वीकार्य सकिने तर विभिन्न शर्त राख्ने हो र स्वार्थका काम गर्न खोज्ने हो भने स्वीकार गर्न नसकिने बताए।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply