हिन्दु धर्मशास्त्रका अनुसार द्रौपदीको विवाह पाँच पाण्डवसँग भएको थियो । नेपालको उत्तरी जिल्ला हुम्लामा बस्ने केही जातिहरुमा अहिले पनि यस्तो बहुपति प्रथा कायमै छ ।

एकजना महिलाले एकसाथ धेरै जना पुरुषसँग बिहे गर्ने र सबैसँग पालैपालो दिन बिताउने भन्ने कुरा आधुनिक समाजमा निकै असभ्य तथा अपत्यारिलो लाग्न सक्दछ । तर परम्पराको नाममा यस्तो प्रथा हाम्रै समाजमा चलिरहेको छ । उता चीनमा समेत एकजना अर्थशास्त्रीले पुरुषहरुको बिहे नहुने समस्या समाधानका लागि बहुपति प्रथा अबलम्बन गर्नुपर्ने सुझाव दिएका छन् ।

वास्तवमा सन् १९८० मा एक सन्तान नीति अबलम्बन गरेसँगै चीन आर्थिक रुपमा विकाशको फड्को त मार्‍यो तर लिंग अनुपातमा यसको ठूलो असर परेको छ । चीनमा रुढीवादी सोचयुक्त मानिसहरुले एउटा मात्र सन्तान जन्माउन पाइने भएसँगै छोरा मात्र जन्माउन थाले । जसका कारण त्यहाँ छोरीहरुको संख्या निकै कम भयो । त्यसैले चीनमा अहिले विवाह योग्य उमेरका धेरै युवकहरुलाई बिहे गर्नका लागि बेहुली पाउन मुस्किल परिरहेको छ ।

उक्त समस्या समाधानका लागि कांग एनजी नामक चिनियाँ अर्थशास्त्रीले निकै अनौठो उपाय सुझाएका छन् ।

उनले तिब्बतमा सदियौँदेखि चलिआएको बहुपति प्रथालाई चीनभर अबलम्बन गर्नुपर्ने सुझाव दिएका छन् ।

उनका अनुसार अहिले चीनमा लिंगानुपात निकै धेरै छ, जसका कारण कैयन् युवकहरुको बिहे हुन पाएको छैन । अवस्था यस्तो कछ कि कतिपय छिमेकी देशबाट बिहेकै लागि भनेर महिलाहरुको तस्करी चीनमा हुने गरेका घटना पनि सार्वजनिक हुने गरेका छन् ।

यदि चीनमा पुरुषहरुले बिहेका लागि महिला नपाउने र अविवाहित नै रहनुपर्ने समस्याको समाधान भएन भने त्यसले सन्तान उत्पादन कम हुनेछ र अन्ततः चीनको अर्थव्यवस्थामा त्यसको प्रभाव पर्नेछ । यद्यपि चीनले एक सन्तान नीति खारेज गर्दै अहिले तीन सन्तान नीति अख्तियार गरिसकेको छ । तर विवाहयोग्य उमेरका छोरीहरुको संख्या निकै कम हुनाले पुरुषहरु अविवाहित नै रहनुपर्दा कहाँबाट तीन सन्तान जन्मिनु ?

प्राध्यापक यी कांग एनजीले चीनको यो समस्याको समाधानका लागि सिफारिस गरेको बहुपति प्रथा निकै अनौठो प्रथा हो । उक्त परम्परा अनुसार एकजना स्त्रीको विवाह परिवारका दुई वा त्यसभन्दा बढी दाजुभाइसँग गराइन्छ । यद्यपि विवाह समारोहमा भने जेठो दाइले मात्र सबै प्रक्रिया पूरा गर्दछ । बिहेपश्चात् चाहिँ बेहुली सबै भाइहरुकी साझा बन्दछिन् सबैसँग लोग्नेस्वास्नीको सम्बन्ध कायम गर्नुपर्दछ । त्यसरी जन्मिएका बच्चाहरु पनि सबैका साझा बन्दछन्, किनकि वास्तविक जैविक पिता को हो ? भन्ने पत्ता लगाउन पनि कठिन हुन्छ ।

अर्थशास्त्री प्राध्यापकको यस्तो सुझावले चीनमा एक प्रकारको चर्चा र विवादको सिर्जना गरेको छ अहिले । यदि केटा र केटी दुवै पक्ष यसमा सहमत हुनेहो भने यो प्रथालाई अपनाउन सकिने उनको तर्क छ । विवाह नहुनु, निसन्तान हुनु तथा खराब अर्थतन्त्र भएको देशको नागरिक हुनुभन्दा यो उत्तम उपाय भएको उनको मत छ ।

एजेन्सीको सहायेगमा

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply