२७ भदौ, काठमाडौं । पुरानो बानेश्वरको मातृका आँखा अस्पतालमा नक्कली बम राख्ने समूह प्रहरीको फन्दामा परेको छ ।

फिरौती असूली गर्ने उद्देश्यले बम राखेको अभियोगमा धादिङका २५ वर्षीय आशिष कुँवर, उनका भाइ अभिषेक कुँवर र होटल व्यवसायी रोल्पा घर भएका ४० वर्षीय अम्बरबहादुर रोका पक्राउ परेका हुन् ।

उनीहरुलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले पक्राउ गरेको एसएसपी अशोक सिंहले बताए ।

सिंहका अनुसार पक्राउ परेकामध्ये आशिषले सोही अस्पतालमा आँखाको शल्यक्रिया गराएका थिए । त्यसक्रममा उनी अस्पताल प्रशासन र डाक्टरहरुसँग परिचित भएका थिए ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार डाक्टरको नम्बरमा फोन र म्यासेज गरेर उनीहरुले पटकपटक अस्पतालमा बम राख्ने धम्की दिँदै आएका थिए । अस्पताल र घर परिवार सुरक्षित राख्ने भए ३ करोड तयार गर्नु भनेर उनीहरुले धम्की दिएको अडियो पनि प्रहरीले फेला पारेको छ ।

बम जस्तो वस्तु राखेर रिसेप्सनमा खबर

बिहीबार बिहान १०ः१० बजे अस्पतालका रिसेप्सनिष्ट पूर्णबहादुर दोङलाई मोबाइलमा फोन आयो, ‘तपाईंहरु २ मिनेटभित्र बाहिर जानुस्, अस्पतालमा बम राखेका छौं ।’ दोङले सुरुमा कसैले ठट्टा गरेको होला भन्ने सोचे । नपत्याए तेस्रो तलाको बाथरुममा गएर हेर्न भनियो ।

लगत्तै अस्पतालका अध्यक्ष सुरज श्रेष्ठ र मेडिकल डाइरेक्टरलाई उनले जानकारी गराए । बाथरुममा जाँदा कमोड पछाडि बम जस्तो देखिने वस्तुमा रातो बत्ती पिलिक–पिलिक बलिरहेको देखियो ।

अध्यक्ष श्रेष्ठले त्यहीँबाट प्रहरी कन्ट्रोल १०० मा फोन गरे । एसएसपी सिंह, प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेत लगायतको टोली घटनास्थलमा पुग्यो । नेपाल प्रहरी केन्द्रीय कार्यदल र नेपाली सेनाको बम डिस्पोजल युनिट पनि त्यहाँ पुग्यो ।

टोलीले घटनास्थल सुरक्षित राखेर सूचना संकलन गर्दै जाँचबुझ गर्‍यो । ‘सेनाको टोलीले जाँच्दा त्यो बस्तु बम नभएको पुष्टि भयो’ एसएसपी सिंह भन्छन्, ‘खासमा तर्साउन मात्र राखिएको रहेछ, त्यसपछि राख्ने व्यक्तिबारे अनुसन्धान सुरु भयो ।’

सीसी टीभी फुटेजमा कुँवर दाजुभाइ ।

डाक्टरको परिवार सिध्याउने धम्की

बम राखिसकेपछि अस्पतालका डाक्टरलाई दुई पटक म्यासेज गरिएको देखिन्छ । १०ः०० बजे म्यासेज गरेर ‘३० मिनेटपछि कल गर्छु, यदी प्रहरीलाई भनिस् भने बम चाँडै विष्फोट हुन्छ’ भनिएको छ ।

आधा घन्टापछि अर्को म्यासेज पठाएर अस्पतालको सटर बन्द गर्न भनिएको छ । ‘सटर डाउन चाँडो गर नत्र, विष्फोट गरिदिन्छौं, कोही बच्दैनस् पुलिसलाई खबर भयो भने’ दोस्रो म्यासेजमा भनिएको छ ।

एसएसपी सिंहका अनुसार उनीहरुले आफूहरुसँग बमको रिमोट भएको भन्दै ४ वटा बम घरमा वा अन्यत्र पनि हुनसक्ने दाबी गरेका थिए । ‘अस्पताल र तपाईंको घर परिवार समेतलाई अत्यन्त खतरा छ, भनेको नमाने ध्वस्त पारिदिन्छु भन्दै धम्क्याइएको पाइएको छ’ सिंहले भन्छन् ।

धम्कीबारे थाहा पाएलगत्तै मोबाइल ट्याकिङ, कल डिटेल रेकर्ड लगायतको प्राविधिक विश्लेषण गरेर शंकास्पद व्यक्तिलाई निगरानीमा राखिएको सिंह बताउँछन् । त्यसक्रममा शनिबार तीनै जना अभियुक्तलाई समात्न सफल भएको उनले बताए ।

ऋण तिर्न नसक्दा बने अपराधी

प्रहरीका अनुसार कुँवरले एक सहकारीबाट १७ लाख रुपैयाँ ऋण लिएका थिए । तर चुक्ता गर्न सकेनन् ।

दाजुभाइले बेल्जियम जान पनि ‘एप्लाई’ गरेका थिए । तत्काल तिर्नुपर्ने रकम थिएन ।

‘आर्थिक समस्यामा परेका कारण तीन जनाले गलत बाटो रोजेको देखिन्छ’ सिंह भन्छन्, ‘कानून अनुसार अदालतबाट म्याद थप गरेर विस्तृत अनुसन्धान गर्छौं ।’

Source:-onlinekhabar

Related posts:

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

Leave a Reply