२३ भदौ, जनकपुरधाम । महोतरीको बर्दिबासबाट दिनदहाडै बाईक चोरी भएको छ ।
बुधबार सामुदायिक परिवार कल्याण सँघ बर्दिबास अगाडि पार्किङ गरी राखिएको बाईक चोरी भएको हो । एन एस २०० प्रदेश नं. २–०२००४ प १९०० नम्बरको पल्सर बाईक पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको सवारी धनीले बताएका छन ।

सँघको कार्यालय अगाडि र नव क्षितिज क्याम्पस नजिकैबाट दिनदहाडै करीब ११ बजेको समयमा उक्त बाईक चोरी हुनुले प्रहरी प्रशासनको सुरक्षा ब्यवस्था फितलो रहेको पिडितको भनाई छ ।