७ भदौ, जनकपुरधाम । गरिब तथा जेहेन्दार बिद्यार्थीहरुका लागि निःशुल्क छात्रवृति प्रदान गरिने भएको छ ।
स्वास्थ्य, शिक्षा र समृद्धि हामी सबैको चाहना मुल नाराका साथ होटल बिनायक प्रा.लि. बर्दिबासद्धारा स्थापित पदम शमशेर खड्का स्मृति प्रतिष्ठानले सो छात्रवृति प्रदान गर्ने भएको छ ।
बर्दिबास नगरपालिका भित्रका गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई लक्षित गरी सो प्रतिष्ठानले १५ जना बिद्यार्थीहरुलाई स्थानिय बिभिन्न बिद्यालयहरुमा छात्रवृति प्रदान गरिने जनाएको छ ।
सो छात्रवृतिका लागि यही भदौ १८ गते भित्र सम्बन्धित बिद्यालयहरुमा वा होटल विनायकको कार्यालयमा गई आवेदन दिन सकिने प्रतिष्ठानले जनाएको छ ।
साथै छात्रवृतिका लागि सम्बन्धित बिद्यालयको प्रवेश परीक्षा अनिवार्य रुपले तथा प्रतिष्ठानको छनौट परिक्षा उतिर्ण भएको हुनुपर्ने प्रतिष्ठानद्धारा जारी सूचनामा उल्लेख छ ।
सूचना हेर्नुहोस ।
