धर्मानन्द ठाकुर १२ साउन, धनगढी । कैलालीमा साढे ५ किलो चरेशसहित दुईजना पक्राउ परेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको सयुक्त टोलीले सोमबार गौरीगंगा नगरपालिका–८ को गिदनियास्थित पूर्वपश्चिम राजमार्गबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुको साथबाट पाँच किलो पाँच सय ग्राम लागुऔषध चरेश र एक लाख २० हजार रुपैयाँ नगद समेत बरामद गरिएको विष्टले बताए । दुवै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।