काठमाडौं, साउन ९ गते । शनिबार मलेसियाबाट एकैपटक २४ जना नेपालीको शव ल्याइएको छ । अन्य तीनजना नेपालीको अस्तु ल्याइएको छ ।
वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया रहेका बेला विभिन्न समयमा मृत्यु भएका २४ नेपालीको शव शनिबार बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको हो ।
ल्याइएको शव वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा परिवारजनहरुलाई जिम्मा लगाइएको छ ।
त्यस्तै परिवारजनकै सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको अस्तु नेपाल ल्याइएको जनाएको छ ।
वैदेशिक रोजगारको शिलशिलामा सबभन्दा बढी नेपाली मलेसियामा रहेका छन् ।