३१ असार, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । साथै १०बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने र कार्यदल भंग गर्ने निर्णय गरेको छ ।

च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थितिमा स्थायी कमिटी बैठक बसेको थियो । बैठक चलिरहेका बेला माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यहरु पुगेर बैठक रोक्न र १०बुँदे सहमतिअनुसार अघि बढ्न आग्रह गरेको थियो ।

तर अध्यक्ष ओलीले ‘बैठक जारी रहन्छ, कार्यसूची अगाडि बढाउनुस्’ भनेपछि नेपाल पक्षका नेताहरु बाहिरिएका छन् । ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले लोकतान्त्रिक र अस्वस्थ विधिबाट सरकार गठन भएको भन्दै समर्थन नगर्ने निर्णय गरेको छ । बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘लोकतान्त्रिक र अस्वस्थ विधिबाट गठन भएको सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदिने प्रष्ट पार्दै पार्टीका प्रतिनिधिसभा सदस्यहरुलाई यस निर्णयको पालनाका लागि निर्देशन दिने निर्णय गरेको छ ।’

दुवै पक्षका दोस्रो तहका नेताहरु रहेको कार्यदलले २७ असारमा गरेको १०बुँदे सहमतिको छैटौं बुँदामा ‘प्रतिनिधिसभाको विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुसार अघि बढ्ने छौं,’ भनिएको छ ।

२८ असारमा सर्वोच्चले संसद पुनस्र्थापना गरेर १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दियो भने संविधानको धारा ७६(५) को सरकार गठन प्रक्रियामा समर्थन गर्दा वा मत दिंदा ह्वीप नलाग्ने र दल त्यागसम्बन्धी कारबाही गर्न नपाउने फैसला सुनाएको छ ।

फैसलापछि एमालेको दुवै पक्ष सहमति कार्यान्वयनको साटो आआफ्नो ढंगले अगाडि बढेको छ । अध्यक्ष ओलीले नेता नेपाललाई गद्दार घोषणा गरेका छन् भने नेता नेपालले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बचन दिएका छन् ।

१०बुँदे सहमतिअनुसार अगाडि बढ्नुपर्ने भन्दै दोस्रो तहका नेताहरुले पहल पनि थालेका थिए । तर अध्यक्ष ओलीले आफ्नो पक्षका नेताहरु मात्र उपस्थित स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गराएका छन् ।

नेपाल पक्षका केही सांसदहरुले विश्वासको मत दिन्छौं भनेका छन् नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा प्रवक्ता ज्ञवालीले भने, ‘विश्वासको मतमा मतदान हुने दिन पार्टीले थप भन्ला । अहिले हाम्रो स्थायी कमिटीको निर्देशन सबैलाई यो सरकारको विपक्षमा उभिने, प्रतिपक्षी भूमिकामा रहने हो ।’

उनले अघि भने, ‘पक्षमा उभिन कोही साथीहरु चाहनुहुन्छ भने सर्वोच्चले ढोका खोलिदिएको छ कारबाही गर्न पाइँदैन भनेर । त्यो उहाँहरुले गर्नुहोला । हामी प्रतिपक्ष हौं, प्रतिपक्षमा रहन्छौं ।’

अनन्तकालसम्म पर्खिन सक्दैनौं

माधव नेपाल पक्षले त समय चाहियो, बैठक रोक्नुस् भनेर आग्रह गरेको थियो नि भन्ने प्रश्नमा प्रवक्ता ज्ञवालीले अनन्तकालसम्म पर्खिन नसक्ने बताए ।

उपाध्यक्ष भीम रावलले ‘भोलि हामी सबै आउँछौं’ भनेपछि २८ असारमा बोलाइएको बैठक स्थगित गरेको भन्दै उनले भने, ‘अब सधैंभरि बैठक रोखिराख्न सम्भव हुँदैन, पार्टी अगाडि बढ्छ । कार्यदलका सुझावहरु कार्यान्वयन गर्ने निर्णय भएको छ । यसलाई कार्यान्वयन गर्ने क्रममा हाम्रा छलफलहरु जारी रहन्छ । तर पार्टी आफ्नो निर्णय गर्दै अगाडि बढ्दै जान्छ ।’

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply