कुनै बेला राम्रो चिनजान रहेको पुजा पासवान (पूजा जनकपुरवाली) र जितेन्द्र पासवान एकले अर्कालाई किशोरी बेच्न लगेको आरोप लगाउँदै आएको छ ।

रोहित महतो
जनकपुरधाम, असार २७ गते ।
गएको चैत १७ गते महोत्तरीको भंगहा नगरपालिका–८ स्थित धर्मपुरका ७ जना किशोरी हराएको घटनाले नयाँ मोड लिएको छ ।

टिकटक हेरेर गायीका बन्न भारततर्फ गएको भनिएकी युवतीहरुलाई बेच्ने उद्देश्यले योजनाबद्ध तरिकाबाट भारतर्फ लगिएको आरोप लागेको छ ।

घाँस काट्ने बहानामा घरबाट निस्केकी स्थानीय १२ वर्षीया सीमा पासवान, १२ वर्षकै रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १४ वर्षीया रिया, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान र २० वर्षीया अस्मिता पासवान मुम्बई जाँदै गर्दा उनीहरुलाई भोलिपल्ट विहार राज्यस्थित सितामढी रेल्वे स्टेशनबाट उद्धार गरिएको थियो ।

उद्धार गरिएकीमध्ये अर्चनाकी दिदि कालाकार समेत रहेकी पुजा पासवान (पूजा जनकपुरवाली) ले उनीहरुलाई जनकपुरधाम उपमहानगरपालिका–९ बस्ने जितेन्द्र पासवानले प्रलोभन देखाएर भारतर्फ योजनाबद्ध रुपमा बेच्न लगेको आरोप लगाएकी छन् ।

घटना भएलगतै स्थानीय जनप्रतिनिधिसँगै प्रहरी प्रशासनले ती किशोरीहरुलाई अपहरण गरिएको आशंका गरेका थिए । र त्यसमा पुजाको संलग्नता हुनसक्ने उनीहरुको आशंका थियो । घटनाबारे थाहा पाए लगतै प्रहरीले कलाकार पासवान  माथि सुक्ष्म निगरानी राख्दै हराएकी किशोरीहरुकी खोजीमा लागेका थिए । हराएको भोलिपल्ट भारतीय प्रहरी, एसएसबी र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको समन्वयमा उनीहरुको उद्धार गरिएको थियो ।

यद्दपी अनुसन्धानको क्रममा महोत्तरी प्रहरीले घटनामा कसैको संलग्नता नदेखिएको बताएपछि प्रहरी अनुसन्धानमै समेत प्रश्न उठेको थियो । गाउँ बाहिर कतै नगएका ती बालिकाहरु आफैले कसरी बोर्डरमा सशस्त्र प्रहरीलाई चक्मा दिँदै समुहमै मुम्बइ जाने योजना बनाउन सक्छन् भन्दै स्थानीयले प्रश्न उठाएका थिए ।

महोत्तरी प्रहरीसँगै ओरेक नेपालकी अधिकृत लिला दयालीले समेत टिकटक भिडियो देखेर ती किशोरीहरु मुम्बई जाँदै गरेको बयान दिएको द पब्लिक टुडेलाई बताएका थिए । घटना अनुसन्धान तथा काउन्सिलिङका लागि उनीहरुलाई एक साता ओरेक नेपालको सेफ हाउसमा राखिएको थियो । तर घटना भएको साढे तीन महिनापछि पुजाले कुनैबेला एकदमै हिमचिम रहेका साथी जितेन्द्रमाथि यस्तो आरोप लगाएकी हुन् । घटनामा शंकास्पद पात्र मानिएका पुजाको बयानले फेरि प्रहरी अनुसन्धानमाथि प्रश्न उठेको छ ।

शुक्रवार विहान जनकपुरस्थित रामानन्द चोकमा वियर बोतल प्रहारबाट घाइते भएकी उनी संचारकर्मीहरुसित कुराकानी गर्दै जितेन्द्रले ती किशोरीहरुलाई बेच्न भारतर्फ लगेको र आफुमाथि समेत उनैले प्रहार गरेको बताएकी हुन् ।

‘दुई बजे मलाई धम्की आयो । त्यसको भोलिपल्टै बच्चाहरु गायब भए । बच्चालाई ओरेकमा दबाब दिएर सत्य बोल्न दिइएन् । पैसाको आडमा सबै सबुत मेटाइदिए,’ पुजाले संचारकर्मीसित भनिन्, ‘गायक बन्न गएको कुरा सरासर झुट हो । जो बच्चाको बजारसम्म जाने सोच्न सकेका थिएनन् उनीहरु एकाएक गायक बन्न कसरी जान सक्छन ।’ ती किशोरीहरुले घर फर्केर आएपछि सत्य बोले ज्यान मारदिने धम्की दिएको उनले खुलाइन् । ‘बोर्डर पार गर्नुअघि ती बच्चाहरुलाई थर्ड डिग्र्रीको टर्चर दिइएको थियो । अहिले ती बच्चाहरु सबै साँचो कुरा ओक्लिरहेका छन,’ उनले थपिन्, ‘हामी केही बन्न गएका थिएनौ उनीहरुले भन्दैछन् । यो घटना रहस्यमय रहयो । मेरो बच्चालाई पनि किडन्याप गर्ने धम्की दिएपछि म मौन बसे ।’

तर ती किशोरीहरुलाई बेच्न खोजेको आरोपी जितेन्द्रले भने उल्टै पुजाले नै उनीहरुलाई कलाकार बनाउने लोभमा भारततर्फ बेच्न लाँदैगर्दा आफुहरुको सक्रियताले किशोरीहरुको उद्धार भएको दावी गरे । दलित जनजाती पार्टी भिम आर्मीका प्रदेश इन्चार्ज दावी गर्ने उनले हराएका ती किशोरीको खोजीमा आफु एसएसबीसँग समन्वय गरि मोटरसाइकल चढेर भारत गएको खुलाए ।

‘पुजाले हिरोनी बनाउने लोभमा उनीहरुलाई भारततर्फ लैँजादै थिए । गाउँका धेरै युवतीहरुलाई कलाकार र हिरोनी बनाउने लोभ देखाउँदै हिडेका छन् । तर आफु बच्न मलाई यो केसमा फसाउन खोजेकी छन्,’ जितेन्द्रले थपे, ‘प्रहरी प्रशासनले अनुसन्धान गरे दुधको दूध र पानीको पानी छुट्टिन्छ । हामी आफैले पनि अनुसन्धान गर्दैछौँ ।’ पुजा महिला भएका कारण गाउँमा समेत यो मुद्दा दबाइएको र यसबारे महोत्तरीका एसपीलाई समेत आफुले जानकारी गराएको उनको भनाई छ । ‘घटना भएको बेला म दिल्ली जाँदै थिए । मैले तुरन्तै सितामढीमा भिम आर्मीका साथीहरुलाई त्यहाँ फोन गरेर पठाएँको थिए तर ती किशोरीहरुसित पुजाले कसैलाई कुरा गर्न दिएनन्,’ उनले थपे । पुजामाथि भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको दावी गर्दै उनले आफुलाई फसाउन साजिस रचिएको आरोप लगाए ।

यद्दपी किशोरी हराएकै बेला देखिएको उनको सक्रियता, भूमिका र बयानले शंसय उत्पन्न भएको छ । हराएर भारतमा फेला परेका सातैजना किशोरीलाई करिब एक साता काउसलिङ गरेका ओरेक नेपालकी अधिकृत लिला दयालीले आफुहरुले उनीहरुलाई मनो परामर्श सेवा दिएको तर अनुसन्धान गर्ने निकाय नरहेकाले घटनामा अर्को पक्षको संलग्नताबारे जानकारी नरहेको बताइन् । ‘हाम्रो सहयोग मनोविमर्श सेवा (काउन्सिलङ) गर्ने मात्र हो । अनुसन्धानको पाटोलाई थोरै सहयोग होस भनेर काउन्सलिङ गरेका हौँ । हामीलाई जजमेन्टल भएर अनुसधान्को घेरामा बसेर काउन्सिलिङ गर्न मिल्दैन्,’ उनले भनिन्, ‘हामीसित मिलेपछि केही क्लु दिन्छ भन्ने इन्टेनसशन थियो । तर सबैको एउटै आवाज आयो हामी मिलेर गएका हौँ भनेर ।’

समुदयामा घुलमिल हुँदा समेत सोधपुछको क्रममा नयाँ कुराहरु नआएको दयालीले बताइन् । घटनामा पुजा र जितेन्द्रको संलग्नाबारे बाहिर हल्ला आफुले सुनेपनि त्यस्तो केही प्रमाण नभेटिएको उनले सुनाइन् । ‘हामीले पनि घटनामा पक्कै कोही न कोही हुुनुपर्छ भन्ने कुरामा थियौँ । तर हामीले प्रहरीले जसरी त अनुसन्धान गर्न मिल्दैन्, हामीले कोहीसित मिलिमतो गरेर घटना दबाउने सबालै आउँदैन्’ अधिकृत दयालीले सुनाइन् ।

घटनामा कसको संलग्नताबारे कसले के दावी गरेको बारे आफुलाई थाहा नभएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए । घटना भएको बेला आफु काठमाडौँमा तालिम लिन गएकाले त्यसबारे बुझेर मात्र केही भन्न मिल्ने उनले प्रतिक्रिया दिए । ‘पुजाको आफ्नै केही केशहरुको शिलशिलमा जिल्लामा पनि आउनुभएको थियो । जितेन्द्रको संलग्नताबारे वहाँले भन्नुभएको थियो तर भरपर्दो नलागेपछि छोड दिएका थियौँ,’ डिएसपी विष्टले भने ।

द पब्लिक टुडे

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply