IPO

१० मंसिर, काठमाडौं । सर्वसाधारणका लागि नेपाल वेयरहाउजिङ कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलेको छ । मंसिर १३ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिने बिक्री प्रवन्धक हिमालयन क्यापिटलले जनाएको छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने मिति २४ मंसिरसम्म थप हुनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुने १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत बाँडफाँट गरिसकेको छ ।

अब ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयरका लागि कम्पनीले सर्वसाधारणबाट आवेदन माग गरेको हो ।
इच्छुक सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रयोग आवेदन दिन सक्नेछन् ।

कम्पनीको मुख्य बिजनेस :

किसानका अन्नबाली, उद्योग तथा मिलहरुका खाद्यान्न सामाग्री लामो समयसम्म भण्डारण गर्नका लागि आधुनिक प्रविधियुक्त गोदामको सेवा यस कम्पनीले प्रदान गर्दछ । त्यस्तै आधुनिक प्रविधिबाट खाद्यान्नको सफाई तथा केलाई गर्ने, खाद्यान्नहरुको प्रयोगशालामा गुणस्तर परीक्षण गर्ने, खाद्यान्नको तापमान नियन्त्रण गर्नेजस्ता कार्य कम्पनीले गर्दछ । यसरी लामो समयसम्म कृषि तथा औद्योगिक उत्पादन भण्डारण गरिएपछि ती उत्पादनले उचित मूल्य पाउने छ ।

काठमाडौंको सिनामंगलमा यसको रजिस्टार कार्यालाय सञ्चालनमा छ भने मुख्य शाखा सुनसरीको गढी गाउँपालिकामा अवस्थित छ । त्यस्तै कपिलबस्तु र पर्सा जिल्लामा पनि शाखा कार्यालयहरु सञ्चालनमा रहेको विवरणपत्रमा उल्लेख छ ।

सुनसरीमा १५ हजार, कपिलवस्तुमा १५ हजार र पर्सा जिल्लामा २५ हजार मेट्रिकटन गरी कुल ५५ हजार मेट्रिक टन क्षमताको वेयरहाउजिङ सञ्चालन गरिएको कम्पनीले जनाएको छ । कम्पनी रजिस्टार कार्यालयबाट कम्पनीले २०७५ चैत ३ गते कारोबारको अनुमति पाएको छ ।

कम्पनीले भण्डारण गरेको उत्पादनको परिमाण तथा मूल्यका आधारमा वित्तीय संस्थाबाट किसान तथा उद्योगीलाई कर्जा प्रवाहमा सहजीकरण गर्ने, बजार निर्माणमा सहजीकरण गर्ने तथा ढुवानीका क्रममा समेत गुणस्तरमा नोक्सान नपर्नेगरी आधुनिक प्रविधियुक्त ट्रकमार्फत सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य छ । उत्पादनको भण्डारण, बजारीकरण, ढुवानी, वित्तीय सहजीकरणजस्ता सेवा प्रदान गर्दा कम्पनीले लिने शुल्क नै मुख्य आम्दानी हुनेछ ।

कम्पनीको वित्तीय स्थिति :

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङले कम्पनीलाई ‘आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

सञ्चित नोक्सानीमा रहेको कम्पनीले चालु आर्थिक वर्षबाट भने नाफामा जाने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार असार मसान्तसम्म कम्पनीको सञ्चित नोक्सान ७ करोड ९४ लाख रुपैयाँ बराबर छ । कम्पनी चालु आर्थिक वर्ष २०८०/८१ मा पनि सञ्चित नोक्सानी कायम रहेन प्रक्षेपण गरेको छ । चालु वर्षको असार मसान्तसम्म सञ्चित नोक्सानी ४ करोड ९५ लाख रुपैयाँ रहने अनुमान छ ।

गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८७ पैसा ऋणात्मक छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ८५ रुपैयाँ ५५ पैसा छ । परियोजनाबाट साधारण लगानी फिर्ता हुने अवधि ९.२९ वर्ष रहने अनुमान छ ।

कम्पनीका सञ्चालक तथा व्यवस्थापक :

नेपाल वेयरहाउजिङ कम्पनीका अध्यक्ष आनन्दकुमार अग्रवाल हुन् । कुल १ लाख कित्ता सेयर होल्ड गरेका उनी निम्बस होल्डिङ्स प्रालिका प्रवन्ध निर्देशक पनि हुन् । त्यस्तै अन्य सञ्चालकहरुमा दिपप्रकाश पाण्डे, सतिशचन्द श्रेष्ठ र तेन्जिङ छोफेल लामा छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) जयमुकुन्द खनाल हुन् । व्यवस्थापकीय टिममा निश्चित अर्याल (चिफ बिजनेस अफिसर), मुकुन्द भुसाल (चिफ फाइनान्सियल अफिसर), कमल पौड्याल (आईटी हेड) छन् ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply