११ जेठ, जनकपुरधाम । पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएर जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा निर्वाचित मनोज साह बुधबार नेपाली कांग्रेसकै विजय र्‍यालीमा सहभागी भए ।

उपमेयरमा कांग्रेसबाट निर्वाचित किशोरी साह, प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, पार्टीका जिल्ला सभापति योगनारायण पजियारसँगै उनी पनि विजय र्‍यालीको अग्रपंक्तिमा थिए ।

कांग्रेसको जनकपुर नगर सभापतिबाट राजीनामा दिएर मेयरको स्वतन्त्र उम्मेदवार बनेका साह बुधबार कांग्रेसले नै आयोजना गरेको र्‍यालीमा सहभागी हुँदा धेरैले आश्चर्य माे ।

तर साह भने आफू कांग्रेस नै भएको र कांग्रेसले नै मतदान गरेर जिताएका कारण र्‍यालीमा सहभागी भएको बताउँछन् । ‘मलाई कांग्रेसीले नै जिताएको हो । उनीहरुप्रति आभार प्रकट गर्न कांग्रेसकै विजयी जुलुसमा सहभागी भएको हुँ’ साहले भने ।

सभापति भएपछि आफैंले उपमहानगरपालिकाको वडास्तरमा संगठन बनाएको र सबै वडाका सभापतिको समर्थनमा आफू मेयरको उम्मेदवार भएको भन्दै साहले अनलाइनखबरसँग भने, ‘उनीहरुप्रति आभार त प्रकट गर्नुपर्‍यो नि !’

उनी अघि भन्छन्, ‘म मेयर बनेँ तर कांग्रेसको सहयोग बिना चल्न सक्दिनँ ।’ आफूले दिएको राजीनामा स्वीकृत गरे पनि नगरे पनि आफू कांग्रेस नै भएको उनको भनाइ छ

आफूले कांग्रेसबाट कुनै बिद्रोह नगरेको भन्दै साहले कांग्रेसमा फर्किन सक्ने पनि बताए । ‘यसबारे साथीहरुसँग सल्लाह गरिरहेको छु’ उनी भन्छन्, ‘म कांग्रेस नै हुँ । तर कांग्रेस नेतृत्व डिप्लोमेटिक हुनुपर्छ ।’

निधि फ्याक्टरले गरेको काम

निर्वाचनको तीन दिनअघि नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिको एउटा भिडियो सार्वजनिक भएको थियो । उनले भिडियोमा जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसका उम्मेदवारहरुलाई जिताउन मतदातासँग आग्रह गरेका थिए ।

उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का लालकिशोर साह मेयर पदका उम्मेदवार थिए । तर निधिले गठबन्धनका उम्मेदवारलाई मत नमागीकन कांग्रेसका उम्मेदवारलाई मत दिएर निर्वाचित गराउन मतदातासँग आग्रह गरेका थिए ।

भिडियोमा उनले भनेका थिए, ‘उपमेयरको पदमा मात्रै कांग्रेसको उम्मेदवार किशोरी साह छन् । २५ वटै वडामा वडाअध्यक्ष र सदस्यका उम्मेदवार छन् । त्यहाँ कुनै गठबन्धन छैन् । त्यसैले मतदातासँग गाछी छापमा मोहर लगाएर किशोरी साहसहितका नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दछु ।’

उनले जनकपुरधामको आफ्नै क्रान्तिकारी परम्परा र इतिहास रहेको भन्दै सबै कांग्रेसीलाई निर्वाचित गराएर परम्परालाई कायम राख्न आग्रह गरेका थिए ।

सार्वजनिक रुपमै भिडियो बनाएर कांग्रेसका उम्मेदवारलाई मात्रै मत दिन भन्नुको मतलव गठबन्धनका मेयरका उम्मेदवारलाई मत दिन नहुने आशय देखिएको थियो ।

स्वतन्त्र उम्मेदवारी दिएका साह निधि निकट मानिन्छन् । निधि निकट रहेका कांग्रेस धनुषाका सभापति योगनारायण पजियार, प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव पनि निधि निकट नै मानिन्छन् ।

यी सबैको भरोसामै मनोजले पहिला नै चुनाव जित्ने दावी गरिसकेका थिए । निर्वाचनको तीन दिनअघि उनीसँग कुरा गर्दा मनोजले जनताले आफूलाई मोहर मारिसकेको र औपचारिकता मात्रै पूरा हुने बताएका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले जनकपुरधाम उपमहानगरपालिकाको मेयर उम्मेदवार जसपालाई दिन सहमति जनाएपछि नेता निधि रुष्ट बनेका थिए ।

उनले मधेशमा कांग्रेस सकाउन लागेको भन्दै टिप्पणी गरेका थिए भने सत्तारुढ गठबन्धनले जनकपुरधाममा आयोजना गरेको चुनावी सभामा सहभागी समेत भएका थिएनन् ।

श्रवण देव

Related posts:

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

Leave a Reply