२९ वैशाख, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय सरकारका मन्त्रीले दुई दिनदेखि चितवनमा बसेर मतदाता प्रभावित पारेको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ ।

बुधबार चितवन आएका प्रचण्ड, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठ, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, राज्यमन्त्री उमेश श्रेष्ठले मौन अवधिमा निर्वाचन आचारसंहितासमेत ख्याल नगरी सरकारी गाडीको दुरुपयोग गर्दै घरघरमा पुगेर मतदाता प्रभावित पारेको एमालेले जनाएको छ ।

भरतपुरका मतदातासमेत रहेका अध्यक्ष प्रचण्डले भरतपुर–१० स्थित रेनु दाहालको घरमा भेटघाट गरिरहेका छन् । बुधबार दिउँसो चार बजे भरतपुर आएका उनले बिहीबार विहान माडीमा होटल प्याराडाइजमा उम्मेदवार र स्थानीय नेतालाई भेट गरेका छन् ।

वागमती प्रदेशका मन्त्रीहरु घनश्याम दाहाल, मिलनबाबु श्रेष्ठ, बलराम पौडेल र कृष्ण खनाल पनि भरतपुरमै छन् ।

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा मुख्य प्रतिस्पर्धीमा नेकपा एमालेका विजय सुवेदी र नेकपा माओवादी केन्द्रबाट रेनु दाहाल रहेका छन् ।

नेकपा एमालेले मन्त्री किसान श्रेष्ठ र राज्यमन्त्री उमेशले मतदाता प्रभावित पार्न आर्थिक चलखेल गरेको सूचना आएको भन्दै छानबिन गर्न माग गरेको छ ।

जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘मन्त्री किसान श्रेष्ठ र उमेश श्रेष्ठले भरतपुर महानगरपालिकाभित्र आर्थिक चलखेल गरेको भन्ने सूचना आएकाले आवश्यक छानबिन गरी सो कार्य तुरुन्त रोक्न नेकपा एमाले चितवन जोडदार माग गर्दछ ।’

 

राज्यका उच्च तहमा रहेका व्यक्ति नै मौन अविधमा मतदाता प्रभावित गर्न लाग्दा निर्वाचन निष्पक्ष हुनेमा गम्भीर शंका पैदा भएको एमालेले बताएको छ ।

एमालेले प्रचण्ड र संघीय सरकारका मन्त्रीहरु किसान श्रेष्ठ र उमा रेग्मी तथा राज्यमन्त्री उमेश श्रेष्ठलाई आचार संहिता उल्लंघन गरेकाले कारबाही गर्न माग गर्दै निर्वाचन कार्यलयमा उजुरी पनि दिएको छ ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply