३ माघ, काठमाडौं । ड्राइभिङ लाइसेन्सको परीक्षाका लागि अहिले आवेदन भर्नेहरुले सन् २०२४ को अक्टोबरसम्मको ‘भिजिटङ’ (एपोइन्टमेन्ट) मिति पाउन थालेका छन् । आवेदन बन्द भएको करिब एक वर्षपछि गत ८ कात्तिकमा लाइसेन्सका लागि आवेदन खुलेको थियो । अहिले कतिपय कार्यालयबाट सेवा लिने गरी फारम भर्दा प्रणालीले करिब ३ वर्षपछिको मिति पाइन थालेको हो ।

यसका कारण सवारी चालक अनुमतिपत्र तत्कालै बनाउनुपर्ने अवस्थामा लाखौं सवारी चालकहरू बढी पीडित छन् । एउटा लाइसेन्सको परीक्षा दिन नै तीन वर्षसम्म कुनुपर्ने अवस्थालाई यातायात व्यवस्था विभागले सामान्य भन्दै आएको छ ।

कतिपय कार्यालयमा सेवाग्राहीको अत्याधिक चाप देखिएको छ । काठमाडौं, इटहरी, बुटवल, वीरगञ्ज लगायतका लाइसेन्स कार्यालयहरुमा सेवाग्राहीको उच्च चाप छ ।

विभागका एक अधिकारीका अनुसार यसका कारण फारम भरेका सेवाग्राही फेरि दलालकै सम्पर्कमा पुग्न थालेका छन् ।

मिति पछाडि हुँदा तोकिएको दिनमा सेवाग्राही निकै न्यून संख्यामा उपस्थिति हुने गरेको र यसकै कारण विभिन्न कार्यालयमा चलखेल बढेको ती अधिकारीको भनाइ छ ।

अहिले करिब ५ लाखभन्दा बढी व्यक्ति लाइसेन्स भरेर परीक्षाको प्रतिक्षामा बसेका छन् । कात्तिकमा आवेदन खुलाउँदा नयाँ आवेदन दिनेहरुले अब अंकभार प्रणालीअनुसार परीक्षा दिने विभागको दावी थियो । तर, अहिलेसम्म विभागले पुरानै पद्धतिबाट परीक्षा लिइरहेको छ ।

लिखित परीक्षामा अब ४/४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुने गरी निर्देशिका लागू भएपनि पुरानै प्रणालीबाट परीक्षा लिइँदैछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउँदा हुन्थ्यो । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ ।

नयाँ व्यवस्थाअनुसार अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू हुने भनिएको थियो । हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर, नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित नपर्ने भनिएको थियो ।

तर, लाइसेन्सको परीक्षाको मिति नै तीन वर्षपछि पाउन थालेपछि परीक्षार्थीहरू निराश छन् ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply