जनकपुरधाम, ६ मंसिर । आफनो टोल समुदाय तथा जनता माझ अत्यन्तै लोकप्रिय बनेका पात्र सामाजिक युवा अभियन्ता दिपक ठाकुरले आफ्नो राजनितीक यात्रा सह सचिव पदमा उम्मेदवारी दिएर शूरुवात गर्दे छन ।

ठाकुरले नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाको जारी नगर अधिवेशनमा सह-सचिव पदमा उम्मेदवारी दिएका छन् ।

अभियन्ता ठाकुरले समाजको सेवाप्रति युवाहरू भूमिकाविहीन रहेको अवस्थामा आफूले उत्तरदायी भएर काम गर्दै आएको बताए । उनले आफूले नेतृत्व पाएको खण्डमा सामाजिक विकासमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने दावी गर्दै अबको नेतृत्व युवाको काँधमा दिनुपर्ने धारणा राखे ।

वडामा सरसफाइका लागि संस्थागत रूपमा टोल सुधार समिति गठन गरी काम अघि बढाएर चर्चामा आएका अभियन्ता ठाकुर क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भइसकेका छन् ।

आफ्नो ज्यानको कुनै परवाह नगरी व्यक्तिगत र संस्थागत रूपमा कोरोना महामारीका बेला पनि नगरभरिकै जनताका लागि ठाकुर २४ औं घण्टा खटेर सामाजिक दायित्व निर्वाह गरिसकेका छन् ।

कोभिड-१९ महामारीका बेला जनकपुरधाम लगायतका क्षेत्रमा सक्रिय भएर सहयोग गर्दै पीडितहरूलाई राहत वितरण तथा सहयोगका कार्यहरू गरेकोमा उनी कोभिड हिरोको अवार्डबाट समेत सम्मानित भइसकेका छन् । उनले कोभिड हिरो अवार्डजस्ता कयौं सम्मान पाइसकेका छन् ।

अभियन्ता ठाकुरले काँग्रेसले वर्षौंदेखि युवा नेतृत्व नपाएकाले उल्लेख्य रूपमा देशको विकास र समृद्धिमा योगदान पुग्न नसकेको दावी गर्दै पार्टीले अबको नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने जिकिर गरे ।

उनले आफू निर्वाचित भएपछि आफ्नो अनुभवका साथसाथै समाजका अन्य अनुभवी व्यक्तिबाट अनुभव लिँदै युवाहरूको साथ र सहयोगका साथै अघि बढने धारणा राखे ।

उनले आफूले सबैको साथ र सहयोग पाउने अपेक्षा राखेको भन्दै समाजप्रति निर्वाह गरेको भूमिकाले पनि नगर अधिवेशन अन्तर्गत सह-सचिव पदमा सबैले आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

ठाकुरले युवाको उम्मेदवारी कसैलाई पराजित गर्नका लागि नभई समाजमा आमुल परिवर्तन गर्न र राष्ट्रलाइ समृद्ध बनाउनका लागि रहेकोले युवाले आफ्नो नेतृत्व खोजेको बताए ।

ठाकुरसँगै नगर सह-सचिवमा लक्ष्मी यादव, राकेश कुमार पाठक, ज्ञानेश्वर प्रसाद मण्डल, उपेन्द्र यादव र हरिनारायण यादवले उम्मेदवारी दिएका छन् ।

Related posts:

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

Leave a Reply