१४ कातिक, जनकपुरधाम । सरस्वती पूजामा बिद्यार्थीले आफ्नो बिद्यालयमा फूलमाला र अगरबती लिएर जाँदा तपाँईलाई अनौठो नलाग्न सक्छ । तर दियो लिएर गए भने ? प्रत्येक बिद्यार्थीले बिद्यालयमा दियो लिएर गए तपाँईलाई एकछिनको लागि भएपनि अनौठो अवश्य लाग्ने छ ।
अनौठो लागे पनि यो सत्य हो । जनकपुरधामका एक बिद्यालयले आफ्ना प्रत्येक बिद्यार्थीलाई मंगलबार बिद्यालयमा एउटा एउटा दियो ल्याउन भनेका छन । दियो किन भन्ने प्रश्नमा एस एम निजी बिद्यालयका संचालक दिपक ठाकुरले भने “प्रत्येक बिद्यार्थीलाई दियो यस कारण ल्याउन भनियो ताकि बिद्यार्थीले आफ्ना संस्कृति र परम्परालाई बुझुन सकुन । दिपावलीको महत्वका बारेमा राम्ररी बुमmुन भनेर यो अनौठो प्रयोग गर्न लागिएको हो ।“
बिद्यालयले यस अघि पनि बिभिन्न किसिमका रोचक कार्यक्रमहरु गर्दै आएका छन । केही दिन अगाडि मात्र बिद्यालयका सँचालक ठाकुरको जन्मदिनको अवसरमा बिद्यालयमा बृक्षारोपण कार्यक्रम गरेका थिए भने बिद्यालयले प्रत्येक शुक्रबार बिभिन्न किसिमका प्रतियोगिता समेत गर्दै आएका छन ।