विगत करीब डेढ वर्षदेखि विश्वभर नै अधिकांश व्यवसाय कोभिड-१९को महामारीसँग जुधिरहेको छ । तर, यही महामारीका बीचमा नेपालमा इन्टरनेट व्यवसायमा भने उछाल नै आयो । २०७७ वैशाखदेखि २०७८ वैशाखसम्म एक वर्षका बीचमा मात्रै ५८ लाख इन्टरनेट ग्राहक थपिएका छन् ।

बजारमा केबल र फाइबर इन्टरनेट सेवा दिने ४० वटा कम्पनी छन् । ताररहित र तारसहितका फिक्स्ड लाइन सेवा दिने सबैजसो कम्पनीले लकडाउनको अवधिमा ग्राहक संख्या विस्तार गरेका छन् ।

एक वर्षको अवधिमा इन्टरनेट प्रयोगकर्ताको संख्या ५७ लाख ९८ हजारभन्दा बढी थपिएको छ । २०७७ वैशाखसम्म दुई करोड १५ लाख इन्टरनेट प्रयोगकर्ता रहेकोमा २०७८ वैशाखसम्म सो संख्या दुई करोड ७३ लाख पुगेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्म देशका ९०.५६ प्रतिशत जनता इन्टरनटको पहुँचमा छन् । तर, कतिपय एकै व्यक्तिले दोहोरो रुपमा गरिरहेको इन्टरनेट प्रयोग गरिरहेकाले यो तथ्यांक केही कम हुन सक्छ । प्राधिकरणले हालै सार्वजनिक गरेको एमआईएस रिपोर्टअनुसार इन्टरनेट फिक्स्ड ब्रोडब्यान्ड र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या उच्च दरमा बढिरहेको देखिन्छ ।

हालसम्म जनसंख्याको अनुपातमा ६५.४७ प्रतिशत जनता मोबाइलमा इन्टरनेट चलाउँछन् । त्यसमा सबैभन्दा धेरै थ्रीजी सेवा प्रयोगकर्ता छन् । एक करोड १९ लाखले थ्रीजी सेवा लिएका छन् । थ्रीजीमा ९४ लाख ९४ हजारले नेपाल टेलिकमको सेवा प्रयोग गरिरहेका छन् भने एनसेलबाट २४ लाख ६२ हजार प्रयोगकर्ता दर्ता छन् ।

यसैगरी फोरजीका ७६ लाख ९७ हजार प्रयोगकर्ता छन् । त्यसमा झण्डै ४८ लाख ०५ हजार प्रयोगकर्ता एनसेलको मात्रै छन् । पहिलोपटक आफैंले सेवा शुरु गरेको नेपाल टेलिकमसँग जम्मा २६ लाख ८६ हजार मात्रै फोरजीका प्रयोगकर्ता छन् । स्मार्ट टेलिकमसँग पनि दुई लाख ६ हजार फोरजी प्रयोगकर्ता छन् । मोबाइल ब्रोडब्यान्डमा इ-भिडियो प्रयोग गर्नेहरु एक लाख ३६ हजार छन् ।

तारसहितको फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्नेको संख्या देशमा करीब ७३ लाख ७५ हजार छन् । गत वर्षसम्म यस्तो प्रयोगकर्ताको संख्या ५१ लाख ८१ हजार थियो । दूरसञ्चार प्राधिकरणका अनुसार यस्तो एउटा इन्टरनेट कनेक्सनमा औसत ५ जना प्रयोगकर्ता हुन्छन् ।

फिक्स्ड ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या गतवर्षको भन्दा २१ लाख ९४ हजारभन्दा बढीले वृद्धि भएको छ । यस्तो सेवा लिनेको संख्या कुल जनसंख्याको २४.४० प्रतिशत छ । गत वर्षससम्म यो संख्या १७ प्रतिशत मात्रै थियो ।

फिक्स्ड ब्रोडब्यान्डमा हाल इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरु अग्रपंक्तिमा छन् । आईएसपीहरुले ६५ लाख ७४ हजार प्रयोगकर्ता बनाइसकेका छन् । नेपाल टेलिकमको एडीएसएल सेवा प्रयोग गर्नेको संख्या ८ लाख छन् ।

यसैगरी २ लाख ०८ हजार तहाररहित फिक्स्ड इन्टरनेट प्रयोगकर्ता छन् । त्यसमा पनि वाइफाइ (रेडियो)को प्रयोगकर्ताको संख्या १ लाख १८ हजार छ भने ९० हजारले वाइम्याक्स प्रयोग गर्छन् ।

किन बढे ठूलो संख्या ?

मोबाइलमा इन्टरनेट जोड्नेको संख्या पनि उच्च दरमा बढिरहेको छ । यो अवधिमा थ्रीजी इन्टरनेट छाडेर फोरजीमा जानेको संख्या ठूलो देखिन्छ । कमजोर गुणस्तरका सेवाप्रदायक र प्रविधिलाई माहामारीका बेला थुप्रै ग्राहकले छाडे । नेपाल टेलिकमको एडीएसएल छाडेर फाइबर इन्टरनेटमा धेरै ग्राहक तानिनुले यो पुष्टि गर्छ ।

इन्टरनेट सेवा प्रदायकहरुको संस्थाले ‘आइस्पान’ लकडाउनपछि इन्टरनेट प्रयोगकर्ताको संख्यामा उछाल आएको बताउँछ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार पछिल्लो वर्ष मोबाइल ब्रोडब्यान्ड इन्टरनेट प्रविधि रोज्नेको संख्या बढी छ ।

महामारीकालमा भने मोबाइल प्रयोगकर्ता बराबरकै वृद्धिदरमा फाइबर इन्टरनेटले ग्राहक तानेको छ । आइस्पानका पूर्वअध्यक्ष विनय बोहोरा यसलाई महामारीकै देन भन्छन् ।

महामारीमा ‘वर्क फ्रम होम’ फस्टाउँदा इन्टरनेट ग्राहक थपिएको उनी बताउँछन् । ‘अफिसको काम घरबाटै गर्नुपरेपछि इन्टरनेट जोड्नै पर्‍यो’ उनी भन्छन्, ‘मोबाइल डाटाले काम चलाएकाहरुलाई फिक्स्ड लाइन इन्टरनेट जरुरत पर्‍यो ।’

बोहोराका अनुसार त्यति मात्रै कारणले एफटीटीएच इन्टरनेटका ग्राहक बढेको भने होइन । मोबाइलको डेटाभन्दा फिक्स्डलाइन कैयौं गुणा सस्तो हुने भएकाले पनि यसमा ग्राहक थपिएको उनको मत छ ।

महामारीमा घरबाटै काम गर्नेहरुले डेटाभन्दा छिटो र गुणस्तरीय भएकाले पनि फाइबर अप्टिक इन्टरनेट जोडेको उनी बताउँछन् ।

‘बालबालिकाको अनलाइन कक्षा घरबाटै चल्न थाले, अफिस जानेहरु घरमै बस्नुपर्दा समय कटाउन युट्युब, टिकटक, फेसबुक जस्ता साइटमा भिडियो सामग्री हेर्नुपर्ने अवस्था भयो’ उनले भने, ‘इन्टरनेट नजोडी घरमा बस्न नै मुस्किल भइदियो ।’

घरबेटी वा छरछिमेकको इन्टरनेटबाट काम चलाएकाहरुले पनि यो अवधिमा इन्टरनेट सेवा जोडेको बोहोरा बताउँछन् ।

सरकारले ग्रामीण दूरसञ्चार कोषको रकमबाट १८ परियोजनामार्फत गाउँ-गाउँमा इन्टरनेट सेवा पुर्‍याइरहेको छ । मध्यपहाडी लोकमार्गमा पनि अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको लगायतका कारण कारणले पनि सब्स्क्राइबर संख्या बढेको प्राधिकरणको दाबी छ ।

पछिल्लो वर्ष गाउँका स्वास्थ्य चौकी, विद्यालय लगायतमा सरकारले नै इन्टरनेट सेवा पुर्‍याएको छ । नेपाल टेलिकम र एनसेलको फोरजी प्रतिस्पर्धा गाउँसम्म पुग्दा इन्टरनेट सेवा विस्तार र प्रयोग बढेको हो । स्वभाविक रुपमा विस्तार भइरहेको इन्टरनेट सेवाले ग्राहक बटुलिरहेको छ।

Related posts:

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply