बर्दिवास, असाढ २५ गते । महोत्तरीको बर्दिवास नगरपालिकास्थित रहेको बर्दिबास अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
सेभ द चिल्ड्रेन र सामुदायिक परिवार कल्याण संघ (CFWA) को सहयोगमा उपलब्ध गराइएको स्वास्थ्य सामाग्री बर्दिबास अस्पताललाई हस्तान्तरण गरिएको हो । शुक्रवार सामुदायिक परिवार कल्याण संघ (CFWA) का परियोजना सँयोजक शैलेन्द्र चौधरीको नेतृत्वमा गएको टोलीले बर्दिबास नगरपालिकाका नगर प्रमुख बिदुर कुमार कार्की मार्फत उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । 
हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीमा बाल्टिन ३ थान, लिबविड हेन्डवास ७ थान, हाथ धुने साबुन २७० थान , गम बुट १३ जोडि मोप विथ हेन्डल ७ थान, युटिलिटि ग्लोबस ३० जोडि ,ब्लिचिङ्ख पाउडर १५६ थान , सेनिटाइजर २० थान , डिस्इन्फेकटेन्ट ५ लि. ६ थान , सर्जिकल ग्लोब्स स्टेराइल ५०० जोडि, सर्जिकल ग्लोब्स ननस्टेराइल ५०० जोडि, स्प्रे पम्प १६ लि. १ थान , फेस सिल्ड १५० थान , सर्जिकल मास्क २५० थान , डेड बडि बेग १० थान , फलोर क्लििनर ७ थान , वेस्ट कलेक्शन कन्टेनर २ थान, बायो हर्जाड बैग ५० थान, पल्स अक्सिमिटर १२ थान, अक्सिजन कन्सन्ट्रेटर २ थान , रेपिड एन्टिजिन टेस्ट किट ७५० थान, भिटिएम १००४ थान, आइ आर थर्मोमिटर ४ थान, पिपिइ सेट ११ थान, बेड मेट्रेस ५ थान, मोनिटर ५ थान, आइ सियु बेड ५ थान, नेबुलाइजर मेसिन १० थान, गाउन सेट ३० थान, अक्सिजन फलोमिटर ५ थान सामुदायिक परिवार कल्याण संघका परियोजना सँयोजक शैलेन्द्र चौधरीले जानकारी दिए ।
हालको लागि बर्दिवास अस्पताललाई कोभिड–१९ इमर्जेन्सी अस्पतालको रूपमा सञ्चालन गरिएको छ । बर्दिबास नगरपालिकाका नगर प्रमुख बिदुर कुमार कार्कीका अनुसार यो बर्दिवास अस्पतालले सामुदायिक परिवार कल्याण सँघ बाट यति स्वास्थ्य सामाग्री पाइ सकेको छ कि अब को दिनमा यस अस्पतालले प्रभावकारी सेवा दिन सामथर््य भइ सकेको छ ।
बर्दिवास अस्पतालका डा. सुनिल दाहाल ले हामीले पाएको स्वास्थ्य सामग्रीको सदुपयोग राम्रो गर्छौ भनि प्रतिबधता समेत गर्नु भएको छ ।