जनकपुरधाम, असार २३ । विदेशमा रहेका नेपाली युवाहरुले कोरोना महामारीका कारण समस्यामा परेका नेपाली परिवारलाई सहयोग गरेका छन ।
मैथिल सेवा समाज शाखा मलेसिया द्वारा धनुषाको सबैला नगरपालिका वडा– १२ मा बस्ने प्रमोद सादालाई सो सहयोग प्रदान गरेको हो ।
कोरोनाको महामारीका कारण खान, बस्न, अति कठिनाई भएको भन्दै मैथिल सेवा समाज शाखा मलेसियाले उक्त परिवारलाई रू. १५,०००÷– बराबर को खाधन्न सामग्री र रू. ५,१००÷–नगद दिएर सहयोग गरेका छन।
बिदेशमा रहेका नेपाली युवाहरुले यस दुःखद घडीमा केही दिनका लागि भएपनि राहत पाउन भन्ने उद्येश्यले खाद्यान्न तथा आर्थिक सहयोग गरेको हो ।
सो सामाग्री मिथिला बिहारी न.पा को लक्ष्मी यादवको रोहबरमा सहयोग गरेका छन ।