जनकपुरधाम- नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले शपथ ग्रहण गर्नुभएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उहाँलाई पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराउनुभएको हो ।
शपथ ग्रहण गरेसँगै पौडेलले राष्ट्र बैंक पुगेर पदभार ग्रहण गर्नुभएको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिनुभयो ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले हिजो डा. पौडेल, कायममुकायम गभर्नर नीलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिश गरेको थियो ।
बेलुका बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको गभर्नरमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको थियो । सत्ता साझेदार दलबीच झन्डै डेढ महिना लामो रस्साकस्सीपछि पाैडेल गभर्नर नियुक्त हुनुभएको हो ।