१५ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) ७ चैतदेखि चलिरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार अन्य कक्षाको वार्षिक परीक्षा पनि चलिरहेको छ ।
‘सबै कक्षाको वार्षिक परीक्षाको महिना हो ।शैक्षिक सत्रको अन्तिम महिनामा छौँ । परीक्षा र नतिजा सार्वजनिक गर्ने महिना हो’, शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने ।
तर, विभिन्न समूहले आन्दोलन घोषणा गरेका छन् । यसले विद्यार्थीको परीक्षामा प्रभावित पर्न सक्ने भन्दै अभिभावक चिन्तित भएका छन् । विद्यालय तहमा करिब ७० लाख बालबालिका अध्ययनरत छन् । विद्यार्थीको परीक्षाको समयमा भइ रहेको आन्दोलनले गम्भीर बनाएको मन्त्रालयले जनाएको छ ।
‘विद्यार्थीको भविष्य बनाउने समय हो । परीक्षा छुटेमा फेरि विद्यार्थीले जाँच दिन पाउने व्यवस्था छैन । एक वर्ष लस हुन्छ’, प्रवक्ता सापकोटाले भने, ‘परीक्षाको समयमा सबै जिम्मेवार र सजग भएर प्रस्तुत हुनुहुन्छ भन्ने अपेक्षा छ ।’
मन्त्रालयले विद्यार्थीको परीक्षा प्रभावित हुनेगरी कुनै गतिविधि नहुने अपेक्षा लिएको छ ।
काठमाडौंमा आज गणतन्त्रवादी र राजतन्त्रवादीको छुट्टाछुट्टै प्रदर्शन छ । यद्यपि, एसईईका कारण १२ बजेपछि मात्र प्रदर्शन गर्ने निर्णय गरेको छ ।
आन्दोलनका कारण केही विद्यालय बन्द समेत गरिएको छ । आन्दोलन हुने क्षेत्रका केही निजी विद्यालयले सूचना निकालेर बन्द हुने जनाएका छन् ।
काठमाडौंका प्रिमियर, पाठशाला, मिल्सबेरी, ह्वाइटहाउस लगायतका स्कुलले दिउँसोको पठनपाठन बन्द हुने सूचना अभिभावकसमक्ष पठाएका छन् । प्रदर्शनका कारण सवारी आवागमन र सुरक्षामा समेत असर पर्नसक्ने भन्दै केही विद्यालयहरूले बन्द गर्ने निर्णय गरेका हुन् ।
तर, प्याब्सन र एनप्याब्सनले भने आधिकारिक रूपमा शैक्षिक संस्था बन्दको कुनै निर्णय नभएको जनाएका छन् ।
सरकारले परीक्षाको लागि सुरक्षा व्यवस्था गरेको जनाएको छ । शिक्षा मन्त्री विद्या भट्टराईले गृह मन्त्रालय र शिक्षा मन्त्रालयले समन्वय गरेर सुरक्षाको व्यवस्था मिलाएको बताएकी छिन् । ‘गृहसँग कुरा गरेका छौँ । सुरक्षाको वयवस्था मिलाएको छ । विद्यार्थीले ढुक्कसँग परीक्षा दिने वातावरण सबैले बनाउनु पर्छ’, उनले भनिन् ।

Related posts:

विद्यालयमा लागु पदार्थ विरुद्ध जनचेतनामूलक अभिमुखिकरण तालिम सम्पन्न

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

Leave a Reply