२७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनताले लोकतन्त्रको सट्टा निरंकुशता नखोजेको बताएका छन् ।
‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुन सक्दैन । त्यो सबैले बुझेका छन् । जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन । जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन’ अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
गत आइतबार पोखराबाट प्लेनमा काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा त्रिभुवन विमानस्थल आसपासमा र्‍याली निकालिएको थियो । पूर्वनिर्धारित आमसभा स्थगित गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वराजा ज्ञानेन्द्रको स्वागतलाई महत्व दिएको थियो ।
आइतबारको र्‍यालीको उपस्थितिलाई लिएर कतिपय राजतन्त्र पक्षधरहरू उत्साही भएका छन् ।
त्यसअघि पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिले समेत उनीहरूमा उत्साह भरेको थियो । हरेक वर्ष प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले शुभकामना दिँदै आएका छन् । शुभकमना दिने क्रममा यसवर्ष ६ फागुनमा ज्ञानेन्द्रले शासन सत्ता छोड्नुलाई त्यागको रूपमा व्याख्या गरेका थिए । राजगद्दी त्याग्नुलाई कमजोरी नठान्न राजनीतिक दलहरुलाई चेतावनी समेत दिएका थिए ।
यो पृष्ठभूमिमा गत आइतबार राजतन्त्र पक्षधरहरूको राजधानीमा भएको शक्ति प्रदर्शनपछि निरंकुश राजतन्त्रको वकालत भएको भनेर कतिपयले आलोचना गर्दै आएका छन् ।
नेकपा माओवादी केन्द्रले प्रतिवादमा काठमाडौंमै प्रदर्शनको तयारीसमेत गरेको छ । यसबारे समाजवादी मोर्चामा समेत छलफल भएको छ ।
यहीबेला राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू निरंकुश राजतन्त्रको विपक्षमा रहेको बताएका हुन् । आफू राजासहितको लोकतन्त्रको पक्षमा रहेको उनको प्रष्टीकरण छ ।
उनी लेख्छन्, ‘राजासहितको लोकतन्त्र खोजेको हो ।’ राजासहितको प्रजातन्त्र विश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिएको उनको दलिल छ । बेलायत, जापान, नर्वेको उदाहरण दिँदै उनी लेख्छन्, ‘सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन ।’

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply