लक्ष्मीनिया गाउँपालिकाको बी.पी. कोईराला माध्यमिक विद्यालय सपही धनुषामा दलान नेपालद्वारा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न भएको छ यस कार्यक्रमले बालबालिका, शिक्षक, र समुदायका सदस्यहरूमा लैङ्गिक हिंसाबारे सचेतना फैलाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।
कार्यक्रमको विषयवस्तु ‘असल छुवाई र खराब छुवाई’ को अवधारणामा आधारित कक्षा ६, ७ र ८ का बालवालिका, शिक्षक र शिक्षिकाहरुको सक्रिय सहभागिता रहेको थियो । यसले बालबालिकाहरूलाई आफ्नो सुरक्षा सुनिश्चित गर्न र लैङ्गिक हिंसाबारे सचेत रहन प्रेरित ग‍रेको थियो । कार्यक्रमको पहिलो चरणमा दलान नेपालका प्रतिनिधिले ‘असल छुवाई र खराब छुवाई’ को अवधारणाबारे गहन प्रस्तुतीकरण गरेका थिए । बालबालिकाहरूलाई कसरी सकारात्मक र नकारात्मक स्पर्शलाई पहिचान गर्ने र त्यसको प्रभावबारे जानकारी समेत दिइएको थियो । कार्यक्रमको अर्को चरणमा भिडियो प्रस्तुतीकरण गरियो । यसले बालबालिकाहरूलाई दृष्टान्तका माध्यमबाट सन्देश प्रभावकारी रूपमा बुझ्न सहायता ग‍रेको थियो । बालबालिकाहरूलाई आफ्ना जिज्ञासाहरू राख्ने अवसर प्रदान गर्नुका साथै प्रशिक्षकहरूले प्रश्नहरूको उत्तर दिँदै बालबालिकाहरूलाई सुरक्षित रहनका उपायहरूबारे जानकारी दिएका थिए । कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई विभिन्न सचेतनामूलक सामग्री वितरण गरियो । यसले विद्यार्थीहरूलाई जानकारीमूलक स्रोतहरू प्रदान ग‍रेका थिए ।
यो अभियान दलान नेपालको दीर्घकालीन परियोजनाको एक भाग हो, जसले एकल महिला, महिला, र विधवाहरूलाई सशक्त बनाउँदै स्थानीय शासन र निर्णय प्रक्रियामा उनीहरूको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको छ । परियोजनाले समुदायमा समावेशी शासन र महिला अधिकारका मुद्दाहरूलाई प्राथमिकता दिएको छ । कार्यक्रमले बालबालिकाहरूमा मात्र नभई शिक्षकहरू र समुदायका अन्य सदस्यहरूमा पनि सकारात्मक प्रभाव पार्ने छ दलान नेपालका परियोजना सँयोजक दिलिप कुमार ईश्वरले बताउनु भयो ।

कार्यक्रमबाट विद्यार्थीहरूले लैङ्गिक हिंसाबारे गहिरो समझदारी र सुरक्षित उपायहरूबारे ज्ञान प्राप्त गर्नुका साथै शिक्षकहरूले बालबालिकाहरूलाई लैङ्गिक समानता र सुरक्षा शिक्षा दिन थप सशक्त महसुस गरेका थिए । त्यसैगरी बालबालिकाहरूले कार्यक्रमको सन्देश समुदायमा प्रवाह गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्नेमा दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरको बिश्वास रहेको बताउनु हुन्छ । कार्यक्रममा सहभागी भएका विद्यार्थीहरूले यो कार्यक्रमबाट महत्त्वपूर्ण शिक्षा प्राप्त गरेको बताए, एक छात्राले भनिन, मलाई ‘असल छुवाई र खराब छुवाई’े बीचको भिन्नता थाहा थिएन । यो कार्यक्रमले मलाई आफ्नो सुरक्षा र अधिकारबारे सोच्न प्रेरित गरेको छ । त्यस्तै, ूबालबालिकाहरूलाई यस्ता विषयबारे शिक्षित गर्न जरुरी छ । यो कार्यक्रमले शिक्षक र विद्यार्थी दुवैलाई लाभ पुर्‍याएको छ, एक शिक्षकले भने,

दलान नेपालले यस्ता कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै यस कार्यक्रले केवल बालबालिकाको सुरक्षा र लैङ्गिक समानताका लागि मात्र नभई समुदायमा जिम्मेवार नागरिक तयार पार्न पनि सहयोग गर्नेछ बताउनु भयो । १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानले लक्ष्मीनिया गाउँपालिकामा बालबालिकाहरू, शिक्षकहरू, र समुदायमा जागरूकता फैलाउन महत्वपूर्ण भूमिका खेलेको छ । यसले बालबालिकाहरूको सुरक्षाका लागि ठोस आधार निर्माण गरेको छ दलान नेपालका कार्यकारी निर्देशक ठाकुरले बताए । यो कार्यक्रमले दलान नेपालको उद्देश्य—महिला सशक्तीकरण, समावेशी शासनको प्रवद्र्धन, र समुदायमा सकारात्मक परिवर्तन—लाई थप सुदृढ बनाउन सहयोग पुरयाएको छ । यस अभियानले समुदायमा दीर्घकालीन प्रभाव पार्ने विश्वास समेत गरिएको छ ।
दलान नेपालले यूएसएआईडी, सिभिल सोसाइटी मिडिया, र द एशिया फाउन्डेसनको सहयोगमा सञ्चालन गरिरहेको एकल महिलाको सामाजिक अधिकारका लागि समावेशी शासन परियोजनामा यो अभियानले थप उर्जा प्रदान गर्न सक्ने बिश्वासका साथ परियोजना लक्ष्मीनिया गाउँपालिकाका सातै वडामा लागू गरिएको छ, जसको मुख्य उद्देश्य एकल महिला, महिला, र विधवाहरूलाई स्थानीय शासन र निर्णय प्रक्रियामा सहभागी गराई उनीहरूको आवाजलाई सशक्त बनाउनु रहेको दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरले बताए ।

Related posts:

विद्यालयमा लागु पदार्थ विरुद्ध जनचेतनामूलक अभिमुखिकरण तालिम सम्पन्न

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

Leave a Reply