दलान नेपालद्धारा लक्ष्मीनिया गाउँपालिकामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान

लक्ष्मीनिया गाउँपालिकाको बी.पी. कोईराला माध्यमिक विद्यालय सपही धनुषामा दलान नेपालद्वारा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न भएको छ यस कार्यक्रमले बालबालिका, शिक्षक, र समुदायका सदस्यहरूमा लैङ्गिक हिंसाबारे सचेतना फैलाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।
कार्यक्रमको विषयवस्तु ‘असल छुवाई र खराब छुवाई’ को अवधारणामा आधारित कक्षा ६, ७ र ८ का बालवालिका, शिक्षक र शिक्षिकाहरुको सक्रिय सहभागिता रहेको थियो । यसले बालबालिकाहरूलाई आफ्नो सुरक्षा सुनिश्चित गर्न र लैङ्गिक हिंसाबारे सचेत रहन प्रेरित ग‍रेको थियो । कार्यक्रमको पहिलो चरणमा दलान नेपालका प्रतिनिधिले ‘असल छुवाई र खराब छुवाई’ को अवधारणाबारे गहन प्रस्तुतीकरण गरेका थिए । बालबालिकाहरूलाई कसरी सकारात्मक र नकारात्मक स्पर्शलाई पहिचान गर्ने र त्यसको प्रभावबारे जानकारी समेत दिइएको थियो । कार्यक्रमको अर्को चरणमा भिडियो प्रस्तुतीकरण गरियो । यसले बालबालिकाहरूलाई दृष्टान्तका माध्यमबाट सन्देश प्रभावकारी रूपमा बुझ्न सहायता ग‍रेको थियो । बालबालिकाहरूलाई आफ्ना जिज्ञासाहरू राख्ने अवसर प्रदान गर्नुका साथै प्रशिक्षकहरूले प्रश्नहरूको उत्तर दिँदै बालबालिकाहरूलाई सुरक्षित रहनका उपायहरूबारे जानकारी दिएका थिए । कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई विभिन्न सचेतनामूलक सामग्री वितरण गरियो । यसले विद्यार्थीहरूलाई जानकारीमूलक स्रोतहरू प्रदान ग‍रेका थिए ।
यो अभियान दलान नेपालको दीर्घकालीन परियोजनाको एक भाग हो, जसले एकल महिला, महिला, र विधवाहरूलाई सशक्त बनाउँदै स्थानीय शासन र निर्णय प्रक्रियामा उनीहरूको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको छ । परियोजनाले समुदायमा समावेशी शासन र महिला अधिकारका मुद्दाहरूलाई प्राथमिकता दिएको छ । कार्यक्रमले बालबालिकाहरूमा मात्र नभई शिक्षकहरू र समुदायका अन्य सदस्यहरूमा पनि सकारात्मक प्रभाव पार्ने छ दलान नेपालका परियोजना सँयोजक दिलिप कुमार ईश्वरले बताउनु भयो ।

कार्यक्रमबाट विद्यार्थीहरूले लैङ्गिक हिंसाबारे गहिरो समझदारी र सुरक्षित उपायहरूबारे ज्ञान प्राप्त गर्नुका साथै शिक्षकहरूले बालबालिकाहरूलाई लैङ्गिक समानता र सुरक्षा शिक्षा दिन थप सशक्त महसुस गरेका थिए । त्यसैगरी बालबालिकाहरूले कार्यक्रमको सन्देश समुदायमा प्रवाह गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्नेमा दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरको बिश्वास रहेको बताउनु हुन्छ । कार्यक्रममा सहभागी भएका विद्यार्थीहरूले यो कार्यक्रमबाट महत्त्वपूर्ण शिक्षा प्राप्त गरेको बताए, एक छात्राले भनिन, मलाई ‘असल छुवाई र खराब छुवाई’े बीचको भिन्नता थाहा थिएन । यो कार्यक्रमले मलाई आफ्नो सुरक्षा र अधिकारबारे सोच्न प्रेरित गरेको छ । त्यस्तै, ूबालबालिकाहरूलाई यस्ता विषयबारे शिक्षित गर्न जरुरी छ । यो कार्यक्रमले शिक्षक र विद्यार्थी दुवैलाई लाभ पुर्‍याएको छ, एक शिक्षकले भने,

दलान नेपालले यस्ता कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै यस कार्यक्रले केवल बालबालिकाको सुरक्षा र लैङ्गिक समानताका लागि मात्र नभई समुदायमा जिम्मेवार नागरिक तयार पार्न पनि सहयोग गर्नेछ बताउनु भयो । १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानले लक्ष्मीनिया गाउँपालिकामा बालबालिकाहरू, शिक्षकहरू, र समुदायमा जागरूकता फैलाउन महत्वपूर्ण भूमिका खेलेको छ । यसले बालबालिकाहरूको सुरक्षाका लागि ठोस आधार निर्माण गरेको छ दलान नेपालका कार्यकारी निर्देशक ठाकुरले बताए । यो कार्यक्रमले दलान नेपालको उद्देश्य—महिला सशक्तीकरण, समावेशी शासनको प्रवद्र्धन, र समुदायमा सकारात्मक परिवर्तन—लाई थप सुदृढ बनाउन सहयोग पुरयाएको छ । यस अभियानले समुदायमा दीर्घकालीन प्रभाव पार्ने विश्वास समेत गरिएको छ ।
दलान नेपालले यूएसएआईडी, सिभिल सोसाइटी मिडिया, र द एशिया फाउन्डेसनको सहयोगमा सञ्चालन गरिरहेको एकल महिलाको सामाजिक अधिकारका लागि समावेशी शासन परियोजनामा यो अभियानले थप उर्जा प्रदान गर्न सक्ने बिश्वासका साथ परियोजना लक्ष्मीनिया गाउँपालिकाका सातै वडामा लागू गरिएको छ, जसको मुख्य उद्देश्य एकल महिला, महिला, र विधवाहरूलाई स्थानीय शासन र निर्णय प्रक्रियामा सहभागी गराई उनीहरूको आवाजलाई सशक्त बनाउनु रहेको दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरले बताए ।

Related posts:

थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको तयारी

कोशी,कमला र सप्तरीको खान्दो खोलाले सतर्कता तह पार गर्‍याे

विश्व टेस्ट च्याम्पियनशिपको ऐतिहासिक उपाधि दक्षिण अफ्रिकालाई

ठाउँठाउँमा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध

बालबालिका अझै श्रममा

अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु

तीनकुने घटना : थुनछेक बहस आज पनि जारी

आमाका नामबाट मात्र पनि नागरिकता दिइने

बदली र वर्षासँगै देशभर गर्मी कम हुँदै

दुर्गा प्रसाईंलाई थुनाबाहिरै राख्न इजलासमा भीमार्जुनसहित ६ वकिलको माग

पोखरामा युवकको शव फेला, घटना रहस्यमय

देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

पोखरीमा डुबेर २ जना बालकको ज्यान गयो

डेंगु संक्रमण फैलिँदै, अबका चार महिना अति जोखिमपूर्ण

माओवादी पदाधिकारी बैठक प्रचण्ड निवासमा

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी पक्राउ

राजावादीहरुको आन्दोलन रोकिए नेताहरुको अंगरक्षक पुनः खटाइनेछ

महानगरमा शक्तिहीन बने बालेनः न कार्यपालिका साथमा, न नगर प्रहरी हातमा

सदनको अवरोध हटाउन सभामुख छलफलमा

पुल बेचेको आरोपमा रोशी गाउँपालिका-७ का वडाअध्यक्ष पक्राउ

यातायात बन्द गराएको आरोपमा १४ जना पक्राउ

नक्सालमा राजावादी र प्रहरीबिच धकेलाधकेल

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

आज विश्व धूमपानरहित दिवस क्यान्सरको जोखिमबाट जोगिन सल्लाह

संसद्‌को अवरोध विषयमा सभामुखले बोलाए सचेतकहरूको बैठक

खुँडा र ढालसहित एमालेको प्रदर्शन

भारतमा कोरोनाबाट १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि

तीनवटा मोबाइल चलाउँथे भट्टराई , एउटा मोबाइल सेटिङमा मात्रै प्रयोग

सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीको धर्ना

दुई करोड रुपैयाँको तरबुजा बिक्री

रामेछापमा एम्बुलेन्स दुर्घटना : तीनजना घाइते, दुई गम्भीर

गाजामा भोकमरीले ज्यान गुमाउँदै हजारौं शिशुहरू

नवनियुक्त गभर्नर पौडेलद्वारा शपथ एवम पदभार ग्रहण

प्रधानमन्त्रीलाई भाग्न बाध्य पार्ने गरी आन्दोलन चर्काउने लिङ्देनको भनाइ

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

बाबुले गरे छोरी र भतिजको हत्या

मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

एकैदिन ३५ सय घट्यो सुन

मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ

उमेरहदमा अड्कियो निजामती विधेयक

उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा

कर्पोरेसनले भन्यो- चाहिनेजति तेल छ, नआत्तिनू

निजी स्कुलको बसमा आगलागी, विद्यार्थी सकुशल

गुड्दा गुड्दै जमिनमुनि गाडी गायब, भूगर्भविद्‍ले थाले अध्ययन

रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट, प्रहरीले थाल्यो अनुसन्धान

Leave a Reply

Your email address will not be published. Required fields are marked *