२१ कातिक, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका भित्र कक्षा ११ र १२ अध्ययन गरिरहेका बिद्यार्थीहरुले छात्रबृति पाएपनि त्यस्ता बिद्यार्थीहरुबाट लिईएको रकम कुनै पनि हालतमा फिर्ता नहुने निजी बिद्यालयका संचालकहरुले बताएका छन ।
पालिकाको शिक्षा कार्यबिधी २०७४ मा छात्रछात्राको नामांकन शुल्क, मासिक शुल्क र परिक्षा शुल्क बाहेकको शुल्क लिन पाउने प्रष्ट रुपमा उल्लेख रहेकोले लिईसकेको शुल्क कुनै पनि हालतमा फिर्ता गर्न नमिल्ने उच्च माध्यमिक बिद्यालय संघ (हिसान) धनुषाका अध्यक्ष संजीव ठाकुरले दाबी गरेका छन ।
ठाकुरका अनुसार पालिकासंगको सहमतिमा नै माथि उल्लेखित ३ शुल्क बाहेकका शुल्क लिन सकिने भनेपछि ल्याब फी, एनुअल फी, लाईब्रेरी फी, ल्याब फी तथा कम्प्युटर फी लिईएको हो, जुन कुनै पनि हालतमा फिर्ता गर्न सकिदैन ।
यता, शुल्क फिर्ता नगरिए जनकपुरधाम उपमहानगरपालिकाले कानुन अनुसार कारवाही गर्ने मेयर मनोज कुमार साहले चेतावनी दिएका छन् । भर्ना भएका विद्यार्थीमा एक पटक मात्र भर्ना शुल्क लिने कानुनी प्रावधान छ तर कक्षा १२ मा समेत पुनः भर्ना शुल्क लिएकोे भन्दै उक्त शुल्क फिर्ता गर्नुपर्ने मेयर साहको भनाई छ । त्यस्तै, पालिकाको शिक्षा शाखा तथा निजी बिद्यालयसँग कुनै किसिमको सहमति नै नगरिएको शाखा प्रमुख अन्जु पाण्डेको दाबी छ ।
यता प्याब्सनका नेता रबिन्द्र चौधरीले हामीलाई सरकारले सशुल्क पढाउनका लागि नै अनुमति दिएको र ब्यापार गर्ने अधिकार पाएको निजी बिद्यालयमाथि यसरी पटक पटक अन्याय भए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन । सामुदायिक बिद्यालयमा बिभिन्न बहानामा शुल्क उठाएर लाखौ ठग्ने काम भईरहदा पनि पालिका मुकदर्शक भएर बसेको आरोप समेत लगाए ।
नेविसंघले केही दिन यता मेरो शिक्षा, मेरो प्रश्न अभियान सञ्चालन गर्दै आएको छ । त्यही क्रममा निजी क्याम्पसहरुले विद्यार्थीहरूसँग गैरकानुनी रूपमा विद्यार्थीबाट शुल्क लिने गरेको गुनासो आएको थियो । त्यसपछि नेविसंघले जनकपुरधाम उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको थियो ।
यता नेपाल विद्यार्थी संघ क्याम्पसहरुमा बिना कुनै जानकारी अचानक झुण्ड बनाएर पस्नु नै अनाधिकृत रहेको एनप्याब्सन जनकपुरधाम उपमहानगरपालिकाका अध्यक्ष दीपक ठाकुरको आरोप छ । आयव्यय बुझाएर कर समेत तिरिसकेको अवस्थामा पैसा फिर्ताको कुरा गर्नु औचित्यहिन रहेको ठहर गर्दै ठाकुरले जउनपाको यो निर्णय एकपक्षीय रहेको बताए । ‘ शिक्षाको बेथीति सुधारमा हामि साथ छौं तर,सामुदायिक विद्यालय,क्याम्पसहरुको दुरावस्था देख्दै नदेख्ने अनि नीजि विद्यालयमाथि यस्तो दवाव दिने कार्यको हामी विरोध गर्छौ।’ उनले भने ।
रकम फिर्ता हुने कुनै छाँटकाँट नरहेको बताउँदै अध्यक्ष ठाकुरले भने,‘पालिकाकै पत्रानुसार गरिएको कार्यमा पनि नीजि विद्यालयलाई दोषि बनाउन खोजियो त्यसैले अब नीजि क्याम्पसहरुमा ताला लगाएर हामि विरोधमा उत्रिनुको कुनै विकल्प छैन।’
यता नेपाल विद्यार्थी संघले छात्रवृति पाएका विद्यार्थीहरुले नीजि क्याम्पसहरुमा एक रुपिया पनि नतिरेर पढ्न पाउनु पर्ने भन्दै लिएको रकम फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply