१२ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा ४-२ ले हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।
निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट भएको थियो । ट्राइब्रेकरमा नेपालका सावित्रा भण्डारी, गीता रानामगर, सविता रानामगर र अमिसा कार्की चारै जनाले गोल गरे ।
सुरुमा पेनाल्टी प्रहार गरेकी भारतकी कप्तान आशालतादेवीको प्रहार बारमा लागेर बाहिर गयो भने रञ्जना चानुको प्रहार नेपाली गोलकिपर अञ्जना रानामगरले बचाइन् ।
नेपालले पेनाल्टीसुटआउटलाई ध्यानमा राख्दै नियकित गोलकिपर तथा कप्तान एन्जिला तुम्बापोको स्थानमा अन्जना राना मगरलाई खेलको अन्त्त्यतिर मैदान पठाएको थियो । अन्जनाले एक पेनाल्टी रोकेर जितको नायक बनिन् ।
नेपालले अब उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । आइतबार नै बंगलादेशले भुटानलाई ७-१ ले हराउँदै फाइनल प्रवेश गरेको हो । यसअघि सन् २०२२ मा काठमाडौंमै भएको साफ वुमन्स च्याम्पियनसिपमा पनि यी दुई टोली भिडेका थिए । जहाँ नेपाललाई हराएर बंगलादेश पहिफो पटक च्याम्पियन बनेको थियो ।
नेपालले लगातार दोस्रो पटक साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई पराजित गरेको हो । यसअघि सन् २०२२ मा काठमाडौंमै भएको छैटौं संस्करणमा पनि नेपालले भारतलाई सेमिफाइनलमै हराएको थियो । यस्तै खेल जितपछि नेपालले भारत विरुद्ध अपराजित यात्रा ४ खेल सम्म पुर्‍याएको छ ।
रेफ्रीको गलत निर्णय साम्बाको बदला
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्ने केही मौका बनाए पनि सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।
तर दोस्रो हाफ भने नाटकीय बन्यो । रेफ्रीको गलत निर्णय, रातो कार्ड, दर्शकको रेफ्री आउट नाराबाजी र नेपालले गरेको गोलले मान्यता नपाएपछि दोस्रो हाफको खेल निकै तनावग्रस्त बन्यो । त्यही कारण खेल १ घण्टा ६ मिनेटसम्म रोकियो ।
तनावको सुरुवात ५१ औं मिनेटमा नेपाली फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएपछि भएको थियो ।
रेखाले रातो कार्ड (दोहोरो पहेँलो कार्ड) पाएपछि नेपाल १० खेलाडीमा समेटियो । उनले बल रोक्ने कममा भारतीय खेलाडीलाई फल गरेको भन्दै रेफी ओम चोकीले रातो कार्ड दिएकी थिइन् ।
त्यसपछि दर्शकहरु रेफी आउट भन्दै नारा लगाउने देखि मैदानमा बोतल फाल्न थाले । मैदानको सिन्थेटिक ट्रयाकमा सुरक्षाकर्मीहरु न‌ै आएर दर्शकलाई शान्त रहन भनिरहेका छन् । त्यतिबेला १० मिनेट अवरुद्ध भएर खेल सुरु भयो । त्यसपछि खेल ठीकठाक नै भइरहेको थियो । तर करिब १० मिनेटपछि माहोल फेरि बिग्रियो ।
नेपाल १० खेलाडीमा सीमित भएको फाइदा उठाउँदै भारतकी संगीता बासफोरेले ७१ औं मिनेटमा गोल गरी अग्रता दिलाएकी थिइन् ।
त्यसलगत्तै नेपालले गोल गरेपनि रेफ्रीले मान्यता नदिएपछि खेल तनावग्रस्त बन्यो । रेफ्रीले खेल सुरु भएको संकेत दिने सिठी बजाएपछि साम्बाले दिएको पासमा प्रिती राईले खाली पोस्टमा गोल गरेकी थिइन् । तर गोल सेलिब्रेसनका लागि मैदान बाहिर पुगेका भारतीय खेलाडी सम्हालिन नपाउँदै नेपालले गरेको गोलले मान्यता पाएन ।
भारतीय खेलाडीहरुले विरोध गरेपछि नेपालको गोललाई मान्यता दिइनन् । नेपाली खेलाडीहरुले रेफ्रीको निर्णय स्वीकार गरेनन् । यही विवादका कारण १ घण्टा ६ मिनेट खेल अवरुद्ध भयो ।
अनि खेल ६३ औं मिनेटबाट फेरि सुरु भयो । सुरु भएलगत्तै सावित्राले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याइन् । त्यसपछि जोशिएको नेपालले भारतमाथि केही आक्रमण गर्‍यो । तर दुबैपक्षबाट गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट भयो ।
म्याच अफ दि प्लेयर बनेकी साम्बाले यो जित घाइते भएर प्रतियोगिता गुमाएकी हीराकुमारी शाही र दीपा भुलेजलाई समर्पित गरिन् ।
खेल अवरुद्ध भएको अवस्थामा समेत धैर्यतापूर्वक बसेर १२औं खेलाडीको भूमिका निर्वाह गरेको भन्दै उनले समर्थकहरुलाई समेत धन्यवाद दिइन् ।

Related posts:

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply