१२ असोज, काठमाडौं । शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र २१ जनाको मृत्यु भएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार, बाढीमा परेर काठमाडौं र ललितपुरमा ९/९ र भक्तपुरमा ३ जनाको मृत्यु भएको छ ।

घिमिरेका अनुसार, काठमाडौंमा ८, ललितपुरमा ३ र भक्तपुरमा १ जना घाइते छन् भने तीन जिल्लामा गरेर ६ जना बेपत्ता छन् । प्रहरीका अनुसार, काठमाडौंमा २२६ घर डुबानमा परेका छन् भने नेपाल प्रहरीबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा ३ हजार ६० जनाको उद्दार टोली खटिएको छ ।

ललितपुरका पनि अधिकांश स्थानमा पानी पसेको छ । नखिपोटमा उद्दारमा ढिलाइ हुँदा शनिबार बिहान ४ जना बेपत्ता भएका थिए । तर, केही तल तीन जनालाई प्रहरी र स्थानीय मिलेर उद्दार गरेका छन् । ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालका अनुसार, उद्दार गरेर प्रहरी प्रभाग भैंसेपाटीको गाडीमा पाटन अस्पताल पुर्याइएको छ ।

भक्तपुरमा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते छन् । भक्तपुरमा पनि अधिकांश स्थानमा पानी पसेको छ भने प्रहरी उपरीक्षकको कमाण्डमा १२० जना प्रहरी परिचालित भएको घिमिरेले बताए ।

एसएसपी घिमिरेका अनुसार, काठमाडौंबाट विपद् व्यवस्थापन महाशाखा सामाखुशीबाट प्रहरी निरीक्षकको नेतृत्वमा ४० जनाको टोली पनि परिचालित छ ।

त्यस्तै ललितपुरमा पनि प्रहरी निरीक्षकको कमाण्डमा सामाखुशीबाट २५ जनाको टोली परिचालित छ । ललितपुरमा प्रहरीको विशेष सुरक्षा गण त्रिपुरेश्वरबाट पनि ३० जना खटएका छन् । भक्तपुरमा सामाखुशीबाट १५ जनाको टोली खटिएको छ ।

विपद उद्दार तथा व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलको टोली पनि परिचालित छ । सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार, उपत्यकामा २३ वटा ढुंगासहित १ हजार ५१२ जनाको टोली उद्दार कार्यमा परिचालन गरिएको छ ।

Related posts:

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply