१४ भदौ, जनकपुरधाम । शैलेन्द्र महतो | मधेश प्रदेश लोक सेवा आयोगमाथि लिखित परीक्षामा पास भएका ६ जना उम्मेदवारलाई अन्तर्वार्ता परीक्षाबाट वञ्चित गराएको आरोप लागेको छ । निर्धारित समयमा उपस्थित नभएको भन्दै ६ जना उम्मेदवारको अन्तर्वार्ता नलिएपछि आयोगविरुद्ध उच्च अदालतमा रिट दायर भएको छ ।
आयोगको विज्ञापन नं. १२७/२०७९–०८० कृषि सेवा, मत्स्य समूह, सहायक पाँचौ तह तथा विज्ञापन नं. ११६– १२०/२०७९–०८० इन्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी/इरिगेसन/बी एण्ड आर उपसमूह सहायक पाँचौ तहको लिखित परीक्षा पास भएका निरजकुमार मण्डल, सुदिपकुमार यादव, उमेशकुमार साह, वसन्तकुमार यादव, मुकेशकुमार दास र रोशनकुमार दास अन्तर्वार्ताबाट वञ्चित भएका छन् ।
महोत्तरीको जलेश्वर नगरपालिका ९ लोचनाका उम्मेदवार उमेश कुमार साहले आयोगको वेबसाइट डाउन भएकाले त्यहाँ राखिएको सूचना पढ्न नपाएको र अन्तर्वार्ताको केही घण्टाअघि मात्र आयोगले फोन गरेर जानकारी गराएका कारण समयमा उपस्थित हुन नसकेको जिकिर गरेका छन् ।
लिखित परीक्षामा पास भएका उम्मेदवारहरुको अन्तर्वार्ता २०८० साल फागुन २० गते बिहान ८ बजे तोकिएको थियो । उम्मेदवार साह भने बिरामीको कारण देखाउँदै १० बजेमात्र आयोगको कार्यालय पुगेका थिए ।
आयोगका एक कर्मचारीहरुले उनलाई समय सकिएको जानकारी गराए । साहका अनुसार ती कर्मचारीले एक सातापछि फेरि अन्तवार्ता हुने भन्दै एक हजार रुपैयाँको भौचरसहित छुट अन्तर्वार्ताका लागि निवेदन दिन भने । त्यसपछि आफूसहित ६ जनाले छुट अन्तर्वार्ताका लागि निवेदन दिएको साहको भनाइ छ ।
उनीहरुको अन्तर्वार्ता हुने भनिएकै दिन आयोगका तत्कालीन अध्यक्ष सुरेन्द्र प्रसाद यादव उमेर हदका कारण पदमुक्त भए । मधेश सरकारले समयमा आयोगका अध्यक्ष नियुक्त नगर्दा आयोगका परीक्षा लगायतका कार्यक्रम ५ महिनासम्म अन्योल रह्यो । ११ साउनमा मुख्यमन्त्री सतिशकुमार सिंहले आयोगको अध्यक्षमा शिवराम यादवलाई नियुक्त गरेपछि कामकारबाही अघि बढ्यो ।
अब अन्तर्वार्ताका लागि बोलाइन्छ भन्ने आशमा रहेका परीक्षार्थीलाई आयोगको भदौ ९ गते जारी गरेको सूचनाले बन्चित गरिदियो । त्यो सूचनामा लेखिएको छ, ‘…प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ४३ को उपदफा २ तथा प्रदेश लोक सेवा आयोग नियमावलिको नियम २८ को उपनियम २ ले उक्त सम्बन्धमा गरेको व्यवस्था अनुरुप रितपूर्वक प्राप्त भएका नदेखिएकाले निजहरुको माग बमोजिम छुट अन्तर्वार्ता लिन नसकिने व्यहोरा सुचित गरिन्छ ।
आयोगको यो सूचनापछि महोत्तरीको जलेश्वर नगरपालिका ९ लोचनाका उम्मेदवार उमेश कुमार साहले उच्च अदालतमा रिट दायर गरेका छन् ।
आयोगको लापरवाहीका कारण आफूहरु अन्तर्वार्ताबाट बन्चित भएको भन्दै पुनः अन्तर्वार्ता दिन पाउनुपर्ने माग परीक्षार्थीको छ । तर आयोगले उनीहरुको माग अस्वीकार गरेको छ ।
आयोगका प्रवक्ता गंगेश गुञ्जन झाले अन्तवार्ताबाट वञ्चित हुने कारण निवेदनमा रितपूर्वक नदेखिँदा ती उम्मेदवारको अब अन्तर्वार्ता आयोगले नलिने बताए । ‘निवेदनमा समयमा उपस्थित हुन नसकेको उचित कारण उल्लेख छैन । त्यसकारण आयोगले ती ६ छुट उम्मेदवारको परीक्षा नलिने निर्णय गरेको हो,’ प्रवक्ता झाले भने, ‘उचित कारणविना निवेदनकै आधारमा जहिले पनि छुट उम्मेदवारको अन्तवार्ता लिँदा गलत नजिर बस्न सक्छ ।’
उनले परीक्षार्थीहरुले भनेको जस्तो आयोगको वेबसाइट कहिल्यै पनि डाउन नभएको दावीसमेत गरे ।

Related posts:

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

डोनाल्ड ट्रम्पले गरे इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत

Leave a Reply