११ भदौ, काठमाडौं । भारत महाराष्ट्रको सिन्धुदुर्ग जिल्लामा पर्ने राजकोट गढीमा स्थापित छत्रपति शिवाजी महाराजको प्रतिमा हावाले ढालेपछि नरेन्द्र मोदी नेतृत्वको सरकारको आलोचना भएको छ ।

प्रधानमन्त्री मोदीले सन् २०२३ को डिसेम्बर ४ मा नौसेना दिवसको अवसरमा प्रतिमा अनावरण गरेका थिए । भारतीय नौसेनाले निर्माण र स्थापना गरेको उक्त प्रतिमा ३५ फिट अग्लो थियो । एक वर्ष नपुग्दै प्रतिमा ढलेर टुक्राटुक्रा भएपछि विपक्षी दलहरुले त्यसको गुणस्तर र अनावरण गर्ने मोदीको हतारोमा प्रश्न उठाइरहेका छन् ।

कांग्रेसले सामाजिक सन्जाल एक्समा भाजपा नेतृत्वको सरकार भ्रष्टाचार गरेको आरोप लगाएको छ । कांग्रेसले लेखेको छ, ‘भाजपा सरकारमा चरम भ्रष्टाचार छ । करिब ८ महिनापछि छत्रपति शिवाजी महाराजको प्रतिमा ढलेको छ । हालत यस्तो छ कि भ्रष्टाचारको मामलामा महापुरुषहरुलाई पनि बाँकी राखिएको छैन ।’

उद्धव बालासाहेब ठाकेरे नेतृत्वको शिवसेनाका विधायक वैभव नाइकले यो घटनाको जाँच गर्न र दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

महाराष्ट्र राज्यका मुख्यमन्त्री एकनाथ शिन्देले ४५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा चलेको हावाका कारण प्रतिमा ढलेको बताएका छन् । यसलाई दुर्भाग्य भन्दै उनले त्यो ठाउँमा छत्रपति शिवाजी महाराजको प्रतिमा पुनर्निर्माण गरिने बताएका छन् ।

को हुन् छत्रपति शिवाजी महाराज ?

छत्रपति शिवाजी महाराज महाराष्ट्र राज्यको संस्थापक मानिन्छन् । उनले मुगल शासक र औरंगजेबविरुद्ध कयौं युद्ध जितेर मराठा साम्राज्य स्थापित गरेका थिए ।

उनको गुरिल्ला युद्ध शैली, सैन्य योजना र शक्तिशाली सेनाका सफलताका गाथा इतिहासमा पढ्न पाइन्छ ।

औरंगजेबले शिवाजीलाई धोका दिंदै कैद गरे पनि चतुर्‍याइँपूर्वक कैद मुक्त भएको र औरंगजेबका सेनाविरुद्ध लडेर २४ किल्ला फिर्ता लिन सफल भएको ऐतिहासिक कथाहरु छन् । उनका सफलताका कथामा फिल्महरु पनि बनेका छन् ।

१९ फेब्रुअरी सन् १६३० मा महाराष्ट्रको पुणे, दुर्ग शिवनेरीमा जन्मिएका उनको वास्तविक नाम भने शिवाजी राज भोसले थियो । पछि उनलाई छत्रपतिको उपाधि प्रदान गरिएको थियो । ३ अप्रिल १६८० मा उनको निधन भएको थियो ।

 

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply