नेपालबाट एक वर्षमा १७ अर्बको बिद्युत निर्यात

१३ साउन, काठमाडौं । नेपाल खुद विद्युत निर्यातकर्ता मुलुक बनेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । गत आवमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत् आयात गरेको छ । यसरी आयातको तुलनामा निर्यात धेरै हुँदा नेपाल खुद् निर्यातकर्ता बन्न सफल भएको प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात भएको जनाएको छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि (एनभीभीएन)लाई बिक्री गरिरहेको छ । एनभीभीएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । निर्यात गरिएको विद्युत्‌को औसत दर प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा छ ।
प्राधिकरणले गत आवमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत् आयात गरेको छ । शुख्खायाममा खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहरुबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गत आवमा भारतबाट १ अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात गरिएको हो । हिउँदयाममा आयात गरिएको विद्युत्को औसत दर प्रति युनिट ९ रुपैयाँ १७ पैसा छ ।
गत आवमा आयातभन्दा १२ करोड २३ लाख रुपैयाँको बढी विद्युत् भारततर्फ निर्यात भएको छ । यसैगरी, ऊर्जाका आधारमा आयातभन्दा १० करोड ९१ लाख लाख युनिट बढी विद्युत् निर्यात भएको हो । निर्यात गरिएको परिमाण आयातभन्दा बढी भएकाले भारतीय प्रतिस्पर्धी बजारमा प्रवेश पाएको तीन वर्षमा नै नेपाल विद्युत्को खुद निर्यातकर्ता बनेको छ ।
आव २०७९/८० मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको विद्युत आयात भएको थियो भने १० अर्ब ४५ करोड ५० लाख रुपैयाँको निर्यात गरिएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी केही वर्ष अझै हिउँदका केही महिनाको आन्तरिक माग व्यवस्थापन गर्न विद्युत् आयात गर्नु परेतापनि अब निर्यातको परिमाण बढ्दै जाने बताए ।
‘६/७ वर्षअघिसम्म विद्युत् आयातकर्ताको मात्र अवस्था थियो, ३ वर्षअघिबाट भारतीय प्रतिस्पर्धी बजारमा विद्युत् निर्यात सुरु गरेतापनि निर्यातभन्दा आयात बढी भई खुद आयातकर्ता बन्ने अवस्था थियो, अब गत आवबाट खूद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था बनेको छ, थोरै परिमाणमा खुद निर्यातकर्ता भएतापनि यो महत्वपूर्ण उपलब्धी हो, ऊर्जा क्षेत्रका लागि एउटा कोशेढुङ्गा हो’, कार्यकारी निर्देशक घिसिङले भने ।
उनले विद्युत्को पर्याप्त उपलब्ध हुँदा देशभित्र विद्युतीय सवारी साधन र इन्डक्सन चुलोको प्रयोगले पेट्रोलियम पदार्थको आयातमा गिरावट आउँदा र विद्युत् निर्यात परिमाण बढ्दा नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको छ, यसबाट देशको विदेशी मुद्रा सञ्चितिमा पनि सकारात्मक प्रभाव परेको उनले बताए ।
नेपालले भारतको इनर्जी एक्सेचेन्जको डे अहेड मार्केटमा सन् २०२१ मे १ मा प्रवेश पाएको थियो । सुरुमा विद्युत् आयात अनुमति पाएको नेपालले सन् २०२१ नोभेम्बर ३ मा निर्यातकर्ताको रुपमा पनि प्रवेश पाएको थियो । हाल नेपालले मिडियम टर्म, डे अहेड र रियल टाइम मार्केटमा दैनिक करिब ७ सय मेगावाट विद्युत् भारतमा बिक्री गरिरहेको छ । प्राधिकरणले १६ वटा आयोजनाहरुबाट उत्पादित ६९० मेगावाट विद्युत् निर्यात अनुमति पाएको हो ।
कार्यकारी निर्देशक घिसिङले मध्यकालीन सम्झौताअनुसार थप ४ सय मेगावाट विद्युत् निर्यात अनुमति पाउने चरणमा रहेको जानकारी दिए । ‘हरियाणा र बिहार राज्यलाई बिक्री गर्ने गरी थप ४०० मेगावाट विद्युत निर्यात गर्न भारतको सम्बन्धित निकायबाट अनुमति आउने चरणमा छ, बंगलादेशसँग पनि छिट्टै सम्झौता गरी यसै वर्षबाट ४० मेगावाट निर्यात गर्दैछौं’, घिसिङले भने ।

Related posts:

थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको तयारी

कोशी,कमला र सप्तरीको खान्दो खोलाले सतर्कता तह पार गर्‍याे

विश्व टेस्ट च्याम्पियनशिपको ऐतिहासिक उपाधि दक्षिण अफ्रिकालाई

ठाउँठाउँमा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध

बालबालिका अझै श्रममा

अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु

तीनकुने घटना : थुनछेक बहस आज पनि जारी

आमाका नामबाट मात्र पनि नागरिकता दिइने

बदली र वर्षासँगै देशभर गर्मी कम हुँदै

दुर्गा प्रसाईंलाई थुनाबाहिरै राख्न इजलासमा भीमार्जुनसहित ६ वकिलको माग

पोखरामा युवकको शव फेला, घटना रहस्यमय

देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

पोखरीमा डुबेर २ जना बालकको ज्यान गयो

डेंगु संक्रमण फैलिँदै, अबका चार महिना अति जोखिमपूर्ण

माओवादी पदाधिकारी बैठक प्रचण्ड निवासमा

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी पक्राउ

राजावादीहरुको आन्दोलन रोकिए नेताहरुको अंगरक्षक पुनः खटाइनेछ

महानगरमा शक्तिहीन बने बालेनः न कार्यपालिका साथमा, न नगर प्रहरी हातमा

सदनको अवरोध हटाउन सभामुख छलफलमा

पुल बेचेको आरोपमा रोशी गाउँपालिका-७ का वडाअध्यक्ष पक्राउ

यातायात बन्द गराएको आरोपमा १४ जना पक्राउ

नक्सालमा राजावादी र प्रहरीबिच धकेलाधकेल

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

आज विश्व धूमपानरहित दिवस क्यान्सरको जोखिमबाट जोगिन सल्लाह

संसद्‌को अवरोध विषयमा सभामुखले बोलाए सचेतकहरूको बैठक

खुँडा र ढालसहित एमालेको प्रदर्शन

भारतमा कोरोनाबाट १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि

तीनवटा मोबाइल चलाउँथे भट्टराई , एउटा मोबाइल सेटिङमा मात्रै प्रयोग

सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीको धर्ना

दुई करोड रुपैयाँको तरबुजा बिक्री

रामेछापमा एम्बुलेन्स दुर्घटना : तीनजना घाइते, दुई गम्भीर

गाजामा भोकमरीले ज्यान गुमाउँदै हजारौं शिशुहरू

नवनियुक्त गभर्नर पौडेलद्वारा शपथ एवम पदभार ग्रहण

प्रधानमन्त्रीलाई भाग्न बाध्य पार्ने गरी आन्दोलन चर्काउने लिङ्देनको भनाइ

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

बाबुले गरे छोरी र भतिजको हत्या

मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

एकैदिन ३५ सय घट्यो सुन

मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ

उमेरहदमा अड्कियो निजामती विधेयक

उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा

कर्पोरेसनले भन्यो- चाहिनेजति तेल छ, नआत्तिनू

निजी स्कुलको बसमा आगलागी, विद्यार्थी सकुशल

गुड्दा गुड्दै जमिनमुनि गाडी गायब, भूगर्भविद्‍ले थाले अध्ययन

रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट, प्रहरीले थाल्यो अनुसन्धान

Leave a Reply

Your email address will not be published. Required fields are marked *