९ साउन, काठमाडौं । भारतले व्यक्तिगत आयकरको स्ल्याबमा परिवर्तन गरेपछि सवा ११ लाख नेपाली रुपैयाँसम्मको आयमा भारतको तुलनामा नेपालमा करको दर ६ गुणा बढी पुगेको छ ।
भारतीय अर्थमन्त्री निर्मला सितारमणले मंगलवार सार्वजनिक गरेको बजेटमार्फत ७ लाख भारु अर्थात् ११ लाख ३४ हजार नेपाली रुपैयाँसम्म ५ प्रतिशत कर तिरे हुने व्यवस्था गरिएको छ ।
त्यस बराबरको आयमा नेपालमा चार स्लाबमा आयकर तिर्नुपर्छ । शुरुमा ५ लाखसम्मको आयमा १ प्रतिशत कर लाग्छ भने त्यसपछिको २ लाखमा १० प्रतिशत कर लाग्ने गरेको छ । त्यस्तै, त्यसपछिको ३ लाख रुपैयाँमा २० प्रतिशत कर लाग्छ भने त्यसपछिको १० लाख रुपैयाँमा नेपालमा ३० प्रतिशत कर लाग्ने गरेको छ ।
यस हिसाबले भारु ७ लाख बराबरको आयमा नेपालमा ३० प्रतिशतसम्मको स्लाबमा बसेर आयकर तिर्नुपर्ने अवस्था छ ।
जबकि, भारतमा ३ लाख भारु अर्थात् ४ लाख ८६ हजार सम्म कुनै कर नै तिर्नुपर्दैन । तीन लाख देखि ७ लाख भारुसम्म ५ प्रतिशत र ७ लाखदेखि १० लाख भारुसम्म १० प्रतिशत कर तिर्नुपर्ने प्रस्ताव भारतको बजेटले गरेको छ ।
त्यसभन्दा माथि १० लाख भारुसम्म भारतमा १० प्रतिशत र १० देखि १२ लाख भारुसम्म १५ प्रतिशत आयकर लाग्ने व्यवस्था छ । १२ देखि १५ लाख भारुसम्म २० प्रतिशत आयकर भारतमा लाग्दै आएको छ । १५ लाखदेखि माथिको आयमा भने भारतमा ३० प्रतिशत आयकर लाग्छ ।
५० लाख भारुसम्म ३० प्रतिशत आयर लाग्छ भने त्यसभन्दा माथि १ करोड भारुसम्म १० प्रतिशत सरचार्ज जोडेर कर लाग्छ अर्थात् ३३ प्रतिशत कर लाग्छ । त्यस्तै, १ देखि २ करोड भारुसम्म १५ प्रतिशत सरचार्ज लाग्छ अर्थात् साढे ३४ प्रतिशत कर लाग्छ । त्यसभन्दा माथिको आयमा २५ प्रतिशत सरचार्ज लाग्छ । अर्थात् भारतमा अधिकतम् आयकरको दर साढे ३७ प्रतिशतसम्म छ ।
नेपालमा भने अत्यन्तै कमजोर आयवर्गकै जनतासँग राज्यले आयकर उठाउँदै आएको छ । आयकरको विश्वव्यापी मान्यता विपरीत नेपालले सबैभन्दा कमजोर आयवर्गका नागरिकहरुसँग १ प्रतिशत कर लिँदै आएको छ । ५ लाख रुपैयाँसम्म आय गर्नेले सो दरमा कर तिर्नुपर्छ ।
त्यसपछिको २ लाखमा एकैपटक १० प्रतिशत कर तिर्नुपर्छ भने त्यसपछिको ३ लाखमा २० प्रतिशत कर तिर्नुपर्छ । १० लाखभन्दा माथि २० लाख रुपैयाँसम्म ३० प्रतिशत कर तिर्नुपर्छ भने त्यसमाथि ५० लाख रुपैयाँसम्म ३६ प्रतिशत आयकर तिर्नुपर्छ भने ५० लाखभन्दा माथिको आयमा ३९ प्रतिशत कर तिर्नुपर्छ ।
नेपालको तुलनामा भारतमा जिविका चलाउने खर्च १६.४ प्रतिशतले कम भएको यससम्बन्धी तथ्यांक राख्ने प्लेटफर्म ‘नम्बियो’ले उल्लेख गरेको छ । तर, नेपालमा एकातिर जिविका चलाउने खर्च धेरै छ, अर्कातिर करको दर पनि भारतको तुलनामा अत्यधिक धेरै छ ।
नेपाल र भारतको आयकरको स्लाब तुलना
नेपाल भारत
आय करको दर आय करको दर
५ लाख रुपैयाँसम्म १ प्रतिशत ३ लाख भारुसम्म शून्य
त्यसपछिको २ लाख १० प्रतिशत ३ देखि ७ लाख भारु ५ प्रतिशत
त्यसपछिको ३ लाख २० प्रतिशत ७ देखि १० लाख भारु १० प्रतिशत
त्यसपछिको १० लाख ३० प्रतिशत १० देखि १२ लाख भारु १५ प्रतिशत
त्यसपछिको ३० लाख ३६ प्रतिशत १२ देखि १५ लाख भारु २० प्रतिशत
५० लाखमाथि ३९ प्रतिशत १५ लाख भारुभन्दा माथि (यसमाथि थप आयका आधारमा सरचार्ज लाग्छ, अधिकतम् साढे ७ प्रतिशतसम्मले थप कर तिर्नुपर्छ)

Related posts:

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply