९ जेठ, जनकपुरधाम । शैक्षिक सुधारका लागि जनकपुर उपमहानगरपालिकाले नीजि विद्यालयका प्रधानाध्यापक, सञ्चालक तथा सम्बन्धित पक्षहरुसँग छलफल गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह तथा प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी लगायतको उपस्थितिमा विद्यालयको गुणस्तरीयता कायम राख्न अपनाउन सकिने उपायका विषयमा छलफल भएको छ । प्याब्सन, एनप्याब्सन तथा मधेस प्याब्सन सम्बद्ध विद्यालयका प्रधानाध्यापक तथा सञ्चालकहरु सहितको उपस्थितिमा भएको सो छलफल कार्यक्रममा नगरप्रमुख साहले नगरभित्रका विद्यालयहरुमा शैक्षिक गतिविधि सुधार, अवैध विद्यालयमाथी निगरानी, परिक्षा प्रणालीमा सुधार लगायतका विषयमा कदम चाल्न उपमहानगर सदैव तयार रहने प्रतिवद्धता व्यक्त गरे । उनले बिना इजाजत संचालित विद्यालयलाई कारवाही गर्न तयार रहेपनि संघिय शिक्षा ऐनको अभावमा कतिपय कदम चाल्न अप्ठ्यारो भईरहेको ईंिकत गरे ।

२०२८ को शिक्षा ऐनलाई टेकेर उपमहानगरले स्थानीय शिक्षा ऐन निर्माण गरेको बताउँदै उनले उपमहानगरको शैक्षिक स्तर सुधारका लागि हरसम्भव प्रयास गरिने प्रतिबद्धता जनाए ।

छलफलमा सहभागी एनप्याब्सनका जनकपुरधाम नगर अध्यक्ष दिपक ठाकुरले दर्ताबिनाका विद्यालयहरुलाई अबिलम्ब बन्द गर्नुपर्ने सुझाव दिएका थिए । उनले भने, ‘दर्ताबिनाका विद्यालयहरुलाई या त बन्द गर्नुपर्छ नभए प्रक्रिया पुर्याएर वैधता प्रदान गर्नुपर्छ । त्यसपछि हाम्रो कुनै आपत्ति रहने छैन ।’

उनले उपमहानगरले यहाँका अवैध विद्यालयहरुलार्ई तत्कालै विद्यालय बन्द गर्न र दर्ताको प्रक्रियामा आउन आह्वान गर्दै चिठ्ठीसमेत काटिसक्दा पनि बेवास्ता गर्नु दुःखद रहेको सुनाए ।

ठाकुरले पाठ्यक्रममा मैथिली समावेश गर्न उपमहानगरसँग माग गर्दै परीक्षा प्रणालीमा सुधार हुनुपर्ने र पुरानै पाठ्यक्रम अध्यापन गराइरहेका केही विद्यालयहरुमाथि कारवाही गर्नसमेत माग गरे । उनले उपमहानगरले शैक्षिक सुधारका लागि चाँडै केही पहल नगरे प्याब्सन र एनप्याब्सनले कुनै सहकार्य नगर्ने चेतावनी समेत दिए ।

उपमहानगरले यसअघि समुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग पनि सम्वाद गरिसकेको छ ।

 

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply