१७ वैशाख, काठमाडौं । भारतको कलकत्ता उच्च अदालतले पश्चिम बंगाल राज्यका २५ हजार ७५३ शिक्षकको नियुक्ति खारेज गरिदिएपछि करिब १३ हजार सरकारी स्कुलको पढाइ प्रभावित भएको छ ।

पढाइ प्रभावित भएपछि पश्चिम बंगाल सरकार र अभिभावकहरु सर्वोच्च अदालत पुगेका छन् । सो मुद्दामा सोमबार (आज) पेशी तोकिएको छ ।

उच्च अदालतले सन् २०१६ मा स्कुल सेवा आयोगले शिक्षक भर्नाका लागि लिएको परीक्षामा अनियमितता भएको ठहर गर्दै उक्त परीक्षा पास गरी नियुक्त भएका सबै शिक्षकहरुको नियुक्ति खारेज हुने फैसला गत सोमबार गरेको थियो ।

साथै ती शिक्षकहरुले सात वर्षको अवधिमा खाइपाइ आएको तलब चार हप्ताभित्र १२ प्रतिशत ब्याजसहित सरकारलाई फिर्ता गर्न पनि अदालतले आदेश दिएको थियो । जागिर पनि गुम्ने र तलबभत्ता पनि ब्याजसहित फिर्ता गर्नुपर्ने उच्च अदालतको फैसलाबाट शिक्षकहरु तनावमा छन् ।

उनीहरु मंगलबारदेखि नै कलकत्ताको शहीद मिनार मैदानमा धर्ना जारी राखेका छन् । साथै सर्वोच्च अदालतमा पनि मुद्दा दायर गरेका छन् ।

पश्चिम बंगाल राज्यमा सन् २०१६ मा स्कुल सेवा आयोगको परीक्षा हुँदा करिब ४–५ हजार जनाले अवैध ढंगले जागिर खाएको भन्दै आरोप थियो । उनीहरुले उत्तरपुस्तिकामा केही पनि नलेखी बुझाएको तर परीक्षामा पास भएको नतिजा सार्वजनिक भएको आरोप छ । त्यही मुद्दामा अदालत पुगेको थियो ।

सन् २०१४ को परीक्षामा पनि प्रश्न

सन् २०१६ को परीक्षामामात्र नभई सन् २०१४ को परीक्षामा पनि अनियमितता भएको भन्दै अदालतमा मुद्दा दायर भएको छ । सन् २१०४ मा प्राथमिक शिक्षक भर्नाका लागि परीक्षा भएको थियो । यो मुद्दा कलकत्ता हाइकोर्टमै विचाराधिन छ ।

उच्च अदालतका न्यायाधीश राजशेखर मान्थाले सीबीआईलाई उक्त परीक्षाको ओएमआर उत्तरपुस्तिकाबाट अनियमितता नभएको तथ्य फेला नपरेमा परीक्षा रद्द गरिदिने चेतावनी दिइसकेका छन् । त्यसैले सन् २०१४ को ब्याचका प्राथमिक शिक्षकहरुमा चिन्ता बढेको छ ।

सन् २०१४ मा लाखौं उम्मेदवारहरुले परीक्षा दिएका थिए । त्यसको नतिजा सन् २०१५ मा सार्वजनिक भएको थियो र सन् २०१६ मा करिब ६० हजार जनाले शिक्षकको जागिर पाएका थिए ।

गत वर्षको जुन महिनामा न्यायाधीश अभिजित गंगोपाध्याले सन् २०१६ मा भर्ना भएका ४२ हजार ५०० जना प्राथमिक शिक्षकहरुमध्ये ३६ हजार जना शिक्षक बन्न अयोग्य भएको भन्दै उनीहरुलाई सेवाबाट हटाउन आदेश दिएका थिए ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply