२८ चैत, जनकपुरधाम । जनकपुरधाममा छुरा प्रहार गरी युवकको हत्या गरेको आरोपमा पक्राउ परेका अर्जुन साह पटके अपराधी रहेको खुलेको छ ।

गत सोमबार पौने १ बजे दिउँसो जनकपुरधामको विश्वकर्मा चोकनजिक महोतरी एकडरा गाउँपालिका–३ भटोलियाटोलका २० वर्षीय प्रिन्स महासेठको छुरा प्रहार गरी हत्या भएको थियो ।

उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगर–४ का २२ वर्षीय अर्जुन भन्ने अजय साहलाई तत्कालै पक्राउ गरेको थियो ।

पक्राउ परेका अर्जुनलाई धनुषा प्रहरीले सार्वजनिक गर्दै उनी पटके अपराधी भएको खुलेको बताएको छ ।

प्रहरी अनुसन्धानले अर्जुन विगत २०७२ सालयता पटक–पटक अपराधमा संलग्न भएको खुलेको छ । उनले ‘यस क्षेत्रका दादा हुँ’ भन्दै अपराध कर्म गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

उनले भारती नाकामा लागूऔषध नाइट्रोभेट ट्याब्लेट, गाँजा र भाङ सेवन गर्ने गराउने र भनेको कुरा नमाने कुटपिट गर्ने गरेको पाइएको डीएसपी अवाको भनाइ छ ।

डीएसपी अवाका अनुसार अर्जुन पटकपटक अपराध गरेर पक्राउ परेको र जिल्ला प्रहरी कार्यालय धनुषाबाट मुद्दा चलाइएर पुर्पक्षका लागि कारागारसमेत चलान भएर छुटेका व्यक्ति हुन् ।

६ वैशाखमा अर्जुन चोरी मुद्दामा पक्राउ परेर धनुषा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जलेश्वर कारागार पठाइएपछि पछि छुटेका थिए । छुटेको केही समयपछि गत मंसिर ६ गते पुनः अपराधमा उनीमाथि जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा चलाइएको थियो ।

२०७८ मंसिर २१ गते उनीमाथि प्रहरीले सार्वजानिक शान्तिविरुद्धको कसुर मुद्दामा पक्राउ गरेर मुद्दा चलाएको थियो । २०७२ साउन ३२ मा उनीमाथि सार्वजानिक अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको डिएसपी अवाले बताए ।

धनुषाका प्रहरी प्रवक्ता अवाका अनुसार गत सोमबार अर्जुन, मृतक प्रिन्स र रोशन कुमार जटही नेपाल भारत सीमा धनुषाको जटही पुगेको बेला उनीहरुबीच विवाद भएको थियो ।

त्यहाँबाट फर्किने क्रममा जकपुरको विश्वकर्मा चोकमा अर्जुनले प्रिन्सलाई कठालो समातेर बसबाट रोडमा खसालेर कुटपिट गर्दै आफूले बोकेको चक्कु झिकेर प्रिन्सको छातीको बाँया भागमा प्रहार गरेका थिए ।

त्यहाँबाट प्रिन्स र रोशन भाग्न भाग्न खोजेका थिए भने छुरा लागेका बेहोस भएका रोशनलाई प्रादेशिक अस्पताल जनकपुर पुरयाउँदा चिकित्सकले मृत घोष्णा गरेका थिए ।

मृतक प्रिन्स स्वर्गीय लाल महासेठका छोरा हुन् । उनकी आमा सुमित्रा कुमारी साह जनकपुरमा फलफूलको व्यवसाय गर्दै छोरा हुर्काउँदै आएकी थिइन् ।

पक्राउ परेका अर्जुनमाथि कर्तव्यज्यान मुद्दामा अनुसन्धान भइरहेको डिएसपी अवाले बताए ।

Related posts:

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply