चैत्र २६, जनकपुरधाम। मुख्यमन्त्री सरोजकुमार यादवले मधेशको खानेपानी समस्या समाधानका लागि तत्कालिन र दीर्घकालीन योजना बनाएर अघि बढनु पर्ने बताउनु भएको छ ।
संघीय खानेपानी तथा ढल निकासी बिभागद्वारा आज धनुषाको लालगढमा आयोजित मधेश प्रदेशका लागि गुणस्तरयुक्त थोक खानेपानी बितरण सम्बन्धि परामर्श गोष्ठीमा मुख्यमन्त्री यादवले सो कुरा बताउनु भएको हो ।

मधेशको दक्षिणी भुभागमा केही बर्ष यता पानीको सतह घटेपछी सुख्खा याममा खानेपानीको हाहाकार हुँदै आएको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री यादवले दुबै खाले योजनालाई अगाडि बढाउन संघिय सरकारलाई आग्रह समेत गर्नु भयो ।

संघीय सरकारले सुनकोशी मरिन डाईभर्सनको पानीमध्ये केही पानीलाई प्रशोधन गरि मधेशका ६ वटा जिल्लामा खानेपानी आपूर्ति गर्ने नीति लिएकोमा धन्यवाद दिदै मुख्यमन्त्री यादवले भन्नू भयो – ‘योजना सराहनीय छ । मधेश सरकार हातेमालो गर्न प्रतिबद्ध छ । यो योजना पूरा हुन धेरै समय लाग्छ । तसर्थ तत्कालीन योजना अघि बढाउन आवश्यक छ । हामी लाई सहयोग गर्नुस । मधेशका चापाकल हरु अहिले नै सुकन थालेका छन । तत्कालीन योजनाका लागि संघ सरकारलाई आग्रह गर्दछु ।

संघिय खानेपानी मन्त्री राजेन्द्र कुमार राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतिनिधि सभा महिला, बालबिकास तथा समाजिक समितिका सभापति किरण साह, पुर्व खानेपानी मन्त्री महेन्द्र राय यादव,मधेश सरकारका उर्जा, खानेपानी तथा सिचाई मन्त्री सिंघासन सा कलवार लगायतका बक्ताहरुले मधेशमा खानेपानी आपूर्तिको अवस्था र अगामि रणनिती बारे आ आफ्नो धारणा राख्नु भएको थियो ।

गोष्ठिमा खानेपानी तथा ढ्ल निकास बिभागका निर्देशक कमलराज श्रेष्ठ्ले थोक खानेपानी आपूर्ति प्रणाली सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सुन कोशी मरिन डाईभर्सनको पानी मध्ये केही भागलाई प्रशोधन गरेर मधेश प्रदेशको धनुषा देखि पर्सा सम्म खानेपानी सप्लाई गरि दिर्घकालिन समाधान गर्न सकिने बताए । सो परियोजनाका लागि ४६ अर्ब २० करोड १० लाख १५ हजार ४ सय ८८ रुपैया लागत अनुमान गरिएको छ ।

Related posts:

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

डोनाल्ड ट्रम्पले गरे इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत

Leave a Reply