२८ माघ, काठमाडौं । राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहको प्रारम्भिक चरणको परीक्षामा झण्डै ८९ प्रतिशत परीक्षार्थी सहभागी भएका छन् । लोक सेवा आयोगले परीक्षार्थीको यो उपस्थितिलाई ‘अभूतपूर्व’ भनेको छ ।

खुला तथा समावेशी प्रतियोगिताबाट २७३ जना अधिकृत पदपूर्तिका लागि लोक सेवा आयोगले गत असार २७ गते विज्ञापन खुलाएको थियो । सोही विज्ञापनको प्रारम्भिक चरणको परीक्षा माघ २७ गते (शनिबार) भएको थियो ।

शाखा अधिकृतका लागि आवेदन दिएका २३ हजार ७११ जनामध्ये प्रारभ्भिक चरणको परीक्षामा २१ हजार २७ जना परीक्षार्थी सहभागी भएका थिए । ‘प्रतिशतको हिसाबले यो सहभागिता ८८.६८ प्रतिशत हुन आउँछ र यो भनेको अभूतपूर्व हो,’ लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले  भने ।

आयोगले देशभरका १४ कार्यालयबाट शनिबार १०० पूर्णाङ्कको प्रारम्भिक परीक्षा सञ्चालन गरेको थियो । त्यसमध्ये काठमाडौं केन्द्रबाट सबैभन्दा धेरै १० हजार ८८६ आवदेकमध्ये ९ हजार ८७१ परीक्षार्थी सहभागी भए । यो उपस्थिति करिब ९१ प्रतिशत हो ।

काठमाडौं उपत्यका बाहिरका १३ कार्यालयबाट १२ हजार ८७७ जनाले आवेदन फारम भरेकोमा ११ हजार १५६ जना प्रारम्भिक परीक्षामा सहभागी भएका छन् ।

विद्यार्थी संख्याको आधारमा जुम्ला परीक्षा केन्द्रबाट सबैभन्दा कम ९५ आवेदकमध्ये ८२ जना सहभागी भएका छन् । परीक्षा केन्द्रको हिसाबमा सबैभन्दा बढी काठमाडौंको शान्ति विद्यागृहको ‘क’ केन्द्रमा २०० मध्ये १९२ जना अर्थात् ९६ प्रतिशत परीक्षाथीहरुले पहिलो चरणको परीक्षा दिएका छन् ।

आयोगका अध्यक्ष रेग्मी लोक सेवा आयोगले लिने परीक्षा निष्पक्ष हुन्छ भन्ने विश्वास आम नागरिकमा रहेको र त्यसको एउटा उदाहरण अधिकृत तहको परीक्षाको उत्साहजनक उपस्थिति रहेको बताउँछन् । यो उपस्थितिले आफूहरुलाई थप ऊर्जा प्रदान गरेको उनी बताउँछन् ।

‘लोक सेवा आयोगले परीक्षामा निष्पक्षता र स्वच्छताका साथ योग्यता प्रणालीको प्रवर्द्धन गर्दै आएको छ,’ आयोग अध्यक्ष रेग्मीले भने, ‘आवेदक उम्मेदवारहरुको आयोगप्रतिको विश्वसनीयता समेत निरन्तर वृद्धि हुँदै गएको छ ।’

आयोगकी प्रवक्ता गीता कुमारी होमेगाईले शनिबार सम्पन्न प्रारम्भिक परीक्षामा देखिएको उल्लेख्य उपस्थितिले सरकारी सेवाप्रति आम नागरिकको आकर्षण छ भन्ने देखिने बताइन् । ‘लोक सेवाको परीक्षामा देखिएको उत्साहजनक उपस्थितिले सरकारी सेवाप्रति आकर्षण छ र आम जनताको भरोसा/विश्वास लोक सेवाले लिने परीक्षाप्रति छ भन्ने देखिन्छ,’ उनले भनिन् ।

प्रारम्भिक परीक्षाको नतिजा कहिले ?

लोक सेवा आयोगले न्याय सेवा बाहेकका सेवामा प्रारम्भिक परीक्षा लिने गर्दछ । शाखा अधिकृत बन्न चार चरणका परीक्षा पास गर्नुपर्दछ । प्रारम्भिक चरणको परीक्षामा पास भएकाहरु मात्र दोस्रो चरणको मूल परीक्षामा सहभागी हुन पाउँछन् ।

एक सय पूर्णाङ्कको प्रारम्भिक परीक्षामा पास हुन कम्तिमा ४० अंक ल्याउनुपर्छ । प्रारम्भिक चरणको परीक्षामा पाएको अंकको ५० प्रतिशत मूल चरणको परीक्षाको प्राप्तांकमा जोडिन्छ । सबैभन्दा धेरै अंक ल्याउनेहरुलाई आयोगले शाखा अधिकृतमा नियुक्तिका लागि सिफारिस गर्दछ ।

आयोगले शनिबार सञ्चालन गरेको प्रारम्भिक चरणको परीक्षाको नतिजा १०/१५ दिनभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । मेसिन रिडेबल एन्सरसिट भएकाले नतिजा निकाल्न ढिला नहुने आयोगले जनाएको छ ।

लोक सेवा आयोगले वार्षिक तालिका अनुसार परीक्षा सञ्चालन र नियुक्ति सिफारिस गर्दै आएको छ । आयोगको तालिका कोरोना महामारीको बेला भने प्रभावित भएको थियो । थारु समुदायको आरक्षणको विषयमा मुद्दामामिला लगायतका कारण पनि लिखित परीक्षाहरु हुन सकेका थिएनन् । त्यसका कारण क्यालेण्डर प्रभावित भएको थियो भने आयोगमा पनि कामको बोझ बढेको थियो ।

अहिले भने कामको गति बढाएर आयोगलाई नियमित लयमा फर्काइएको अध्यक्ष रेग्मी बताउँछन् । ‘हामी २०७८ असार १० गते नियुक्त भएर आयोगमा आउँदा करिब अढाइ वर्षका काम पेण्डिङ थिए । क्यालेण्डर नै प्रभावित भएको थियो,’ अध्यक्ष रेग्मी भन्छन्, ‘त्यसलाई लयमा फर्काउन डबल सिफ्ट काम गर्यौं । हाम्रा कर्मचारी साथीहरु डटेर खटिनु भयो । त्यसैको परिणाम स्वरुप अहिले हामी नर्मल क्यालेण्डर फलो गर्ने अवस्थामा पुगेका छौं ।’

सोही नर्मल क्यालेण्डर अनुसार शनिबार शाखा अधिकृतको प्रारम्भिक चरणको परीक्षा सञ्चालन भएको उनी बताउँछन् । यो परीक्षामा सहभागीहरुको उत्साहजनक उपस्थितिले आफूहरुलाई काममा थप ऊर्जा पैदा गरेको रेग्मीले बताए । ‘शनिबारको शाखा अधिकृतको प्रारम्भिक परीक्षाको उपस्थिति हाम्रा लागि ऊर्जा हो,’ उनले भने ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply