१९ माघ, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले आज छिमेकी टोली भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा हुनेछ ।

नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।

आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा पनि भारत नेट रनरेटको आधारमा सेमिफाइनल खेल्ने देखिन्छ ।

नेपाल अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ । दक्षिण अफ्रिकामा नेपालको ब्याटिङ चल्न सकेको छैन ।

अर्जुन कुमालले पहिलो खेलमा न्युजिल्यान्डसँग ९० रन बनाएका थिए । त्यसपछि पाकिस्तानसँग ६, अफगानिस्तानसँग १० र बंगलादेशसँग १४ रनमा आउट भएका थिए ।

सिनियर टोलीबाट खेलेका गुलशन झाले चार खेलमा २, १, १८ र ३ रन बनाएका छन् । कप्तान देव खनालले न्युजिल्यान्डसँग ३६, पाकिस्तानसँग २३, अफगानिस्तानसँग ५८ र बंगलादेशसँग ३५ रन बनाएका थिए । देवले पाएको सुरुवातलाई ठूलो इनिङमा बदल्न आवश्यक देखिन्छ ।

नेपालका अर्जुन, देव र गुलशन प्रमुख ब्याटर हुन् । यी तीनमध्ये एकले ठूलो इनिङ खेल्न आवश्यक पर्दछ ।

पछिल्लो खेलमा मौका पाएका विशाल विक्रम केसीले ४८ रन बनाएका थिए । अन्य ब्याटरले पनि जिम्मेवारी लिन आवश्यक छ ।

बंगलादेशविरुद्ध ५ विकेट लिएका स्पिनर सुभाष भण्डारीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै आएका छन् । आकाश चन्द, दुर्गेश गुप्ता र गुलशन तीव्र गतिका हुन् । पछिल्लो खेलबाट विपिन रावललाई बेन्चमा राख्दै उत्तम थापामगरलाई नेपालले आजको खेलमा मौका दिनसक्छ ।

भारतका मुशिर खान प्रमुख हतियार हुन् । उनले यस विश्वकपमा आयरल्यान्डसँग ११८, अमेरिकासँग ७३ र न्युजिल्यान्डसँग १३१ रन बनाएका छन् । उनले स्पिन बलिङका साथ ७ विकेट लिएका छन् ।

कप्तान उदय शहारान र आशिन कुलकर्णी पनि राम्रो ब्याटर हुन् । गत डिसेम्बरमा एसिया कपमा नेपाललाई ५२ रनमा अल आउट गर्न भारतका तीव्र गतिका बलर राज लिम्बानीले एक्लै ७ विकेट लिएका थिए । उनीबाट पनि नेपाल जोखिनु पर्ने हुन्छ ।

विश्वकपमा नेपाल र भारतबीच हालसम्म दुई खेल भएको छ । दुबै खेलमा नेपालले हारेको छ । नेपाल सन् २००० मा ८ विकेट र २०१६ मा ७ विकेटले पराजित भएको थियो ।

नेपालले आफ्नो इतिहासमा भारतलाई एक पटक मात्रै हराएको छ । दीपेन्द्रसिंह ऐरीको ८८ रन र ४ विकेटको सहयोगमा नेपालले २०१७ को यू–१९ एसिया कपमा भारतलाई १९ रनले हराएको थियो ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply