नक्कली टिकट बिक्री गर्ने मेयरका स्वकीय सचिव विरुद्ध पक्राउ पुर्जी जारी

१७ माघ, धनगढी । कैलालीको अत्तरियामा सञ्चालन भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्री गरेको भन्दै दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

अत्तरिया उद्योग वाणिज्य संघले गत २६ पुसदेखि ७ माघसम्म आयोजना गरेको प्रादेशिक महोत्सवमा दर्शकलाई नक्कली प्रवेश टिकट बिक्री गरेको भन्दै मंगलबार कैलाली प्रहरीमा किटानी जाहेरी परेको थियो ।

टिकट व्यवस्थापनको जिम्मा पाएका उद्योग वाणिज्य संघका सचिव तथा गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टका स्वकीय सचिव दिलिपकुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववीयु सभापति भुवन महराविरुद्ध उद्योग वाणिज्य संघका पदाधिकारीले जाहेरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले दुवै जनाविरुद्ध मुद्दा दर्ता गरेर मंगलबार जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी दिए ।

‘नक्कली टिकट बिक्रीमा संलग्न भएको भन्दै उहाँहरु दुई जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । हामीले मंगलबार नै अदालतबाट पक्राउ पुर्जी लिइसकेका छौँ,’ डीएसपी चन्दले भने, ‘कानुनअनुसार पक्राउ गरेर अनुसन्धान गछौँ ।’

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहरासहितका १२ जना पदाधिकारीले नक्कली टिकट बिक्रीमा साउँद र महराको संलग्नता रहेको भन्दै अनुसन्धान गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

सुदूरपश्चिम प्रादेशिक महोत्सवको आठौं दिन २८ वटा नक्कली टिकटका ठेली बरामद गरिएका थिए ।

दर्शकलाई नक्कली टिकट बिक्रि गरेर हानीनोक्सानी गरेको भन्दै उद्योग वाणिज्य संघले संलग्नलाई कारबाही हुनुपर्ने माग गर्दै यसअघि कैलालीका प्रमुख जिल्ला अधिकारीलाई समेत ज्ञापनपत्र बुझाएको थियो ।

उद्योग वाणिज्य संघका अध्यक्ष बोहराले नक्कली टिकट बिक्रीमा संलग्न भएको आशंका गरिएका व्यक्तिलाई आत्माआलोचना गर्दै व्यवसायीसँग माफी माग्न आग्रह गरिएको बताए तर उनीहरु तयार नदेखिएपछि बाध्य भएर प्रहरीमा किटानी जाहेरी दिइएकाले अब कानुनी प्रक्रियाबाट नै यो मुद्दाको छिनोफानो हुने बोहराले बताए ।

Related posts:

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

डोनाल्ड ट्रम्पले गरे इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत

त्रिदेशीय टी-२० आई शृंखला : नेपाल र नेदरल्याण्डस् आज खेल्दै

१ किलो सुनसहित भारतीय नागरिक पक्राउ

उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै

रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश

मेयरको निर्देशनमा उपप्रमुखलाई कार्यालय पस्न अवरोध

थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको तयारी

कोशी,कमला र सप्तरीको खान्दो खोलाले सतर्कता तह पार गर्‍याे

विश्व टेस्ट च्याम्पियनशिपको ऐतिहासिक उपाधि दक्षिण अफ्रिकालाई

ठाउँठाउँमा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध

बालबालिका अझै श्रममा

अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु

तीनकुने घटना : थुनछेक बहस आज पनि जारी

आमाका नामबाट मात्र पनि नागरिकता दिइने

बदली र वर्षासँगै देशभर गर्मी कम हुँदै

दुर्गा प्रसाईंलाई थुनाबाहिरै राख्न इजलासमा भीमार्जुनसहित ६ वकिलको माग

पोखरामा युवकको शव फेला, घटना रहस्यमय

देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

पोखरीमा डुबेर २ जना बालकको ज्यान गयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *